Thursday, April 30, 2015

१ सय २० घन्टापछि पुनर्जीवन पाएका पेम्बाको बयान,घ्यु र भुई पुछेको कपडाको पानीले बचायो

काठमाडौ, वैशाख १७ - गोंगबुको हिल्टन गेष्टहाउसमा म भाँडा धुने काम गर्थे । त्यो दिन बिहानको भाडा धोइसकेर म माथि पैसा लिने काउन्टरमा बसिरहेको थिएँ । अरु दाईहरु पनि त्यहीं थिए । अचानक टेबल हल्लिन थाल्यो । दाईहरु भुईचालो भन्दै भाग्नु भयो । म पनि उहाँहरुसँगै भागे ।


भ¥याङ ओर्लदै गर्दा म गुल्टिदै तल अईपुगे । कहाँ पुगे, केही थाहा छैन । ब्युझिँदा अँध्यारो ठाउँमा थिएँ । यता उता गरेर निस्किने कोशिस गरें । तर सकिनँ । म भान्सा कोठामा पुगेको रहेछु । माथिको छत भत्किएर सानो ओडार जस्तो भएको थियो । म त्यसै भित्र थिएँ । कोठामा हावा आउथ्यो ।हावा मात्रै खाएर भएन, भोक र तिर्खा लाग्यो । पानी खोजे भेटिनँ । एउटा प्लाष्टिक भित्र भिजेको कपडा भेटाएँ । भान्सामा बट्टामा घिउ रहेछ । त्यही घ्यु र भिजेको कपडाबाट आएको पानी पिएर बाँचे । त्यहाँ भएको बेला बाँचेको जस्तो पनि लाग्थ्यो, मरे जस्तो पनि लाग्थ्यो । बेला बेला बेहोस भएजस्तो हुन्थ्यो । होशमा भएको बेला चिच्याएर मदत माग्थें । कसैले सुनेन । मान्छे बोलेको, हिँडेको सुनिन्छ कि भनेर आवाज सुन्न खोज्थें ।
आज बिहान अचानक कोठामा उज्यालो पस्यो । यता उता सल्बलाएँ । मलाई बचाउन थुप्रै मान्छे आएका रहेछन् । एउटा प्रहरी दाईले मलाई बोकेर बाहिर निकाले । अब त बाँच्छु जस्तो लागेको छ ।
मेरो घर नुवाकोट हो । तीन बर्ष अघि मेरी आमा कुबेत जाने बेलामा म काठमाडौं आएको थिएँ । आमा कुबेतबाट फर्किएकी छैनन् । बुवाले अर्की आमा ल्याएका छन् अरे । दिदीहरु स्वयम्भुमा बस्छन् । म त्यो गेष्टहाउसमा १ महिना अघि आएको थिएँ । त्यसअघि म टेम्पोमा खलासीको काम गर्थे । स्वयम्भुदेखि रत्नपार्कसम्मको माइक्रोमा काम गर्ने मलाई टेम्पो चालक दाईले नै त्यो गेष्ट हाउसमा लगिदिएका थिए । टेम्पोमै काम गरेको भए यस्तो हुँदैन थियो कि जस्तो लागेको छ ।  

Wednesday, April 29, 2015

Sindhupalchowk District after powerful 7.9 magnitude earthquake

19 hours ago - In Sindhupalchowk,the death toll has reached 1300 people and is expected to rise. We get you report from ground zero where the relief is yet to reach.Posted by Anup Baral April 29, 2015


Watch a video Footage from Rasuwa District after Powerful 7.9 magnitude earthquake Nepal. Nepal was hit by a massive 7.9-magnitude earthquake Saturday, killing more than 4,000 people so far, injuring more than 10,000 others.Hospitals across the impoverished nation of 28 million people struggled to cope with the dead and injured from Nepal’s worst quake in 81 years, and a lack of equipment meant rescuers could look no deeper than surface rubble for signs of life. The Nepal earthquake led to an end of the World Heritage site, Durbar Square. The video shows the horrifying pictures of the shattering of one of the oldest sites in Nepal.



Also, The death toll from the avalanche at the Mt Everest base camp triggered by the powerful earthquake on Saturday has climbed to 19 while more than 61 have sustained injuries.Locals spent the night on roads as their homes were destroyed due to the 7.9 magnitude earthquake that struck the country. "After the earthquake, we were told by the media that there will be earthquakes again and again. We felt the earthquake three-four times. The first one was the longest which lasted about five minutes. Of them, 18 died at the base camp while one died while undergoing treatment in Kathmandu, Secretary at the Ministry of Culture, Tourism and Civil Aviation Suresh Man Shrestha said.The Ministries of Home, Finance, Defence, Health and Population, Information and Communications, Physical Planning and Transport, Local Development, Urban Development, as well as bodies under the ministries have been providing essential services under the central command of the government. The administrative works have been affected as offices of different ministries have developed cracks, and the dossiers and documents are scattered on the ground due to the earthquake. The Office of the Prime Minister and Council of Ministers, the National Planning Commission, Defense Ministry and the Ministry of Finance, among others, were damaged due to this.youtube/nagariknews

आफ्नो दुःख लुकाएर अरुलाई बचाउने एक प्रहरीको पीडा :

