Monday, October 27, 2014

अमेरिकाविरुद्धको खेल ३० ओभरमा छोट्याइयो, नेपाललाई १६२ रनको नयाँ लक्ष्य

१० कात्तिक, क्वाललाम्पुर । वर्षाका कारण प्रभावित नेपाल र अमेरिकाबीचको खेल ३० ओभरमा छोट्याइएको छ भने नेपालले १६२ रनको नयाँ लक्ष्य पाएको छ ।


आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा अमेरिकाले नेपालसामू २०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, नेपालले जवाफी व्याटिङ गर्न नपाइ पानी परेपछि खेल ३० ओभरमा छोट्याइएको छ भने नेपालले १६२ रनको नयाँ लक्ष्य पाएको छ ।

यसअघि किनरारा ओभलमा टस जितेर पहिले व्याटिङ गरेको अमेरिका ४७.३ ओभरमा २०४ रनमा अलआउट भयो । २४ रन जोड्दा भरपर्दा व्याट्सम्यान टेलरलाई गुमाएको अमेरिकाको पारी स्टीभ मसिहा र बाबरले सम्हालेका थिए । मसिहा र बाबरले ११२ रनको साझेदारी गरे ।

२७.४ ओभरमा सागर पुनले बाबरको विकेट लिएपछि अमेरिकाको पारी धरासायी हुन सुरु भएको थियो । बाबर ४७ रनमा आउट भए । अर्को ओभरमा शक्ति गौचनले मसिहालाई ७४ रनमा पभेलियनको बाटो देखाए ।
नेपालका लागि सोमपाल कामीले ९ ओभरमा एक मेडन राख्दै ३७ रन दिएर तीन विकेट लिए ।

नेपाललाई पहिलो सफलता दिलाउने क्रममा सोमपालले टेलरको विकेट लिएका थिए ।
शक्ति, सागर पुन र बसन्त रेग्मीले समान २-२ विकेट लिए ।

0 comments:

Post a Comment