Friday, October 24, 2014

आईसीसी डिभिजन ३ बर्मूडाविरुद्ध नेपाल ८ विकेटले विजयी

काठमाडौ, कार्तिक ७ - एकसय १ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मलेसियामा जारी आईसीसी डिभिजन ३ को आफ्नो दोस्रो खेलमा बर्मुडालाई ८ विकेटले हराएको छ । पहिलो खेलमा युगाण्डासँग २० रनले पराजित नेपालले दोस्रो खेलमा संयमित भएर खेल्यो ।


नेपालले मात्र ११ ओभर एक बल खेलेर बर्मुडाले दिएको लक्ष्य भट्टायो । टस जितेर फिल्डिङ राजेको नेपालले बर्मुडालाई कम रनमै प्याक अप गर्यो । बर्मूडाले ४० ओभर एक बलमा आफ्ना सदै व्याट्सम्यान गुमायो ।

सजिलो लक्ष्य पछ्याएको नेपालका ओपनर व्याट्सम्यान नरेश बुढाएर ६ रनमै समेटिए । अर्का ओपनर सुबास खकुरेलले २२ बलको सामना गर्दै ३० रन जोडे ।

नेपालको लागि विनोद भण्डारीले सर्वाधिक ४३ रन जोडेर नटआउट रहे । कप्तान पारस खड्काले औं बल सामना गर्ने क्रममा चौका हानेर टोलीलाई विजयी बनाए ।

पहिलो इनिङमा नेपालको लागि अमृत भट्टराई, बसन्त रेग्मी र शक्ति गौतले २-२ विकेट लिए । सोमपाल कामी र सागर पुनको नाममा १ १ विकेट रह्यो ।

बमूडाका लागि सुरुवाति चार व्याट्सम्यानले बाहेक कसैले दोहोरा अंक जोड्न सकेनन् ।

जितसँगै डिफेन्डिङ च्याम्पियन नेपालको खातामा २ अंक छ । डिभिजन ३ का दुई शीर्ष टोली डिभिजन २ मा बढूवा हुनेछन् । नेपालले पर्सी सिंगापुरविरुद्ध आफ्नो तेस्रो खेल खेल्नेछ ।

0 comments:

Post a Comment