भूकम्पले घरको जग नै उखेलेपछि बुबा आमा सानो पालको भरमा रात दिन कटाईरहनु भएको छ । भूकम्पले घरको बास खोसेपछि पाखामा पाल टाँगेर बसिरहेका बुबा फोनमा रुँदै भन्नुहुन्छ ‘बाबु घर आइज, हामीलाई बस्ने बन्दोबस्त मिलाईदे ।’ उता भूकम्प आएकै दिन बल्खुमा रहेको मामा घरबाट चरीकोट जान पुरानो बसपार्कतिर लागेका दिदी भिनाजु र भान्जाको अत्तोपत्तो छैन । तर दोलखाको घ्याङ सुकाठोकर – २ देउरालीका विश्व भण्डारीलाई न बुबाको आग्रह सुन्ने फुर्सद छ, न त दिदी भिनाजुको खोजतलास गर्ने नै । नेपाल प्रहरीका जवान विश्व भण्डारीलाई अरुको उध्दार गरि ज्यान बचाउने कामले नै सन्तोष दिएको छ । शसस्त्र प्रहरीको प्रहरी जवान पदमा कार्यरत भण्डारी भूकम्प पीडितलाई उद्धार गर्नु नै आफ्नो कर्तव्य ठान्नुहुन्छ । भण्डारीले भूकम्प गएको दिनदेखि अहिलेसम्म धेरैलाई अस्पताल पुर्‍याउनुभएको छ । कतिलाई जीवितै उद्धार गर्नुभएको छ, घरले थिचेका शबहरु उत्खनन गरी निकाल्नुभएको छ र काँध हाल्नुभएको छ । पारिवारिक दुखलाई लुकाएर दिनरात अरुकै उद्धार र राहतमा खटिरहेका भण्डारी भन्नुहुन्छ ‘संगठनले दिएको आदेश पालना गरेर उद्धारमा खटिन पाउँदा मेरो घर लडेको विर्सेको छु, राज्यको निर्देशन पालक हुँ, त्यही जिम्मेवारी पूरा गर्न पाउँदा बुबाआमाले बगाएको आँशु पनि विर्सदो रहेछु ।


मैले राज्यसँग विपत्तिको बेला आफ्नो कौशल देखाउने कसम खाएपछि व्यक्तिगत मामिलालाई ध्यान दिनु भन्दा राष्ट्रिय अभिभारा पूरा गर्नु मेरो पहिलो दायित्व हो ।’ भक्तपुरमा भत्किएका घर उत्खनन गर्दैगर्दा भेटिएका भण्डारीले भन्नुभयो । ‘विपद व्यवस्थापन गर्न राज्यबाट कार्यदेश पाएको शसस्त्र प्रहरीको जवान भएर मैले कायरता देखाउनु हुदैन । त्यसैले भूकम्पका झट्काहरु आउँदा पनि वास्ता नगरी हामी उद्धारमै जुटिरह्यौं । बेला बेलामा भूकम्पका धक्काहरु आईरहे, त्यत्तिबेला पनि हामीले खतरा मोलेर उद्धारको काम गरिरह्यौं ।’ भण्डारी उद्धारको बेलिविस्तार सुनाउदै हुनुहुन्थ्यो । उद्धारको क्रममा सबैभन्दा आत्मिक सन्तुष्टि कतिबेला मिल्दोरहेछ ? ‘शनिबार दिउँसो २ बजेदेखि राती १० बजेको बीचमा विभिन्न धक्काहरु आईरहेका थिए । विपद व्यवस्थापनका टीमहरु हामी ड्रिल गरिरहेका हुन्थ्यौं, तर साना तिना धक्कामा हामी अतालिएनौं, हामीलाई एक प्रकारको नशा लागिसकेको थियो ।

भित्रबाट हात हल्लाईरहेको र बचाउ भन्ने सुन्ने वित्तिकै हामीले आफ्नो ज्यान पनि माया मार्‍यौं । जब जीवितै उद्धार गर्न सफल हुन्छौं त्यो बेलाको आत्मिक सन्तुष्टि बर्णन गरिसाध्य छैन ।’ भण्डारीले बताउनुभयो । दिनरात अरुकै उद्धारमा खटिरहेका भण्डारीको योजना छ, देशको अवस्था सामान्य भएपछि घर फर्कने । त्यतिन्जेलसम्म पनि दिदी भिनाजुको परिवार सम्पर्कमा आएनन् भने खोजी गर्ने ।
छोरोको कानको उपचार गर्न एक हप्ता अघि विश्व भण्डारीका दिदी भिनाजु दोलखाको चरीकोटबाट काठमाडौ आएका थिए । मामाघर बल्खु बसेर छोराको उपचार गरेपछि भूकम्प गएकै दिन (शनिबार) साढे दश बजेतिर माइक्रो चढेर पुरानो बसपार्क गएका थिए । त्यही दिन पुरानो बसपार्कबाट बस चढेर चरीकोट जान हिडेका भण्डारीका दिदीभिनाजु अहिलेसम्म चरीकोट पुगेका छैनन् । भण्डारीले यसबीचमा घ्याङ सुकाठोकर दोलखामा पनि सम्पर्क गर्नुभएको छ ।
तर अहिलेसम्म अत्तोपत्तो छैन । भण्डारी भन्नुहुन्छ ‘दिदी भिनाजु दुवैको मोबाइल स्वीच अफ छ ।’ उहाँले दिदी भिनाजुको परिवारको खोजबिन गरिदिन समेत आग्रह गर्नुभएको छ ।

Friday, April 24, 2015

अमेरिकाको लागि प्रक्रिया पुरा गरे सहज भिसा पाउन सकिन्छ : एटर्नी बासु

नेपाल, काठमाडौं, वैशाख ११ - अमेरिकाको न्युयोर्कमा कार्यारत कानुनी परामर्श दिंदै आएका एटर्नी बासु फुलाराले कानुनी प्रक्रिया पुरा गरे अमेरिकाले भिसा दिने बताए । एक साता अघि मात्र काठमाडौं आएका फुलाराले राजधानीमा आयोजित एक कार्याक्रममा बोल्दै अमेरिकामा इमिग्रेन्ट र सेटलमेन्ट लगायतका लागि भिसा प्रक्रिया सुरु गर्दा बुझेर मात्र गर्नुपर्ने बताएका छन् । ‘जुन प्रयोजनका लागि अमेरिका जान लागेको हो ‘त्यसमा मात्रै केन्द्रित रहेर कागजात तयार गर्नुपर्छ,’ उनले भने, ‘गैरकानूनी रुपमा पचासौं लाख खर्च गरेर जोखिम मोलेर अमेरिका पुगे पनि सेटलमेन्ट नहुन सक्छ ।


