Tuesday, October 14, 2014

रामकुमारी झाँक्रीको जीवनीमाथि फिल्म बन्ने भएको छ ।

काठमाडौं । एमाले नेतृ रामकुमारी झाँक्रीमाथि चलचित्र बन्ने भएको छ । सूर्य दिप रेग्मीले ‘रामकुमारी’ नाम राखेर फिल्म बनाउने भएका छन् ।


फिल्ममा नपाली राजनितीमा महत्वकांक्षा पालेकी युवतिको चरित्र प्रस्तुत गर्न खोजिएको छ । ‘सूर्य जीहरुले तपाइसाग नजिक रहेर सिनेमा बनाउाछौं, भन्नु भयो मैले हुन्छ भनें ।’

झाँक्रीले अनलाइनखबरसँग कुरा गर्दै भनिन् । झाँक्रीले अनुमति दिएपछि फिल्म निर्माण समुहले झााक्रीले पढेको स्कुल गुल्मीको स्कुलमा पुगर अध्ययन गर्नुको साथै उनलाई पढाउने शिक्षकहरुसँग झाँक्रीको वारेमा सोधखोज गरेका थिए । उनको राजनितीक आन्दोलनका वारेमा पनि अध्ययन गरेको निर्माण पक्षले बताएको छ ।

फिल्म ब्यबसायिक भएकाले पर्दामा झाँक्रीलाई महत्व नदिने योजनामा निर्माण पक्ष रहेको छ । तर, एमाले महाधिवेशनमा केन्दि्रय सदस्य जितेको क्षणलाई भने पर्दामा प्रस्तुत गर्ने निर्देशकको योजना छ ।

तपाइले महाधिवेशन जीतेको दृष्यलाई पर्दामा राख्छौं भन्नु भएको छ । तर, खै कसरी राख्नुहुन्छ थाह छैन ।’ झाँक्रीले भनिन् । दशैं अगाडी नै सिनेमाको प्राविधिक काम सकिएपनि सुटिङ भने मंगलवारवाट सुरु भएको छ । गुल्मी, काठमाडौ र सूर्खेतमा सुटिङ गर्ने योजनामा निर्माण पक्ष रहेको छ ।

0 comments:

Post a Comment