Wednesday, August 5, 2015

अब भारतको ८ सय ५७ पोर्न साइट ब्यान्ड हुने, यो भिडिओ हेर्नुहोस् !

मुम्बई, श्रावण २० - भारतमा मोदी सरकारले ८ सय ५७ पोर्न साइट ब्यान्ड गर्ने निर्णयको समर्थनसँगै विरोध पनि सुरु भएको छ। अप्रत्याशित रूपमा केही बलिउड हस्तीले सरकारी निर्णयको खुलेआम विरोधमा आफ्ना विचार व्यक्त गरेका छन्। अगाडि देखिएकी छन्, सोनम कपुर। फेसन डिभाका रूपमा स्थापित सोनमले पोर्न साइट ब्यान्ड गर्नेलाई नै बेवकुफको संज्ञा दिएकी छन्।



सोनमले ट्वीटमा भनेकी छन्, ‘यस्ता साइट ब्यान्ड गर्नाले भारतीय सोचमा परिवर्तन आउँछ भन्ने सोच्ने त्यस्ता बेवकुफलाई चाहिं ब्यान्ड गरिनुपर्छ ।’ उनले आफ्नो ट्वीटमा ‘बिरामी’ र ‘लज्जास्पद’ शब्दलाई ह्यासट्यागसमेत बनाएकी छन्।

त्यसै गरी लेखक चेतन भगतले पनि सरकारी कदमको विरोध गरेका छन्। ट्वीटरमै उनले आफ्नो विचार दिँदै भनेका छन्, ‘पोर्नलाई निषेध नगर। निषेधले झन् लुकीछिपी हेर्न उक्साउँछ। यौन हिंसालाई बढावा दिन्छ र बलात्कारका घटनालाई बढावा दिन्छ। जबरजस्तीलाई निषेध गर। तर यौनलाई हैन।’ उनले अर्को ट्वीटमा पोर्न ब्यान्ड गर्नुलाई स्वतन्त्रताविरुद्ध भनी टिप्पणी गरेका छन्। साथै, उक्त कदम अव्यावहारिक, राजनीतिक रूपले अपरिपक्व र बेवास्तापूर्ण भन्दै जनताको आन्तरिक जीवनमा हस्तक्षेप नगर्न पनि जिकिर गरेका छन्। चेतन भन्छन्, ‘पोर्न हेर्नु व्यक्तिको निजी मामिला हो। जसमा सरकारले हस्तक्षेप गर्नु उचित छैन।’

निर्देशक रामगोपाल बर्मा अझ आक्रामक देखिएका छन्। लगातार यसै विषयमा केन्द्रित भई ट्वीट गरिरहेका रामगोपालले पोर्न साइट ब्यान्ड गर्ने भारत सरकार पनि तालिवान अथवा आईएसआईएसभन्दा फरक नरहेको आरोप लगाए। उनले कुनै पनि कुरामा ब्यान्ड गरिनुले भूमिगत रूपमा त्यस्ता चलखेल गर्न झन् बढावा दिने जिकिर पनि गरे।

त्यसै गरी उदय चोपडाले पनि यसको विरोधमा ट्वीट गरेका छन्, ‘अब तिम्रो के ब्यान्ड गर्ने इच्छा छ? मलाई लाग्छ, सबैले यसबारेमा सोध्नु जरुरी छ।

0 comments:

Post a Comment