आफु जान चाहने प्रयोजनको भिषा बुझेर मात्र आवेदन गर्नुपर्ने फुलाराको सुझाव छ । उनका अनुसार ब्यापार प्रर्वद्धनका लागि ‘बी वन’ घुम्नका लागि ‘बी टु’ पढ्नका लागि ‘एफ वन’ पत्रकारिताको लागि ‘आई भिसा’ तालिम र रिसर्चका लागि ‘जी वन’ भिषाको छुट्टछुट्टै किसिम हुने भएकाले आवेदन गर्ने व्यक्तिले सबै बुझेर मात्र गर्नुपर्छ । तर यी कुनै पनि स्थायी बसोबास गर्ने भिषा नभएकोले निश्चित समयपछि फर्किनुपर्ने उनले बताए ।

डिभी चिठ्ठा परेका पनि सबैले अमेरिका जान पाउँछन् भन्ने ग्यारेन्टी नभएको उनको भनाइ छ । त्यसकालागि भिषा पाउने अमेरिकी पक्रियाको रियाको बारेमा जानकार हुनुपर्नेछ । रोजगारमा जाने र ग्रीनकार्ड लिन चाहनेले ‘ईमी वन’ भिषाको लागि आवेदन गर्नुपर्ने बताउँदै उनले बरिष्ठ पत्रकार, कलाकार, शिक्षाविद्, संगितकार, बैज्ञानिक र अनुसन्धानकर्ताले भने नेपालमै बसेर गि्रनकार्डको लागि आवेदन गर्न सक्ने जानकारी दिए ।

Thursday, April 16, 2015

वसन्ती लोग्ने खोज्दै मलेसिया

जहाजका सिँढीमा पाइला राख्दै वसन्ती गुरुङले सोचिन्,‘के म बूढालाई भेट्छु त मलेसियामा? के म रित्तै फर्किनु त पर्दैन? उनी मनमनै कुरा खेलाउँदै भर्‍याङ चढिन् र भित्र पसिन्। जहाज भित्र धेरै थरीका मान्छे थिए।
उनी आफ्नो सिटमा बसिन्। मनभरि कुरा खेलिरहेका थिए। उनले छोरा र छोरी सम्झिइन्। तीन महिना अघिदेखि बेपत्ता भएको श्रीमान् सुची कुमारलाई सम्झिइन्। मानिस कति धेरै निष्ठुरी हुन सक्छ?
फेरि छोरा र छोरीले हिड्ने बेलामा जसरी भएपनि बुबा खोजेर ल्याउनु है ममी भनेको सम्झिइन्।
कहिल्यै झगडा नगर्ने, शान्त स्वभावको, कम बोल्ने, एकदमै मायालु वसन्तीको श्रीमान् यूरोप–अमेरिका जान्छु भनेर हराएको हराएकै छ। कसरी यो मान्छे बेपत्ता भएको होला? कसरी त्यो मान्छे निष्ठुरी हुन सकेको होला?
आफूले मन पराएरै वसन्तीले बिहे गरेकी थिइन्। बर्षौको प्रेम सम्बन्ध पछि उनीहरुले बिहे गरेका थिए। आफूलाई त्यति धेरै माया गर्ने मान्छे यति धेरै कठोर हुन कसरी सक्छ!
मनमा कुरा खेलाईरहेकी छन् वसन्तीले। नेपाल एयरलाइन्सको जहाज आफ्नै तालमा उडिरहेको छ।


