Sunday, August 30, 2015

भारतीय एक किसान ४० वर्षदेखि नांगै

ऐजेन्सी : भारतीय किसान सुबल बर्मनले ४० वर्षदेखि एक धरो लुगा लगाएका छैनन् । उनी नांगै हिँड्नु कुनै फेसन नभएर वाध्यता हो । उनलाई कुनैलुगाउनै हुँदैन, शरीरमा एलर्जी सुरु हुन्छ । पश्चिम बंगलको राजपुर गाउँमा नांगो शरीरकै कारण उनी चचित छन् ।


उनी नांगै हिँड्डुल गर्दा गाउँलेहरु नौलो मान्दैनन् । बर्मन भन्छन्, ‘लुगाको संसर्ग हुनासाथ मेरो शरीरमा आगो जलेजस्तै हुन्छ । म एक छिनभन्दा धेरै खप्नै सक्दिनँ ।’ उनलाई पाँच वर्षको उमेरमा पहिलोपटक रोगबारे चिकित्सकरुले रोग पत्ता लगाएका थिए । लगाउने लुगा मात्रै नभएर ओढ्ने र ओछ्याउने समेत उनी प्रयोग गर्न सक्ने अवस्थामा छैनन् । गरिबीका कारण उनलेराम्रै ठाउँमा उपचार गर्ने मौका पाएका छैनन्।

अहिलेत उपचार गर्ने मनशाय पनि छाडिसकेका छन् उनले । उनले भने, ‘मेरा छिमेकीहरु सौभाग्यवस असल छन् । उनीहरुले कहिल्यै मेरो नांगो शरीरको विषयमा गुनासो गरेनन् ।’  नांगै बस्दा विभिन्न समयमा उनले विभिन्न थरीका समस्याहरु भोग्नुपर्छ । उनलाई जाडोले भन्दा गर्मीले बढि सताउँछ । तातो पनि शरीरले सहन गर्न नसक्ने हुँदा गर्मीमा उनी दैनिक ५ देखि ८ पटकसम्म नुहाउँछन् ।

स्वभाविक रुपमा सुबलको अहिलेसम्म विवाह भएको छैन । यस्तो सर्वकालिन नांगो केटालाई छोरी दिउन पनि कल्ले ? उनी भन्छन्, ‘कुन मुर्खले मलाई छोरी दिन तयार हुन्छ र ? मेरो जीवनमा यस्तै लेखेको रहेछ ।’ अब उनले आफ्नो बाँकी जीवन पनि यस्तै गरी बिताउने सोच बनाइसको छन् ।  ब्रिटिश स्किन फाउन्डेसनका प्रवक्ता प्रोफेसर हेवेल विलिम्सले सुबललाई डिसएस्थेसिया नाम गरेको रोग लागेको हुन सक्ने बताए ।


0 comments:

Post a Comment