Monday, August 24, 2015

टिकापुरमा हिंसात्मक झडप : एसएसपी सहित १८ शुरक्षाकर्मीको मृत्यु : ३ आन्दोलकारीको मृत्यु

धनगढी ७ भदौ – कैलालीको टिकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा सेति अञ्चलका जनपथ प्रहरीका एसएसपी सहित १८ शुरक्षाकर्मीहरुको मृत्यु भएको पुष्टि भएको छ । टिकापुरको सरकारी कार्यालयहरुमा घेराउ तथा कब्जा गर्न गएका थरुहटका प्रदर्शनकारीहरुलाई रोक्न खोज्दा प्रहरीसंग हिंसात्मक झडप भएको थियो । झडपमा जनपथ प्रहरीका एसएसपी लक्षमण न्यौपाने सहित पाँच प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


हातमा भाला , तलबार र बञ्चरो सहित निस्किएका हजारौ थरुहटका प्रदर्शनकारीहरुको हिंसात्मक झडपमा परी एसएसपी न्यौपाने सहित उनका अंग रक्षकको समेत मृत्यु भएको तर उनको नाम खुल्न नसकेको जनाइएको छ । झडपमा परी सशस्त्र प्रहरी तर्फका प्रहरी निरिक्षक बलराम बिष्ट , केशव बोहरा र अन्यको  नाम नखुलेको जनाइएको छ । आन्दोलनकै क्रममा भएको हिंसातमक झडपपछि चार जना आन्दोलनकारीको मृत्यु भएको बुझिएको छ । भने आधा दर्जन बढी प्रहरीहरु सम्पर्कबिहीन भएको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
आन्दोलनकारीहरुले एसएसपीलाई भाला तथा बञ्चरो प्रहार बाट हत्या गरी शरीरमा आगो लगाइएको पनि प्रहरीबाट बुझिएको छ । झडपमा ६० भन्दा प्रहरी घाइते भएका छन भने १ सय बढी आन्दोलनकारी घाइते भएका छन । घटना पश्चात कैलालीको टिकापुर तनावग्रस्त बनीन पुगेको छ भने प्रशासनको आदेशमा सो स्थानमा हाल कर्फयु आदेश जारी गरीएको छ ।

0 comments:

Post a Comment