काठमाडौबाट गत माघ १९ गते राति झण्डै १२ बजे उडेर उनी भोलिपल्ट बिहान मलेसिया पुगिन्। उनी आफ्नो हराएको श्रीमान् खोज्न गएकी थिइन्। नेपाल बाहिर कहिल्यै नगएकी वसन्तीलाई मलेसिया ओर्लनै बित्तिकै अत्यास लाग्यो। यो ठूलो शहरमा कहाँ बस्ने, कस्लाई भन्ने, कोसँग सोधखोज गर्ने?
वसन्ती नेपालीहरु धेरै भेटिने क्वालालाम्पुरमा रहेको कोतरायामा पुगिन्। दिनभरि सडकको पेटीमा बसिन्। रातभरी जहाज चढेकी वसन्तीको आँखामा निन्द्रा परेको थिएन। सडकपेटीमा आफ्नो ब्याग च्यापेकी उनी बेलाबेला झकाउँथिन् अनि फेरि लोग्नेले बोलायोकी भन्दै ब्युत्तिन्थिन्।
त्यही बाटो भएर अनेक मान्छेहरु आउजाउ गर्थे। कोही नेपाली, कोही बंगाली, कोही इण्डोनेसियाली तर उनको श्रीमान् कहीँ, कतै थिएनन्। उनले बाटो हिँड्ने धेरैका अनुहार निहालिन् तर उनको श्रीमान् थिएनन् – त्यो हुलमा।
उनलाई भोक थियो, निन्द्रा थियो, थकाई थियो। तर सबै भन्दा ठूलो कुरो उनको हराएको ‘बूढो’ यहाँ भेटिन्छ कि भेटिँदैन भन्ने महा पिरलो थियो।
दिन ढल्दै गयो।
साँझतिर बसन्तीको फोन आयो। संयोगबस म पनि मलेसिया पुगेको थिएँ। नेपालमा रहेका एक संचारकर्मी मित्रले नै मेरो नम्बर वसन्तीलाई दिएका रहेछन्। वसन्तीले फोनमा भनिन् – ‘सर, म त बूढो खोज्न आएकी! सहयोग गरिदिनु पर्‍यो।’
मैले पनि मलेसियामा कार्यरत केही अगुवा नेपालीहरुलाई लिएर कोतरायमा रहेको खुकुरी रेष्टुरेष्टमा उनलाई बोलाएँ। उनका कुरा सुनेर धेरैजना हाँसे, ‘के भन्छे यो आइमाई?’
तीनचार महिनादेखि हराएको लोग्नेलाई किन खोज्नुपर्छ? जसले छोराछोरी सम्झेन, श्रीमति सम्झेन, बृद्ध बाबु आमालाई सम्झेन। कहिल्यै फोन गरेन। चासो लिएन। त्यसलाई खोज्नु पर्छ त? उसले अर्को बिहे गरेर बसेको होला?
‘आफूले नि अर्को बिहे गरेर बसे भइहाल्छ नि।’
वसन्तीका कुरा सुन्नेहरुले जवाफ दिए।
तर बसन्ती जुनसुकै हातलमा आफ्नो लाग्ने खोजेर लैजान आएकी थिइन्। अर्कैसँग बिहे गरेर लोग्ने बसेको भएता पनि छोराछोरीका लागि नै मात्र भएपनि आफ्नो लोग्ने स्वदेश फर्काउनु थियो। छोराले हिड्ने बेलामा भनेको कुरा सम्झिइन्–‘ममी झगडा नगरी जसरी हुन्छ बुबालाई नेपाल ल्याउनु है, सबैले तिम्रो बुबा खोई भनेर सोध्छन् मलाई।’
वसन्तीको आँसु बगिरह्यो। उनले हारगुहार गरिरहिन्। नेपालबाट परराष्ट्र मन्त्रालयको चिठ्ठी र केही फोटो तथा प्रमाणहरु बोकेर आएकी वसन्तीले आफ्नो श्रीमान फर्काउनु नै थियो।
वसन्तीले नेपाली दूतावासमा पहिले पनि सम्पर्क गरिसकेकी थिइन्। दूतावासका सहायक प्रमुख हेमलाल भट्टराईलाई दूताबासमा पुग्ने बित्तिकै भनिन्।
‘सर म बूढो खोज्न आएकी?’
मलेसियामा श्रीमान हराएको, अर्को बिहे गरेको, परिवारको सम्पर्कमा नभएको, पैसा नपठाएको तथा अन्य धेरै समस्यामा परेका कुरा धेरैचोटि धेरैका मुखबाट सुनेका भट्टराई छक्क परे। तर आफ्नै आँखा अगाडि उभिएर नेपालदेखि आइ एक महिलाले भनेको सुनेपछि उनले अनेक उपाय सोचे।
अनि भने – ‘म सक्दो कोशिस गरुँला। नेपाली समुदाय र संघसंस्थामा भनुँला।’
वसन्तीको मनमा केही आशा पलायो। उनले आफ्नो सबै बृतान्त सुनाइन्, फेरि एक पटक श्रीमान पाउने आशामा।
उनले दूतावास र हेमलाल सरलाई छोडिनन्, दिनभर दूतावासमा बसिरहिन्।
दूतावासमा दिनभर बस्दा उनले नेपालीका धेरै समस्यालाई नजिकबाट निहालिन्। दूतावास प्रवेश गर्न नपाउँदै दलालहरुको विगविगी मलेसियामा पनि भेटिन् उनले। बाटोमा नै एमआरपी पासपोर्ट बनाउनका लागि फारम भर्न बसेकाहरुको तानातान हेरिन्। उनलाई पनि एमआरपी बनाउन आएको भन्दै ताने तर होइन भन्दै पन्छिन्। ३० देखि ५० रिंगेटसम्म एमआरपी फारम भरेको र फोटोको लिँदा रहेछन्। सोचिन् एक जना गरिब नेपालीको पैसा लुट्नका लागि नेपालमा मात्र होइन विदेशमा पनि पासो थापेर बसेका रहेछन्, नेपालीहरु नै।
मसँग पासपोर्ट छैन, काम छैन, दुःख मात्र छ भन्नेहरु धेरै भेटिन् वसन्तीले मलेसियामा। दलालले फसाएर विचल्ली बनाएका अनि नेपाल फर्कन पाउँ भन्दै रोइरहेका नेपालीहरुको आँशुले उनलाई पनि विछिप्त बनायो। एक मनले त सोचिन् मेरो त श्रीमान बेखवर त भएको होनि, समस्या त मलेसियामा अरु धेरै रहेछन्। केही राम्रो गरेका नेपाली पनि भेटिन् दूतावासमा तर दलाल र एजेण्टहरुको विगविगीले दूतावास नै गन्हाइरहेको पाइन् वसन्तीले।
***
भोलिपल्ट धेरैजनाको प्रयासपछि भेटिए सूची कुमार। उनी मलेसियाको केलाङमा भन्ज्याङ चौतारी रेस्टुरेन्ट चलाएर बसेका रहेछन्।
चारै दिशा खोजियो। हेमलाल सरले सूचीलाई खोज्न मान्छे लगाए। वसन्तीले धेरैलाई मनैबाट अनुरोध पनि गरेकी थिइन्।
नुवाकोटकी मीरा कुमारी तामाङ र उनी दुबै मिलेर रेष्टुरेन्ट चलाउन थालेका यस्तै २–३ महिना भएछ। सुरूमा मीरा र सूची साथी भए पनि पछि–पछि लोग्ने स्वास्नीकै रुपमा भएछन् उनीहरू।
