|
त्यो दिन मैले चरीलाई भने यसरी हत्या गर्ने नै त संगठनको नीति छैन, हातखुट्टा सम्म भने भाच्न सकिन्छ । उनीहरुले हाम्रा साथीहरुको हात खुट्टा भाचेका छन् । टिट फर ट्याट । यसका लागि तिमिले संगठनको सहयोग लिदा पनि हुन्छ । मेरो उत्तर सुनेपछि चरीले भन्यो ,‘ यत्ति कामका लागि मलाई अहिले नै संगठनको आवश्यकता पर्दैन, दाइ । म एक्लै काफी छु । त्यसपछि ऊ उत्साहित हुदै गयो ।
चरी निस्किएलगत्तै मेरो मनमा आशंका जन्मियो– ‘कतै चरीले नराम्रो गरेर संगठनले आजसम्म कमाएको इज्जत त सखाप पारिदिने हैन?’ मैले तत्काल ऐनजी लाई फोन गरे, ‘त्यो चरीलाई वाच गर्दै गर्नु है । त्यसले नराम्रो काम गरेर संगठनको बदनाम गर्ला नि फेरि । तर, ऊ आफै पनि माओवादी पीडित रहेछ । अर्को तर्फ, हामीले जुन उद्देश्यका साथ युथ फोर्स अगाडी बढाएका थियौ, त्यसकालागि चरीहरु पनि राम्रा सहयात्री हुनु आवश्यक थियो । एकाध मानिस त्यो पृष्ठ भूमिका नभएसम्म हमीलाई वाईसीएलले पेलिरहने निश्चित थियो । चरीलाई युथफोर्समा ल्याउनुको अर्को मनोवैज्ञानिक हिसावले वाईसीएललाई पछाडि धकेल्नु पनि थियो ।
त्यो दिन म बुटवलमा थिए । एमालेको महाधिवेशन चलिरहेको थियो । साँझ मोबाइलमा चरीको फोन आयो । उसले भन्यो, ‘दाई, हामीले हान्दियौ त्यसलाई । सायद बाँच्दैन होला । अस्पताल भर्ना भएको छ । छातीमै गोली लागेको छ ।
मैले कुनै प्रतिक्रिया जनाउन सकिन । चरीले त्यो हदसम्म गएर कसैलाई गोली हान्ला भन्ने सोचेको थिइनँ । हदै सम्म भए जोग भाईको खुट्टा काट्नेहरुको खुट्टा भाँचिदेला, सुशीलको हात काट्नेहरको हात भाँचिदेला भन्ने मात्रै ठानेको थिएँ । युथ फोर्स र युवा संघका त्यसअधिका कारबाहीहरमा त्यस्तो हतियारको प्रयोग भएको थिएन । तर, चरीले गर्नु गरको थियो । त्यसले मलाई ठूलो समस्या पार्यो । महाधिवेशनको तनावमाथि अनावस्यक झमेला थपियो । चरीले पार्टी प्रवेशपूर्व गर्दिनँ भनेको काम गरेको थियो । उसले गोली चलाएको घटनालाई हामीले आफ्नो जिम्मेवारीमा लिन सक्ने समय पनि थिएन त्यो । कुनै पनि आपराधिक क्रियाकलापलाई हामीले राजनैतिक संरक्षण दिइनुहुदैन भन्ने मेरो मान्यता थियो ।
त्यस्ता कामलाई संरक्षण र प्रश्रय माओवादीले दिइरहेको थियो । हामी त्यही माओवादी विरुद्ध अभियानमा उभिएका थियौँ । जुन कामको बिरोधमा हामी थियौँ त्यही काम हामीबाट हुनु हुँदैन भन्नेमा म सचेत थिए ।
तर, नहुनु भइसकेको थियो । चिन्ता लिएर मात्र समस्या सल्टिने अवस्था थिएन । पाइला–पाइलमा सावधानी अरुरी थियो । समयको आवस्यकता थियो त्यो । यो समस्यालाई सावधानीपूर्वक समाधान गर्न नसके युथ फोर्स झन् भुमरीममा पर्ने निश्चित थियो । हत्तेरिका के गरेको यस्तो !‘ मैले चरीलाई भने । ऊ नाजवाफ भयो । घटना भइसकेपछि सायद उसको मनोबल कमजोर भइसकेको थियो । फेरी त्यस्तो काम गर्न निरुत्साहीत होस् भन्न मैले कराउनु पर्ने थियो ।
