Friday, October 31, 2014

अब प्रतीक्षा मिस नेपालको

काठमाडौलन्डन, कार्तिक १४ - मिस नेपाल सुविन लिम्बूको लोकपि्रयता सुनेर भूपू गोर्खा सैनिक बुबा काजीमान लिम्बू जति दंग छन्, यतिखेर त्योभन्दा बढी आक्रोश उनलाई बेलायत सरकारको अन्यायप्रति छ ।

हालै प्रधानमन्त्री डेभिड क्यामरुनलाई बुझाइएको ज्याकी डोयल प्राइस प्रतिवेदनले पनि १८ नाघेका छोराछोरीका हकमा न्याय गर्ने सम्भावना झिनो रहेपछि क्विन्स गोर्खा इन्जिनियरका यी ५२ वषर्ीय पूर्व लाहुरे आक्रोशित देखिएका हुन् । 'मैले बि्रटिस आर्मीमा १५ वर्ष नोकरी गर्दा छोरीहरू आफूसँगै हुन पाएनन्, सम्झेर ल्याउँदा यो निकै चित्त दुख्दो कुरा थियो,' कान्तिपुरसँग उनले भने, 'छोरीहरू जहाँ बस्न मन गर्छन् उनीहरूको इच्छा होला, तर आवासीय अधिकार नदिनु बेलायत सरकारको चरम अन्याय हो ।'

बि्रटिस आर्मीमा चार वर्ष सेवा गरेका भूपू गोर्खा र तिनका १८ वर्षमुनिका सन्तानलाई बेलायतले आवासीय अधिकार दिए पनि १८ नाघेका धेरै युवा यो अधिकारबाट वञ्चित छन् । यही वर्गीकरणमा रहेका लिम्बूकी २३ वषर्ीया माइली छोरी मिस नेपाल सुबिन र जेठी छोरी सुसन अहिले काठमाडौंमै छन् । काजीमान भने कान्छी छोरी रिना र श्रीमतीका साथ बेलायतस्थित ग्रेजमा बसोबास गर्छन् । करिब डेढ महिनाअघि आन्दोलनरत गोर्खा सत्याग्रह समितिसँगको भेटमा मिस नेपाल सुबिनले गोर्खा आन्दोलनलाई व्यक्तिगत तवरबाट साथ दिने बताएकी थिइन् । तर, मिस नेपालको उपाधि लिएर सार्वजनिक रूपमै आन्दोलनमा उत्रिन नमिल्ने भएकाले सुबिन यसमा मौन छिन् र उनका बाबुको सुझाव पनि त्यही छ ।

यही नोभेम्बर १९ मा सुबिन बेलायत उत्रने खबरले काजीमान उत्साहित देखिएका छन् । २८ महिनापछि छोरीसँग भेट, त्यो पनि मिस नेपाल ताज पहिरिएपछिको पहिलो भेट कम सुखद हुने छैन लिम्बू परिवारलाई । करिब पाँच महिनाअघि छोरी मिस नेपाल बनेको खबर कसैले सुनाइदिँदा काजीमान कम हषिर्त भएका थिएनन् । 'म त नाइट ड्युटी गरेर घरमै आराम गरिरहेको थिएँ, भतिजले खबर सुनायो,' उनले सम्झे, 'पछि छोरीले नै फोन गरेर सुनाउँदा त झन् गर्व लाग्यो ।' त्यतिबेला काजीमानले बधाई दिँदै छोरीलाई यत्ति भने, 'अब तिमी हाम्रो मात्र छोरी होइन, नेपालकै छोरी भएकाले इज्जत जोगाइराख्नू ।'

यूके आउनेबित्तिकै मिस वल्र्डको बन्द प्रशिक्षणमा व्यस्त हुने भएकाले डिसेम्बर १४ मा अन्तिम प्रतियोगिता सकिएपछि मात्र सुबिन बाबुआमाको साथ ग्रेज बस्नेछिन् । 'उसको पहिलो बेलायत भ्रमण भएकाले उत्साहित छु,' बाबु काजीमानले सुनाए ।

सुबिन 'मिस वल्र्ड' मा भिड्न यूके आउन लागेको आयोजकले तिहारअघि नै राजधानीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो । ६४ औं मिस वल्र्ड २०१४ आगामी डिसेम्बर १४ मा लन्डनस्थित एक्सेलमा हुँदै छ ।

0 comments:

Post a Comment