Wednesday, August 26, 2015

इजराइलमा कार्यरत संगिता ओलीको फेरि पुन: गम्भिर ध्यानाकर्षण

जसरी मेरो चरित्रहत्या गर्ने गरी २/ ४ दिन देखी सामाजिक सन्जालहरुमा भ्रामक तथा आधारहिन पोस्टहरु भाईरल भएका छन त्यस्मा मेरो पुन: तथा गम्भिर ध्यानाकर्षण भएको कुरा जानकारी गराउन चाहन्छु ! त्यस्ता भ्रामक समाचार पहिलो पटक आएपस्चात मैले सामाजिक सन्जाल प्रयोगकर्ता हरुको जानकारीका लागि इस्पष्टिकरण शाहीत ध्यानाकर्षण गराएको अवस्थामा पनि समाचार सम्प्रेसन गर्ने कार्य रोकिएका छैनन !विभिन्न अनलाई लगायतका ब्यक्तिगत ब्लगर हरुले उक्त समाचारलाई पटक पटक बिभिन्न शिर्शकमा निराधार समाचार बनाइ आफ्नो फेस्बूक पेजमा पोस्ट गरी बिबाद लाई उछाल्ने कार्य घ्रीनित एबम निन्दनिय छ ! नेपाल स्थित मेरा परिवारले प्रेस काउन्सिल नेपाल गाई निबेदन दिदा त्यस्ता समाचार सम्प्रेसन गर्ने पर्देशीखवर, अन्लाईन ताजा खवर लगायतका सम्प्रेसन कर्ता हरु प्रेस काउन्सिल मा दर्ता नभै सन्चालनमा आएका ब्यक्तिगत ब्लगहरु भएको कुरा जानकारी भयो ! उनिहरुको एस्तो गैर्जिम्मेबiर पूर्ण समाचार सम्प्रेसन गराइबाट तारा र सिता बैनीको पक्राउको सम्योगलाई म सँग जोडेर उछाल्ने काम भएको देखिन आउछ जस बाट यो म बिरुद्ध नियोजित सद्यन्त्र भएको हुन सक्ने देखिन्छ ! तसर्थ यस्को जड् सम्म पुगी य स् बिषयको निर्क्योल गर्न मेरो परिवारले नेपाल प्रहरीको साईबर क्राइम ब्रान्चमा त्यस्ता संचार माध्याम लगायत आस्लील कमेन्ट गर्ने ब्यक्तीहरु को समेत प्रमाण सन्कलन गरी निबेदन दिन लागेको कुरा सबैलाई जानकारी गराउन चाहन्छु ! तसर्थ सत्य तथ्यको निर्क्योल नहुन्जेल एस्ता समाचार लाई बधावा नदिनु हुन अनुरोध गर्न चाहन्छु ! यो समाचार सत्य भएको खन्डमi कiनून बमोजिम सजाय भोग्न तयार छु ! सोही अनुसार यस्ता समाचार सम्प्रेसन गर्ने ब्लगर तथा अस्लील कमेन्ट गर्ने ब्यक्ती हरु पनि कानून को दाँयार मा आउनु पर्ने कुरा स्पस्ट छ !
जहाँ सम्म यो बिषय लाई टुङो लगाउने कुरा छ त्यस्को लागि म अधिकारिक तवर बाट प्रयासरत छु ! तर आज जसरी सम्पूर्ण दाजु भाई दिदी बहिनी बिच मेरो बिरुद्ध समाचार सम्प्रेसन भई राखेका छन मैले पुन: ध्यानाकर्षण गर्नु पर्ने जरुरी देखिन आयो ! जसरी मेरो बिरुद्ध बिभिन्न पोस्ट, कमेन्टहरु आएका छन त्यस्मा मेरो निम्नानुसारका स्पष्टिकरण दिन चाहन्छु !


१) जहाँ सम्म बिभिन्न पोस्ट अनुसार नीज तारा र सिता बैनीलाई धम्काएको भन्ने छ, मबाट त्यस्तो धम्कiउने कार्य भएको छैन ! अन्य कसैले धम्काएको भये त्यस्को जवाफदेही म हुन सक्दिन ! कसैले धम्काइ राख्नु भएको भये त्यस्तो कार्य नगर्न हुन अनुरोध गर्दछु ।
२) जहाँ सम्म मीटिङमा बोलाँउदा नगएको भन्ने छ, मा आँफै आस्चर्य चकित परेको छु ! मलाई कसैले मीटिङको लागि बोलएको छैन बरु म आँफैले पटक पटक प्रयास गरेको थिए अब पनि प्रयासरत छु!
३) जहाँ सम्म पुलिसले संगिता ओली भागी उस्ले तिमीहरु जस्तालाई पक्राउन पुलिसलाई सहयोग गर्छे भने भन्ने आरोप छ, म निज तारा र सिता बैनिलाई उक्त कुरा प्रमाणित गर्न चुनौती दिन्छु ! आरोप लगाये पछी आरोप प्रमाणित गर्ने भार सम्भन्दित ब्यक्ती हरु मै निहित हुने हुँदा निज हरुले उक्त आरोप प्रमाणित गर्नु पर्ने हुन्छ !

निज तारा र सिता बैनिहरुको हाल को अवस्था प्रती म पनि शाहआनाभुती रख्दछु ! म आँफै पनि संघर्स गरेर आएकी महिला भ ए का कारण ले पनि वहाँहरुको अवस्था प्रती सम्बेदनशील छु ! निज हरुलाई मैले अझपनी मेरो तर्फ बाट गर्न सक्ने सहयोग गर्न तयार रहेको कुरा जानकारी गराउदछु ! हाल NRN Isreal ले सुचना जारी गरी बिबiदित पक्षहरुलाई एक ठाउँ मा आउन आबहान गरेकोमा म जुनसुकै समयमा पनि भेट बर्ता गरी समस्या समाधान गर्र तयार रहेको कुरा जानकारी गराउन चाहन्छु !
आन्त्यमा फेरी पनि यो बिषय अधिकारिक रुपमi टुङो नलiगुन्जेल यस्ता समाचार सम्प्रेसनलाई रोक्न एबम बढiवा नदिन सम्बन्धित ब्लगरहरु, अस्लील कमेन्ट गर्ने ब्यक्तिहरुलाई आनुरोध गर्दछु ! उक्त अपराधीक कृयाकलाप तुरुन्त बन्द नगरेको खन्डमा म इजरiएल तथा नेपाल दुबै तर्फका कनुन को शहiरi लिन वाध्य हुनेछु ! धन्यवाद


0 comments:

Post a Comment