‘तिमी युरोप–अमेरिका जाने भए यता आऊ। दुईजना मिलेर व्यापार गरौँ। अनि त्यसैंको आधारमा अमेरिका जाउँला।’
मीराले आशा देखाएकी रहिछन् सुचीलाई।
सुची मलेसियामा पहिला काम गरेर फेरि साउदी अरव गएको थियो। साउदीमा हुँदा मिरालाई उसले फेसबुकमा भेटेको रहेछ। फेसबुक, भाइबर हुँदै फोनमा घण्टौ कुरा गर्दा रहेछन् उनीहरू।
उनीहरु बीच भित्रभित्र गहिरो प्रेम टुसाएछ। त्यही टुसोमा तानिएर सुची सुटुक्क पसेछन् मलेसिया।
केही नेपालीसहित सूची र मिरा नेपाली दूतावासमा वसन्तीलाई भेट्न आए। सूची मुस्कुराउँदै आफ्नी पत्नी नजिक पुगे र भने –‘नमस्ते।'
वसन्तीले आफ्नो श्रीमानलाई झट्न चिनिन्। कस्ले मलाई नमस्ते गर्छ, उनी अवाक भइन।
तीन महिना अघि हराएको लोग्ने आफ्नो सामुन्ने देख्दा वसन्तीलाई सार्‍है नराम्रो लाग्यो। उनले श्रीमान दुब्लाएको, कमजोर भएको र रोगाएर पातलो भएको देखिन्। त्यो रात उनीहरु सँगै बसे।
भेटिएपछि पनि भाग्ला भन्ने डर। नफर्केला भन्ने डर।
बेपत्ता भएको लोग्नेसँग वसन्तीलाई गुनासो थियो, रिस थियो। उनले कुनै रिस पोखिनन्। मिराले नै आफ्नो सोझो लोग्नेलाई फसाएको उनले बुझिन्।
तर उनी चुपचाप भोलिपल्टै लोग्नेसहित नेपाल फर्किइन। बाटोमा उनले भनिन् – ‘तिमी गएदेखि म कति दुब्लाएँ। थाहा छ, १० किलो मेरो तौल घटेछ।’
सुचीले पनि भने – ‘म पनि त नरोएको रात हुँदैनथ्यो नि।’
सुची आफ्नो छोराछोरी, श्रीमती सम्झेर हरेक रातमा रुन्थे रे। आफ्नो ६–७ लाख रुपैँया मीरासँग रेस्टुरेन्टमा लगानी भएको उनी बताउँछन्। लगानीसँगै उनी मीराको लोग्ने भएर जोडिएछन्।
***
सिँचाई सचिवकी पिए थिइन् वसन्ती।
श्रीमान् युरोप जान्छु भनेर वेपत्ता भएपछि विस्तारै सम्पर्क कम भयो। उनले फोन गर्न छोडे। फेसबुकबाट हराए। अनि वसन्तीलाई सार्‍है पीर पर्‍यो। वरपर सोध्थे – लोग्ने खोई? नातागोताले पनि सोधिरहन्थे सुचीको बारेमा।
अनि वसन्तीलाई सार्‍है पीर पर्‍यो।
घरमा राम्रो पढ्ने छोरो छ – सुजन। जसले राम्रो प्रतिशत ल्याएर एसएलसी उत्तीर्ण गरेर अहिले प्लस टु पढ्दै छ। उता छोरी सुजाता पनि १२ बर्षकी भइसकिन्।
छोराछोरी दुबैले पढाइमा राम्रो गरे पनि उनीहरुलाई बाऊ नभएकोमा ठूलो पीर छ। अँध्यारो अनुहार लगाएर स्कुल जान्छन्, स्कुलबाट फर्किदा पनि बाउकै खोजी गर्छन्।
सबैका अभिभावक स्कुलमा आउँछन्। हरेक कार्यक्रममा अरुका बुबाको उपस्थिति हुन्छ। यही कुराले सुजातालाई ठूलो पीर परेको छ।
हरेक दिन बिहान स्कुल जाँदा र आउँदा उनी आमाको मोबाइल हेर्थिन र भन्थिन् – ‘आमा, बुबाको फोन आएन?’
छोरी सुजाताको यही पिरलोले वसन्तीलाई लोग्ने खोज्न बाध्य बनायो। उनले कताकति सुनेकी थिइन् – ‘सुची कुमार मलेसियामा छन्।’
यही झिनो आशामा उनी श्रीमान खोज्न मलेसिया गएकी थिइन्। हुन त उनले मन्त्री, सचिव, संघसंस्था र अनेक मानिसहरुलाई श्रीमान् खोज्नलाई फोन गरिन्। धेरैतिर धाइन्। धेरैतिर कुदिन्। कतैबाट सफल नभएपछि उनी आफै मलेसिया पुगेकी थिइन्।
***
उता मीरा कुमारीको संसार छ आफ्नै खालको। नुवाकोटमा उनका २ बच्चाहरु छन् श्रीमान्‌सँग। श्रीमानसँग सम्बन्ध बिच्छेद गरेको बताउने मिरा अलि भिन्न स्वभावकी छिन्।
मीराले घर छोडेर मलेसिया बस्न थालेको धेरै भयो। यसै क्रममा सुचीसँग भेट भयो। सामान्य भेटघाट भयो फेसबुकमा। तर उनीहरु सँगै जिउने, सँगै मर्ने हालतमा पुगे।
मलेसियाबाट नेपाल आउने बेलामा मीराले वसन्तीलाई धम्की दिँदै भनिन् – ‘मेरो बुढो खोसेर लगिस्। उसलाई अब नेपाल लगेर मार्छेस् तैँले।’
मीराले भनेकी थिइन् सुचीलाई – ‘म तिमी सम्झेरै अबको बाँकि जीवन बिताउँछु।’
मुसुक्क हाँस्दै छातीभरि पीर बोकेका सुचीकुमार केही बोल्दैनन्। उनीसँग धेरै घटना र परिस्थिति भोगेको श्रृखंला छ छातीमा। जति बोल्छन्, आँखा बोल्छन्। अरु कुरा उनका मुखबाट आउँदै–आउँदैन।
***
अहिले वसन्ती र सुची काठमाडौंमा मिलेर बसेका छन्। त्रिशूलीका यी गुरूङ दम्पत्तिले तीन महिना त तनाबमा बस्नुपर्‍यो। सुजन र सुजाताले बुबा पाए। वसन्तीले हराएको लोग्ने भेटिन्।
बर्षौ अघि मलेसियाबाट फर्केपछि फोन सिरानीमुनि राख्ने, पर–पर गएर फोन गर्ने, उदास हुने सुचीको व्यवहारमा खासै ध्यान दिएकी थिइनन् वसन्तीले। तर तीन महिनादेखि साँच्चिकै बेपत्ता हुँदा भने उनलाई पहाडै खसेजस्तो भयो।
‘लोग्ने त फर्काएँ, अब त्यो फँसेको पैसा र लाग्नेको मन पनि ल्याइ छाड्छु।’
वसन्ती हिजोआज बताउँछिन्।
जेहोस्, फुटेको परिवार जुट्यो। हराएका बाबु घर फर्किए। अर्कैको अंगालोमा गएको श्रीमान् आफ्नै अंगालोमा ल्याउन सफल भइन् वसन्ती।
वसन्तीको जीवनमा साँच्चैको वसन्त ऋतु आएको छ।

