Friday, October 3, 2014

यस दशैंमा ७ सय खसीबोकाको उद्धार

काठमाडौं (शेर्पा खबर) । दशैंमा काट्ने तयारी गरेका ७ सय खसीबोकालाई उद्धार गरेको छ । छेट्रल सांगे दोर्जी रिन्पोचेले खसीबोकालाई खरिद गरी उद्धार गरेको हो । दशैंमा काट्ने तयारी भएको खसीबोकालाई किनेर खुल्ला ठाँउमा छोडिएको रिन्पोचे स्रोतले जानकारी दियो ।


धर्तीमा जन्म लिई सकेपछि हामी सम्पूर्ण प्राणिहरुको खुल्ला रुपमा बाँच्न र जिउन पाउने अधिकार छ, स्रोतको भनाई थियो । ‘२१ औ शताब्दीमा आईसक्दा पनि हामीमा चेतनाको अभाव र विभिन्न कुसंस्कारलाई सफल रुप दिन हिन्दु आर्यन समाजले ती निर्दोष प्राणीहरुको बलिदान गरी तिनीहरुको बाँच्ने र खुल्ला रुपमा जिउने अधिकारलाई खोसिरहेका छन् ।’ मंगोल नेश्नल अर्गनाइजेशनका नेता शेर्वा मंगोलको भनाई छ ।

रिन्पोचेले एक करोड मूल्य बराबरको खसीबोका खरिद गरि हेलाम्भुको खुल्ला ठाउँमा छोडिएको छ । सबै प्राणीले बाँच्न पाउनु पर्ने अधिकारको संरक्षण गर्नुपर्छ भन्दै यस्तो अभियान सञ्चालन गरिएको रिन्पोचे स्रोतले बताए । पशु अधिकारको संरक्षण गर्दै दशैं जस्तो चाडका नाममा हुने हत्याहिंसा जन्य कार्यलाई रोक्नु पर्ने उनीहरुको तर्क छ ।

चाडपर्वहरु शहकारी बनाउनु पर्नेमा जोड दिँदै उनीहरुले हिंसाले कसैलाई भलो नगर्ने बताए । ‘क्षणिक रमाइलोको नाममा निर्दोष पशुको निर्मम हत्या नगरौं’ भन्ने उनीहरुको आह्वान छ ।
रिन्पोचेले जुन अभियान सञ्चालन गर्नु भएको छ त्यसलाई अरुले पनि अनुसरण गर्दै पशुबली रहित चाड मनाउनु पर्छ’ शेर्वा मंगोलको भनाई छ । दशैमा हिन्दु र गैर हिन्दुहरुले समेत विभिन्न शक्तिपिठमा लाखौं पशुको बलि दिइने चलन छ ।

0 comments:

Post a Comment