Thursday, October 23, 2014

प्रा.डा. मुरारीलाल दासमाथि आक्रमण गर्ने ६ जना प्रहरी नियन्त्रणमा

सुनसरी, कार्तिक ६ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रा.डा. मुरारीलाल दासमाथि आक्रमण गर्ने ६ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा धरान १७ का सुवास राई, एकराज राई, नविना राई, भक्त कुमारी राई, आशा राई र दीपा राई रहेका छन् ।



उनीहरुले बुधबार (हिजो) प्रतिष्ठान हाताभित्रै दासमाथि आक्रमण गरेका थिए । आक्रमणकारी मध्येकी आशा राईले डा. दासविरुद्ध यौन दुव्र्यवहारको आरोप लगाउँदै आएकी थिइन् । उनी प्रतिष्ठानकी पूर्व कर्मचारी हुन् ।

पक्राउ परेकाविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी कारबाही गरिने प्रहरीले जनाएको छ ।

उता, प्रतिष्ठानका चिकित्सक र कर्मचारीहरले भने शान्ति सुरक्षा नभएको भन्दै व्यवस्थापकको आलोचना गरेका छन् । घाइते दासको प्रतिष्ठानमै उपचार भइरहेको छ । 

0 comments:

Post a Comment