Monday, August 10, 2015

जुम्लामा अत्याधुनिक हातहतियार सहित सेना परिचालन गरियो ।

जुम्ला, २५ साउन । अखण्ड कर्णालीको माग गर्दै जुम्लामा सुरु भएको आन्दोलनलाई नेपाल प्रहरीले रोक्न नसकेपछि नेपाली सेना परिचालन गरिएको छ । आन्दोलनमा प्रदर्शनकारीको प्रदर्शनले उग्र रुप लिएपछि त्यसलाई रोक्न स्थानीय प्रशासनले सेना परिचालन गरेको हो ।


जिल्ला प्रशासन कार्यालय जुम्लाले सेनालाई हारगुहार गरी सुरक्षाको सहयोग मागेको हो । प्रशासनको आग्रहपछि जुम्लामा हतियारसहित दर्जन बढी सेना परिचालन गरेर प्रशासन कार्यालयमा सुरक्षाको लागि खटाइएको छ । यसअघि प्रदर्शनकारीले प्रशासन कार्यालयमा रहेका एक पुलिससहित ४ वटा गाडीमा तोडफोड गरेका छन् भने प्रशासन कार्यालयमा तालावन्दी गरेका छन् ।

आन्दोलनकारीलाई रोक्न प्रहरीले पाँचभन्दा बढी अश्रुग्यास प्रहार गर्नुका साथै रबरका गोली समेत चलाएको छ । आन्दोलनकारीले नेपाल टेलिकम, जिल्ला विकास समितिलगायतका दर्जन बढी कार्यालयमा तोडफोड गरेका छन् । प्रशासन कार्यालयको भवन तोडफोडसमेत गरिएको छ । तोडफोडका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको छ ।

0 comments:

Post a Comment