Wednesday, October 22, 2014

मृत्यु भैसकेकी हजुरआमाले मोबाइलबाट म्यासेज पठाएपछि…..

३ वर्षअगाडि नै मृत्यु भैसकेकी आफ्नी हजुरआमाको मोबाइल फोनबाट एक्कासी म्यासेज आयो मैले तिमीलाई हेरिरहेकी छु ।


सन् २०११ मा मृत्यु भएकी हजुरआमाको मोबाइल फोनबाट एक्कासी म्यासेज आएपछि ती युवती निकै डराइन् । म्यासेजमा अगाडि भनिएको थियो ‘सबै राम्रै गरिरहेकी छौ, अझै राम्रो गर ।

घटना बेलायतको हो । साउथ सिल्डकी बासिन्दा शेरी इमरसनले आफ्नी हजुरआमाको निधन सँगै उनका मोबाइल फोन लगायतका सामान सबै शवको अन्त्यष्टि भएकै ठाउँमा गाडिदिएकी थिइन् ।

हजुरआमाको मोबाइल लगायतका सबै सामानले शवसँगै ‘अमरत्व’ प्राप्त गरेको र स्वर्गमा रहेकी आफ्नी हजुरआमाले त्यहाँ पनि मोबाइल फोन चलाउन पाउने विश्वास उनको थियो । त्यसैले शेरीले हजुरआमाको नाउँको मोबाइल फोन नम्बरमा बेलाबेलामा म्यासेज पठाउने गर्थिन् ।

उनलाई विश्वास थियो, आफ्ना म्यासेज मृत हजुरआमाको आत्माले थाहा पाउनेछ, तथापि कुनै जवाफ भने आउने छैन । तर एकदिन अकस्मात उनको मोबाइलमा हजुरआमाको नाउँको नम्बरबाट प्रतिउत्तर स्वरुप म्यासेज आयो ।

जसका कारण उनी निकै आतंकित भइन्, उनको टाउको गह्रैाँ भयो । पछि पो थाहा भयो । ओ टू टेलिकमले उनको हजुरआमाको मृत्युपछि सो नम्बर अर्को कुनै गाह्रकलाई दिएछ । सो पुरुष ग्राहकलाई पनि सो नम्बर पहिले कुनै महिलाको रहेको भन्ने कुरा थाहा भएनछ ।

आफ्नो मोबाइलमा आफुलाई मृतक हजुरआमाको रुपमा व्याख्या गरी विभिन्न थरी कुरा लेखेर म्यासेज गरेको देखेपछि उसले   कोही साथीले मजाक गरेको सम्झिएछ र त्यसको जवाफ स्वरुप शेरीको मोबाइलमा म्यासेज पठाएको रहेछ ।

हजुरआमाको नाउको नम्बरबाट त्यस्तो म्यासेज आउँदा आफु निकै डराएको र विरामी भएको भन्दै उनले त्यो अवस्थाको वर्णन गनृ आफुसँग कुनै शव्द नभएको बताइन् । उता ओ टू दूरसंचार सेवाले शेरीमाथि भएकेा पीडाप्रति माफी मागेको छ ।

0 comments:

Post a Comment