Sunday, October 26, 2014

अब मनको राजा खोज्दै: परिणीति

लेडिज भर्सेज रिकी बेल’ सिनेमाबाट बलिउड छिरेकी परिणीति चोपडाको नाम सुरूमा सोही सिनेमाका निर्देशक मनिष शर्मासँग जोडिएको थियो।


उनीहरूका नजिकका मित्रहरूले यी दुईको सम्बन्ध रहेको बताएता पनि यी दुईले कहिल्यै यसबारेमा बोलेनन्। तर, अहिले भने परिणीतिले आफ्नो सम्बन्धको बारेमा मुख खोलेकी छिन। उनका अनुसार उनी एक्लै छिन्।

यसै हप्ता आफ्नो २८ औ जन्मदिन मनाएकी परिणीति आफ्नो जीवनमा चाँडै कोही आइदियोस भन्ने चाहन्छिन्। उनका अनुसार केही मनहरूलाई उनले घायल पारिन रे र केही मनहरूले उनलाई घायल पारे रे। तर, अब उनी यो सिलसिला रोक्न चाहन्छिन । उनलाई चाँडै नै मनको राजा भेटियोस भन्ने कामना छ।

उनलाई यसपाली सबैभन्दा पहिले उनकी आमाले जन्मदिनको शुभकामना दिएकी थिइन्। तर, अर्को वर्ष उनी कोही विशेष मान्छेले जन्मदिनको शुभकामना दियोस भन्ने आशा राखेकी छन्। जन्मदिनबाट इन्स्टाग्राम चलाउन थालेकी परिणितीले आफ्ना फ्यानहरूलाई सेल्फी च्यालेन्ज दिएकी छिन।

0 comments:

Post a Comment