पेटको बोसो घटाउने घरेलु उपाय जानी राखौ !

नमोटाउन्जेल मोटाउने रहर हुन्छ र दुब्लाएको पिरलो । तर जब मान्छे मोटाउन थाल्छ तब फुक्दै गएको भुँडी विस्तारै घाँडो बन्दै जान्छ । वास्तवमा बोसो थुपि्रँदै जाँदा पेट बढ्न थाल्छ ।
बोसोयुक्त लम्बोदर भुँडी अस्वस्थ जिवनशैली तथा गलत खानपान व्यवहारबाट सिर्जित खराब उपहार हो । बोसो जमेको ठूलो भुँडीले केवल तपाइँको छविमा आँच पूराउने मात्र हैन विभिन्न खाले स्वास्थ्य समस्याकेा जोखिम समेत बढाउँछ । त्यसैले पेटमा जमेको बोसो तथा बढेको भुँडी घटाउन तर्फ लाग्नैपर्छ । यसका लागि खानै नखाने वा खाएपछि वान्ता गर्ने जस्ता हानिकारक विधि अनुपयुक्त हुन्छन् ।


भुँडी घटाउने सरल घरेलु उपाय निम्न छन्-

१: आफ्नो दैनिकी कागतीको रसबाट सुरु गर्नुहोस्- मनतातो पानीमा कागती निचोरेर रस राख्नुहोस् र केही नुन समेत थप्नुहोस् । यसरी बनाइएको कागती पानीलाई हरेक विहान पिउने गर्नुहोस् । यसले पेटको बोसो घटाउने मात्र होइन पाचन क्रिया पनि नियमित गर्छ ।

२, बढि भात खाने बानी त्याग्नुहोस्- भातको सातो गहुँको पिठोबाट बनेका रोटी तथा अन्य परिकार, मकैको च्याँख्लाको भात, ब्राउन राइस खाने गर्नुहोस् ।

३, चिनिजन्य परिकार जस्तै मिठाइ, चिनियुक्त गुलियो डि्रंक्स, तथा तेल बढि मात्रामा भएको परिकार नखानुस् ।
४, प्रसस्त मात्रामा पानी पिउनुहोस् । एकैचोटी धेरै पानी पिने र लामो समय पानी नपिउने नगरि नियमित रुपमा केही समयको अन्तरालमा पानी पिउने गर्नुपर्छ । यसले उपापचयनलाई सन्तुलित गराउने तथा सरीरमा रहेका विषाक्त पदार्थ समेत उत्सर्जन गर्नमा सहयोग पूराउँछ ।

५, काँचो लसुन खानुहोस् । हरेक विहान २-३ केश्रा काँचो लसुन चपाउनुहोस् र त्यसपछि कागती पानी खानुहोस् ।
६, मासुजन्य तथा बोसोयुक्त परिकारको सेवन अत्यन्तै कम गर्नुहोस् ।

७, साकाहारी जिवनशैली अपनाउनुहोस् । हरेक विहान तथा बेलुकी फलफूल खाने गर्नुहोस् । यसले भोक कम गर्ने मात्र नभै सरीरमा आवश्यक एन्टीअक्सिडेन्ट, भिटामिन तथा लवणको आपूर्ति गर्दछ ।

८, तरकारीमा अदुवा, लसुन, मरिच तथा दालचिनी जस्ता मसला राखेर पकाउनुहोस् । यसले इन्सुलिन प्रतिरोधी क्षमतामा सुधार गर्नुका साथै रगतमा रहेको सुगर लेभल समेत सन्तुलन गर्दछ ।

Tuesday, April 14, 2015

सेक्स नभए बिरामी होइन्छ : तिर्सना

फेसबुक मार्फत नग्न तस्वीरहरु सार्वजनिक गरेर चर्चामा आइरहेकी तिर्सनाले पछिल्लो समयमा नेपाली नारीको मर्यादाको सीमा नै नाघेकी छिन ।


एउटा अनलाईनलाई दिएको अन्तर्वार्ता पढ्दा उल्टै पढ्नेलाई लाज लाग्छ । अझ अनौठो कुरो त उक्त अन्तर्वार्तालाई तिर्सना आफैले आफ्नो पेजहरु मार्फत शेयर गरेकी छिन । प्रस्तुत छ सोहि सनसनीपूर्ण
कुराकानी तर यो अन्तर्वार्ता केवल वयस्क पाठकका लागि मात्र :

