Tuesday, October 28, 2014

आइसीसी वर्ल्ड क्रिकेट डिभिजन-३ मा अमेरिका विरुद्धको खेलमा नेपाल विजयी

काठमाडौ, कार्तिक ११ - आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ३ मा हिजो रद्द भएर आज भएको नेपाल र अमेरिकाबीचको खेलमा नेपाल १० रनले विजयी भएको छ ।


मलेशियामा जारी खेलमा हिजो अमेरिकाले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा पानी परेर अवरुद्ध खेल आज खेलाइएको थियो । आज भएको खेलमा टस जितेर व्याटिङ थालेको  अमेरिकाले  निर्धारित ओभरको समाप्तीमा ९ विकेट गुमाएर २२३ रन जोडेको थियो ।

उक्त खेलको जवाफी ब्याटिङ थालेको नेपालले २२ ओभरमा मा १ विकेटको क्षतीमा ७१ रन जोडन नपाउदै मलेशियामा भारी वर्षा हुन थालेपछि  पुन खेल  अवरुद्ध  भएको थियो ।

मेशियाको किनरारा मैदानमा भएको उक्त खेलमा लामो समयसम्म पनि पानी नरोकिएपछि डिएल (डकवर्थ लुईस)  मेथडका आधरमा नेपाल १० रनले विजयी भएको छ । यो जितसँगै नेपाल डिभिजन २ मा उक्लियो भने नेपाल शिर्ष स्थानमा रहेको छ ।

अमेरिकाका लागि लागि फहाद बहारले ५९ रन बनाए । त्यस्तै तिमिल पटेलले ३९ रनको योगदान गरे । ओपनर स्टेभेन टेलर ३६ रन जोडे ।

१४ औं ओभरको पाँचौं बलमा नेपालले टेलरलाई आउट गरेर पहिलो विकेट लिएको थियो ।

नेपालको लागि शक्ति गौतनले १० ओभर बलिङ गर्दै ३० रन खर्चेर ३ विकेट लिए । बसन्त रेग्मी र सागर पुनकेा नाममा २-२ विकेट रह्यो ।

नेपालका  लागि अविजित म्यानअफ दि म्यान सुवास खकुरेल भएका छन् । 

0 comments:

Post a Comment