अहिले त्यो मान्छेको अवस्था कस्तो छ त?’मैले सोधे । ‘भन्न सकिदैन दाई चरीले आत्तिदै भन्यो !’ म फेरि लामो समय चुप भएँ । त्यसपछि उसलाई सल्लाह दिए । ‘अव चुपचाप कतै बसनु । केहि दिन बाहिर ननिस्कनु’
केहि दिन ऊ सम्भवत : कतै निस्किएन । मलाई प्रत्येक दिन फोन गरिरह्यो । तर, मैले उसका अधिकांश फोन इग्नोर गरे । त्यसो नगर्दा झन् नराम्रो हुन सक्थ्यो । ऊसँग कुरा गर्न पनि आफु निकै व्यस्त भएका कारण चुपचाप वस्न भन्ने गर्थे ।
त्यो घटना भएको केहि समय पछि मैले र केहि साथीले चरीसँग गंम्भीर कुरा ग¥यौँ । उसले आफुले गत्ल्ति गरको सहजै स्विकार ग¥यो । त्यति हुदा पनि उसको काम क्षम्य थिएन । आमोवादी बिरुद्ध आक्रमण गरेकै किन नहोस्, त्यो मेरो पनि एउटा गल्ति थियो ।
त्यही समय मैले चरीलाई पनि बासम्बार सम्झाए । मैले उसलाई दुईवटा बिकल्प दिने गरेको थिए – तँ जिन्दगीको यस्तो मोडमा आइपुगेको छस्,तेरो सामु दुइवटा बाटाहरु छन् । राजनीतिक बाटो हिँडे सामाजिक व्यक्तित्व बन्न सकिन्छ । दिनहु प्रहरीबाट डराएर हिडुनपर्ने अवस्था हटेर जान्छ, अपराधकै बाटो हिडिरहे आफैबाट पनि भागिरहनु पर्ने हुन्छ ।
एक पटक मैले भने ‘हेर भाई, हामी अहिले थप सहकार्य हुने–नहुने मोडमा आइपुगेका छौँ । तँ, पहिलो बाटो हिडिस् भने हाम्रो सहकार्य हुन्छ । हैन, दोस्रो बाटो रोज्छन् भने सहकार्यआजैबाट टुङिन्छ ।
उसका दुश्कर्महरु बारम्बार दोहोरिँदै थिए । विभिन्न आपराधिक कार्यमा उसको संलग्नता अपेक्षाकृत रुपमा घटेको थिएन । मैले जति सम्झाउदा पनि उसमा खासै परिवर्तन आउन सकेको थिएन । गधाँलाई गाँई बनाउन नसकिने निश्कर्ष पछि म उसबाट टाढिँदै गएँ । फिोन उठाउन काम गर्दै गए ।
त्यति हुदा पनि आफूलाई अप्ठेरो पर्दा उसले मलाई फोन गर्न छाडेको थिएन । एक पटक दर्सैँ तका उसलाई प्रहरीले गिरफ्तार गरेछ । थुनाबाटै उसले फोन गर्यो, समयोग को निम्ति अनुनय विनय गर्यो ।
दसँको बेला भनेर मैले प्रहरीलाई हनेसुम्म सहुलियत दिन अनुरोध गरे । उसले सुध्रिन्छु भन्दै आएको थियो । प्रहरीले छाडिदियो ।
केही समय पछि एसपी रमेश खरेल सँग सल्लाह गरेर उसलाई चाण्पाँच महिना थुनामा राखियो, सुध्रिन्छ कि भनेर। सुध्रिन्छ भने हिरासतमै राखेर ऊमाथि लागेका विभिन्न मुद्दा चलाउने सल्लाह खरेल सँग भएको थियो । ऊ चार महिना जेल बसेर निस्कियो । तर, लागेको बानी के छुट्थ्यो । हाम्रा सारा योजना तुहिदै गए । मेरो मन मर्यो । अव चाहि लसाच्चे उसलाई वेवासता गर्न थाले । लामो समय सम्म ऊ सँग कुने सम्पर्क नै थिएन ।
चरी २०७१ साल साउन २१ गते प्रहरी इन्काउन्टरमा मारियो । त्यस भन्दा केहि अगाडी प्रहरीले उसलाई पक्राउ गरियोस् र केहि समय नियन्त्रणमा राखियोस् भन्ने मेरो चाहना थियो । त्यसो गर्दा उसमा सुधार आउला कि भन्ने मैले सोचेको थिएँ । तर, इन्काउन्टरमा पर्यो ।–भर्खरै प्रकाशित पुस्तक म–महेशबाट ।

0 comments:
Post a Comment