यो क्षेत्रमा लाग्नु भाछ, कतिको गार्हो सारो छ यो क्षेत्र ?
भयन्कर स्ट्रगल गर्नु पर्छ , सोचेको जस्तो केही भाछैन ।
अहिले केमा ब्यस्त हुनुहुन्छ?
मेरो बिजनेस छ क्याफे तेस्लाई ठुलो बनाउन डेकुरेट गर्दै छु।
साथी भाईबाट धेरै पीडित हुनुहुन्छ कि क्या हो ?
एस म केटा भन्दा केटीसँग डरौछु। पैसा मागेर हैरान गर्छन्. केटाहरु घुम्न जाउ भनेर हैरान गर्छन् ।
कती जना केटाहरुले तपाईंलाई घुमाइ सक्यो र कतिलाई घुमाइ सक्नु भो ?
मैले केटालाई घुमाउ छु मलाई त नताकेनि हुन्छ।
कतिजनालाई घुमाइ सक्नु भो लाईफमा ?
गन्ने फुर्सदै छैन ।
घुमाउने मात्र कि अरु पनि ?
मलाई मन परे सर्बस्व दिन्छु मन नपरे टच गरे पनि झगडा गर्छु तेस्लाई अनि लाईफबाटै हटाइदिन्छु ।
धेरैलाई दिसक्नु भोहोला आफ्नो सम्पूर्ण ?
क्वान्टिटी होइन क्वालिटिमा जाउ र आइ एम पर्फेक्ट् फोर सेक्सी ब्वाइ।
भने पछी तपाईं भर्जिन होइन ?
डिफिनेट्ली भर्जिन अहिले कसैलाई मन पर्छ जस्तो मलाई लाग्दैन, जमाना रेड लेवेल भन्दा माथि छ , इन्टेर्नेसनल लेभल मैन्टैन गरेकै राम्रो, जस्ले भर्जिन छु भन्छ तेस्ले सत प्रतिसत झुट बोलेको हो ।
सेक्स कसरी गर्न मन पर्छ ?
म सेक्सी छु मलाई नेपाली होइन बिदेसी स्टाईल मन पर्छ सन्नी लिउन भन्दा कम् छैन म । स्टालिस्टनै मन पर्छ । म खासै सेक्स भन्दा फोर प्ले बडी गर्छु।
सेक्स कतिको खाचो भैरहन्छ् ?
सेक्सले काम अनि लाईफमा थप उर्जा थप्छ । सेक्स नभए बिरामी होइन्छ । जब पुरुष महिला बिच स्किन घर्षण हुन्छ स्किन्लाई रेलाईफ अनि मनलाई सान्त हुन्छ । म सेक्सको बारेमा सोची रहन्न अगाडि आए छोड्दिन ।
तपाईंलाई चाँही दिन कतिको खचो हुन्छ ?
म दिन्कै सेक्स गर्दिन मलाई मन परेको केटा भये मात्र भेट्ने हो नत्र महिनौ पनि आइ डन्ट केयर ।
तपाईंलाई ठुलो कि सानो मन पर्छ ?
ठुलो सानो म हेर्दिन मलाई माया लाग्नु पर्छ मन मिल्नु पर्छ बिना काका पनि सेक्स गर्न सकिन्छ ।
सेक्स बेला कन्डम प्रयोग गर्नु हुन्छ कि?
अवस्था हेरेर , हेल्थ भन्दा ठुलो सेक्स होइन।
पहिलो सेक्स कती बर्षमा गर्नु भो ?
बच्चामै अंकलको छोरासँग ६ बर्षको उमेरमा । बुझे पछी चाँही १८ बर्षको उमेरमा ।
१८ को बेला गर्दा कतिको गार्हो सार्हो भो गर्न ?
खासै गाह्रो भएन ६ बर्षमै अनुभव थियो।
कतिबेला तपाईंलाई सन्तुस्टी मिल्छ ?
पार्ट्नर खुशी भए,
सन्नी भन्दा काम छुइन भन्नु भो ? सन्नी झै ब्लु फिल्म खेल्न सक्नुहुन्छ ?
लुकमा सन्नी भन्दा कम छुइन मात्र भनेकी हुँ । ब्लु फिल्म नै खेल्छु भनेको चाँही होइन ।
तपाईंको भित्री कुरा जुन चाँही कसैले बुझेका छैनन र देखेका पनि छैनन तेस को बारेमा जानकारी दिनुहुन्छ ?
मेरो टाइट अनी सानो छ, आउट लुक्स ह्वाइट् अली हेर्दा ब्राउन भित्री फुल रेड ब्ल्याक खासै छैन ।

Sunday, April 12, 2015

कतारमा एक नेपाली जोडीको अनौठो ‘आत्महत्या’

12th April: Two Nepalese who had gone to Qatar for job purpose have been found dead. Rina Thapa Magar from Makwanpur and Shyaami Thapa from Pokhara who died of suicide





इजरायलमा नेपाली कामदारका लागि रोजगारी पुनः खुला भएको छ।

काठमाडौ, चैत्र २९ – वैदेशिक रोजगारीका लागि इजरायल पुनः खुला भएको छ। लामो समयको स्थगनपछि अब त्यहाँ सरकार आफैंले निःशुल्क रूपमा कामदार पठाउने भएको हो ।


वाषिर्क १४ हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ) भन्दा बढी कमाइ गर्न सक्ने र कामदार सुरक्षित रहने हुनाले इजरायल नेपालीको रोजाइमा परेको हो। यसका लागि उनीहरूले सरकारले स्वीकृति दिएका प्रशिक्षण केन्द्रबाट घरेलु कामदारको तालिम लिएको हुनुपर्ने छ। कामदारहरूको अन्तिम छनोट इजरायल सरकारले तोकेको इजरायली कम्पनीले नेपाली अधिकारीलाई समेत राखेर गर्नेछ। छनोटमा कामदारको अंग्रेजी भाषा, उमेर, उचाइ, स्वास्थ्य, तौल सबै हेरिनेछ।

