Monday, August 24, 2015

मलंगवा, टिकापुर र रौतहटमा सेना परिचालन गर्न सिडिओलाई आदेश

टीकापुरमा भएको थरूहट आन्दोलनकारीको आक्रमणमा परी एसएसपीसहितका दर्जनौ सुरक्षाकर्मीको मृत्यु भएपछि आकस्मिक रूपमा बसेको सुरक्षा प्रमुखको बैठकले सेना परिचालन गर्न प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको छ।सर्लाही, टिकापुर कैलाली र सर्लाहीको मलंगवाहा सेना परिचालन गर्न आदेश दिएको हो।कैलालीको टिकापुरसहित तराईका केहि भागमा संघीयताका विषयलाई लिएर दंगा अनियन्त्रित हुन थालेपछि सरकारले आवश्यक परे स्थानीय जिल्ला प्रशासन कार्यालयले सेना परिचालन गर्नसक्ने आदेश दिएको छ सोमबरा बसेको सुरक्षापरिषदको आकस्मिक बैठकले स्थानीय प्रसासन ऐन अनुसार सरकारले प्रमुख जिल्ला अधिकारीलाई यस्तो आदेश दिएको हो।समस्या भएका क्षेत्रमा दंगाग्रस्त क्षेत्र घोषणा गरि सेना परिचालन गर्न सकिने बताएको हो।सोमबार टीकापुरमा थरुहट समर्थक र प्रहरीबीच भएको भिडन्तमा १७ प्रहरी सहित २० जनाको मृत्यु भएको छ।


कम्तिमा ३जना आन्दोलनकरी मारिएका थिए।गृहमन्त्री बामदेव गौतमका अनुसार तराईको रौतहट र सर्लाहीको मलंगवामासमेत आन्दोलनकारीले भाला, खुकुरी, हँसियासहितका घरेलु हतियार लिएर सरकारी कार्यालय र प्रहरीलाई आक्रमण गरेका थिए।अहिले संसदलाई सम्वोधन गर्दै गौतमले उक्त कुरा बताएका हुन्। मलंगवा, टिकापुर र रौतहटमा भएका घटनाका आधारमा उक्त निर्णय गरिएको हो।

0 comments:

Post a Comment