Monday, October 6, 2014

सुन्दरताको रहस्य दही र मह : ज्याकलिन

काठमाडौ, आश्विन २० - बलिउड नायिका ज्याकलिन फर्नान्डिजलाई आकर्षक शारीरिक बनावटका लागि मात्रै नभई ब्युटिफुल स्किनका लागि पनि सम्झिने गरिन्छ। हुन त स्किनको सुन्दरता निखार्न बजारमा अनगिन्ती ब्रान्डका सौन्दर्य प्रशाधन नपाइने होइनन्, तर पनि उनी आफ्नो पर्फेक्ट स्किनको रहस्य भने घरेलु उपायलाई दिन्छिन्। त्यो पनि सर्वसुलभ दही र महलाई। यिनै दुई चिजका कारण ज्याकलिन आफ्नो स्किनमा चमक आएको दाबी गर्छिन्।



लामै समय भयो, मैले सुन्दरताको लागि घरेलु विधिको प्रयोग गर्न थालेको,' ज्याकलिनले भनिन्, 'त्यसमा पनि प्रायः दही र मह छुट्दैन। ती चिजले स्किनलाई रसिलो र नरम बनाइराख्न सघाउँछन्।

'फेस र आँखाको लागि म आइस प्याक्स पनि प्रयोग गर्ने गर्छु,' पूर्व मिस श्रीलंकाले त्यसको प्रोसेसका बारेमा जानकारी दिँंदै भनिन्, 'केही आइस क्युबलाई पातलो कपडा वा टिस्यु पेपरमा राखेर त्यसलाई विस्तारै गाला र आँखामा राख्ने गर्छु।' द बडी सपको ब्रान्ड एम्बेसडर समेत रहेकी ज्याकलिन फर्नान्डिजले आफ्नो पर्फ]{ट बडीको चर्चा पनि गर्न भ्याइन्। साथै, त्यसका लागि कसरी मेन्टेन गर्न सकिन्छ भन्ने बारेमा उपाय सुझाउँदै उनले भनिन्, 'ठीक खानेकुराको सेवन गरेर, ठीक ढंगले सुतेर र नियमित व्यायाम गरी आफ्नो शरीरको सुन्दरता आफैंले राख्न र जोगाउन सकिन्छ। कसम, मेरो सुन्दरताको उपाय यिनै नियमभित्र रहेको छ।'

ज्याकलिनले आफुले जस्तै गरी उचित चिजको उचित प्रयोग गरेको खण्डमा जसको पनि छाला र कपालको सौन्दर्यता राम्रो हुने जिकिर गरिन्। जबकि ज्याकलिन बजारमा पाइने क्लिन्जिङमा पनि विशेष सावधानी राख्छिन्। हत्तपत्त जस्तो पायो उस्तै क्लिन्जिङ प्रयोग गर्न नरुचाउने उनी असल क्लिन्जिरका साथै त्यस्तै टोनर र मोस्चराइजरमा पनि विशेष ध्यान दिने गरेको बताउँछिन्। पछिल्लो फिल्म 'किक' मा सलमान खानसँग स्क्रिन सेयर गरेपछि झन् चर्चामा आएकी ज्याकलिन यतिबेला 'रोय' फिल्ममा को-स्टार रणवीर कपुरसँग देखिने तयारीमा छिन्।

0 comments:

Post a Comment