Friday, October 31, 2014

रत्नपार्कमा राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच पुत्ला खोसाखोस

१४ कात्तिक, काठमाडौं । गृहमन्त्रीको पुत्ला जलाउने राप्रपा नेपाल कार्यकर्ता र प्रहरीबीच पुत्ला खोसाखोस हुँदा गुडिरहेको माइक्रोबसमा आगो लागेको छ ।


यद्यपि तत्काल आगो नियन्त्रणमा लिएका कारण कुनै ठूलो क्षति हुन पाएन ।
हिन्दु राज्यको माग गर्दै धर्नामा बसेकाहरुलाई हटाएको विरोधमा राप्रपा नेपालका कार्यकर्ताले रत्नपार्कको

शान्तिकाटिकामा गृहमन्त्री बामदेव गौतमको पुत्ला जलाए ।

राप्रपा नेपालका कार्यकर्ताबीच दनदनी बलेको पुत्ला खोसाखोस हुने क्रममा सुन्धाराबाट रत्नपार्कतर्फ गइरहेको यात्रुसहितको माइक्रोबसमा आगो लागेको छ ।

माइक्रोबसमा आगो लागेपछि सहचालक गुडिरहेको अवस्थामा हामफाले । चालकले तिब्रगतिमा माइक्रो चलाएर सुरक्षा स्थानमा लगेपछि आगो निभाइएको छ ।

पुत्ला जलाउने क्रममा एक प्रर्दशनकारीलाई समेत आगोले पोलेको छ ।

0 comments:

Post a Comment