नेपाली कामदार सरकारी स्तरमा पठाउन इजरायलले पठाएको सहमतिको अन्तिम पत्र शुक्रबार परराष्ट्र हुँदै श्रम मन्त्रालयमा पुगेको छ। इजरायलले वाषिर्क १ हजार ५ सय जनासम्म लिने जानकारी दिएको छ। त्यसमध्ये पहिलो चरणमा १ सय ५० जना लिने तयारी गरेको छ। नेपाली म्यानपावर कम्पनीले कामदारबाट १० लाख रुपैयाँभन्दा बढी असुलेको भन्दै ७ वर्षअघि इजरायलले नेपाली कामदार लिन बन्द गरेको थियो। पछिल्लो समय इजरायलले सरकारीस्तरमा निःशुल्क कामदार लिने प्रस्ताव गरेअनुसार सहमति हुन लागेको हो। सरकारी स्तरमा नेपाली कामदार जाने प्रक्रिया दुई साताभित्र आरम्भ गरिनेछ,’ श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले कान्तिपुरसँग भने।

इजरायलमा नेपाली कामदारको माग रहेकाले जतिसक्दो छिटो पठाउने प्रक्रिया अघि बढाउनुपर्ने इजरायलका लागि नेपाली राजदूत प्रह्लाद प्रसाईंले टेलिफोनमा बताए। ‘यहाँ कामदारको अधिकार इजरायली नागरिकसरह हुने हुँदा यो निकै सुरक्षित गन्तव्य हो,’ उनले भने। हाल इजरायलमा करिब चार हजार नेपाली कार्यरत छन् , इकान्तिपुरमा प्रकाशित छ।

Friday, April 10, 2015

डन्डीफोर र दाग हटाउने यो सरल घरेलु उपाय जानी राखौ !

महिलाहरु छालासम्बन्धी कुनै समस्या भएमा निकै दुःखी र चिन्तित हुन्छन् । महिलालाई प्रकृतिले नै सुन्दरता प्रदान गरेको हुन्छ । महिलामा सुन्दरता पनि जोडिएको हुन्छ ।

केही कारण सुन्दरतामा गडबडी आएमा महिलामा ठूलो चिन्तापर्न जान्छ । यस्तै, सुन्दरता बिगार्ने एउटा रोग डण्डीफोर पनि हो । यो रोग यौवन अवस्थामा आउने समस्या हो । कहिलेकाही ३५–४० वर्षको उमेरमा पनि आउँछ ।

यो छालाको समस्या हो । यो धेरै खतरा नभएपनि यसले दाग छाडेर जाने भएकाले अनुहार बिगार्न सक्छ । डण्डीफोर आउनमा सेवासियस नामक ग्रन्थीको भूमिका हुन्छ । यसलाई आयल ग्रन्थी पनि भनिन्छ । यो ग्रन्थी उमेर बढ्दै जाँदा ११ वर्षदेखि नै विकसित हुन्छ । यो रौंको साथमा रहन्छ । यसको फङसनल एक्सन एडर्नल ग्ल्याण्ड्सको मेल हर्मोनले बढाउँछ ।


यो महिला तथा पुरुष दुवैमा हुन्छ । मान्छेको छालमा साना प्वाल हुन्छन् । यिनीहरुको आयल ग्रन्थीसंग  सम्बन्ध हुन्छ । यही ग्रन्थीले सेवम् भन्ने चिल्लो पदार्थ निकाल्छ , सेवम्ले नै छालामा मरेका कोषहरु हुँदैं छालाबाट बाहिर निकाल्छ र छाला सफा राख्छ । यहाँबाट मसिनो रौं पनि बाहिर आएको हुन्छ ।

 कहिलेकाँही फोहोर वा चिल्लो, मरेका कोषहरु बाहिर निक्लने बाटो बन्द भयो भने डण्डीफोर देखिन सुरु हुन्छ । स्कीनडेड सेल्स, सेबम् र रौं एकै ठाउँमा जम्मा हुन्छन्  । यसरी यिनीहरुको संक्रमित हुन्छन् । कारणवस यिनीहरु सुनिन थाल्छन्, राता हुन्छन् र फुट्छन् ।

डण्डीफोर विभिन्न प्रकारका हुन्छन्
ह्वाइहेड्स– सेता, मसिना राता देखिने
ब्ल्याकहेड्स– काला दाना देखिने
सिस्ट– मासुको डल्लोजस्तो ठूला
नोवुल्स– दुख्ने,सा¥हो खालका
पुस्टुल्स– राता साना माथिपट्टि पिप देखिने


डण्डीफोरको उपचार

शरीरमा, अनुहारमा वा शरीरका विभिन्न ठाउँमा डण्डीफोर आउने गर्छ । डण्डीफोर आउने कारण थाहा पाइसकेपछि उपचारका लागि सजिलो हुन्छ । १२, १३ वर्षदेखि ३०, ३५ वर्षसम्म उमेरमा कुनै पनि बेला धेरै किसिमका डण्डीफोर आउने गर्छ । यो उमेरका वृद्धिसंगै हर्मोन एडर्नल ग्ल्याण्ड्समा हुने हर्मोनका कारण आयल ग्ल्याण्ड्स लाई स्टीमुलेट गरेपछि यस्तो परिवर्तन आउँछ । यसलाई विभिन्न उपायबाट कम गराउँन सकिन्छ ।

चिल्लो कम खाने, पानी प्रशस्त पिउने, शारीरिक व्यायाम पसिना आउने गरी गर्ने, हरियो सागपात, फलफूल कम खाने, नियमित नुहाउने, व्यक्तिगत  सरसफाईमा ध्यान दिने, बढी अमिलो पिरो नखाने, अनिद्रा नबस्ने । यौनजन्य पुस्तक, चलचित्र तथा अन्य क्रियाकलापमा धेरै सहभागी नहुने, मानसिक बेचैनी नरहने ।

 डण्डीफोर नआउने बनाउन सकिदैंन, तर, कम गराउँन सकिन्छ । नआउने बनाउनु पनि हुँदैंन , शरीरमा अन्य असर पर्छ । होमियोप्याथिक आयुर्वेदक औषधि तथा प्राकृतिक उपचारबाट पनि राम्रो हुन्छ ।