Wednesday, August 5, 2015

इजरायलमा कार्यरत संगिता ओलीले फेसवूकमा आफ्नो अन्तरक्रिया चलाउने सागर अधिकारीलाई पक्राउ गरेको छ ।

गएको केही साता अघि इजरायलमा गैर कानूनी रुपमा रहेका नेपालीहरुलाई काम लगाइदिन्छु भन्दै अध्यागमन प्रहरी लगाएर पक्राउने गरेकोले संगिता ओलीदेखि सावधान रहन भन्दै नेपालीहरुलाई आह्वान गर्दै  फोटो सहितको समाचार अनलाइन मिडियाहरु लगायत सामाजिक सञ्जाल फेसबूकबाट महिलाको पारिवारिक सम्वन्धमा समेत खलल पुर्याउने गरी समाचार तथा पोस्टहरु गर्ने खाडी मुलुक कतारमा कार्यरत सागर अधिकारी भनिने विष्णुकुमार अधिकारीलाई महानगरीय प्रहरी अपराध महाशाखाले घरविदामा नेपाल गएको समय पारी पक्राउ गरेको छ । गत ३ अगस्त सोमवार पक्राउ परेका अधिकारीलाई विद्युतीय कारोबार ऐन (साइवर अपराध) अनुसार मुद्दा चलाउन महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको छ ।


अनाधिकारीक अनलाइन व्लगहरु र  इन्टरनेट सामाजिक सञ्जाल फेसबूक मार्फत सुनेको भरमा चरित्र हत्या गर्ने नियतले अपुष्ट तथा व्यक्तिगत लान्छानायुक्त झुटो सन्देश पोष्ट गरी महिलालाई मानसिक यातना दिएको अभियोगमा विष्णुकुमार अधिकारी पक्राउ परेका हुन् ।

उनले फेसबुक पोस्टमार्फत् महिलाको चरित्र हत्या हुनेगरी अन्तरक्रिया समेत गराउन खोजेको महानगरीय प्रहरी अपराध महाशाखाले उल्लेख गरेको छ । उनले आफूले नुबझेको नजानेको विषय समेत पोस्ट गरी महिलाको सामाजिक तथा पारिवारिक सम्बन्धमा खलल पुर्‍याएको प्रहरीले उल्लेख गरेको छ ।
लामो समयदेखि इजरायलमा रहेकी पिडित संगिता ओलीले अपराध अनुसन्धान महासाखामा गरेको उजुरीका अनुसार अभियुक्त अधिकारीले उनको सम्बन्धबारे पोस्ट गरी अन्त्यमा ‘यो विषयमा तपाइँहरुको के कस्तो प्रतिक्रिया छ’ भनी अन्तरक्रिया चलाउने गरेका थिए।
त्यस्तो पोस्टमा अत्यन्त अश्लिल तथा अनैतिक कमेन्ट गरेर महिलालाई मानसिक यातना दिने गरेको उजुरीमा उल्लेख छ । ‘अत्यन्त अश्लिल वाक्य शब्दहरु प्रयोग गरी महिलाप्रति घृणा र द्वेष फैलाई यातना दिने गरेको पाइयो’,  अपाराध अनुसन्धान महाशाखाले उल्लेख गरेको छ ।

ओलीको उक्त घटमा फेसबूकमा भाइरल भएपछि उनले नेपाल इजरायल डट नेटमार्फत विज्ञप्ति जारी गरी उक्त समाचारप्रति ध्यानाकर्षण भएको जनाउदै प्रचार गरिएका सम्पूर्ण कुराहरु  झुट तथा कपोकल्पित भएको प्रस्ट गरेकी थिइन ।

पथरी ५ मोरङ स्थायी घर भई विगत साढे ६ बर्षदेखि इजरायलमा रहेकी ३२ बर्षिया सिता थापा खनाल र काठमाण्डौ स्थायी घर भई विगत ८ बर्षदेखि इजरायलमा रहेकी तारा गिरीलाई गत   ५ मा काममा जाने क्रममा अध्यागमन प्रहरीले पक्राउ गरेपछि यो विषयले ठूलो रुप लिएको थियो ।

उक्त घटनाको विषयमा थप अनुसन्धान जारी रहेको र घटनामा संग्लग्न अन्य पनि छिट्टै कारवाहीको दायरामा आउने जनाइएको छ ।

0 comments:

Post a Comment