Wednesday, August 26, 2015

को हुन् कैलाली घटनाका मुख्य योजनाकार चौधरी ?

कैलालीमा गत सोमबार भएको हिंसात्मक घटना पछि प्रहरीको अत्याधिक खोजिको सूचिमा रहेका पात्र हुन् रेशम चौधरी । घटनाको मुख्य योजनाकार भएको भन्दै प्रहरीले खोजि कार्य जारी राखेको छ तर उनी हाल नेपालमा नभएको र भारतको मोवाइल नम्बरबाट फोन गर्ने गरेको उनका साथीहरुले बताएका छन् ।
यस्तो छ कैलाली घटनाको पृष्ठभूमि

कैलालालीमा प्रहरी माथि आक्राण हुनु केही समय अघि टिकापुरमा आमसभा आयोजना गरियो । जसमा अतिथिको रुपमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस केन्द्रिय सदस्य एवं सभासद् अमरेस कुमार सिंहलाई बोलाइएको थियो ।
कार्यक्रममा उनीहरुले निक्कै उत्तेजित भाषण गरे । पहाडियाहरुलाई तराईबाट लखेट्नु पर्ने र घरेलु हतियार सहित प्रदर्शनमा उत्रनु पर्ने गरी निक्कै उत्तेजित र विवादाष्पद अभिव्यक्ति दिए । जसको संसदमा निक्कै आलोचना भयो ।

गृहमन्त्री बामदेव गौतमले त्यसको अडियो टेप संसदलाई उपलब्ध गराएर राज्य व्यवस्था समितिमा पठायो । र राज्य व्यवस्थाले उपसमिति गठन गरेर अहिले त्यसको छानविन गरिरहेको छ । त्यसरी भाषण गर्ने पात्र आम सभामा बोलाउने र उनीहरुलाई उत्तेजित भाषण नगरे जनता आन्दोलनमा सहभागि नहुने भन्दै उकास्ने पात्र उनै रेशम चौधरी भएको श्रोतको दावी छ । जुन आमसभाको अध्यक्षता चौधरी आफैले गरेका थिए ।
टिकापुर घटना घट्नु अघिल्लो दिनसम्म उनी आफ्नै फूलबारी रिसोर्टमा थिए । श्रोतका अनुसार आन्दोलनको सबै योजना त्यही रिसोर्टबाट बनेको थियो । प्रहरी श्रोतका अनुसार एस एस पी लक्ष्मी न्यौपाने माथि पहिलो प्रहार गर्ने व्यक्ति पनि उनै रेशम चौधरी थिए ।

को हुन रेशम चौधरी ?
देखावटी पेशाका हिसावले उनी मिडिया मालिक र व्यवशायी हुन् । उनले कैलालीमै फूलवारी एफ एम र फूलवारी रिसोर्ट सञ्चालन गरेका छन् । तर उनको पृष्ठभूमि त्यति मात्र होइन ।
दरवार हत्याकाण्ड अघिसम्म उनी दरवारका मान्छे थिए । दरवारमा खेल सिकाउने र बेलाबेला गीत गाएर मनोरञ्जन दिलाउने पात्र हुन उनी । २०६२÷०६३ को आन्दोलन अघि राजाले शासन हातमा लिएको बेला हुने नागरिक अभिनन्दनको चाँजोपाँजो मिलाउने काम गर्थे उनी । त्यही अभियानका क्रममा उनले धेरै जिल्ला घुमेका छन् र राजाका हरेक जसो कार्यक्रममा उनको उपस्थिती हुन्थ्यो ।
जनआन्दोलन सफल भए पछि उनी माओवादी भएको भनेर लागे तर माओवादी भने भएनन् । फाइदा लिन खप्पिस चौधरी माओवादीबाट त्यो सम्भावना नदेखे पछि दोस्रो संविधानसभा चुनावको केही दिन अघि राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीमा प्रवेश गरे ।
उनी सदभावनामा प्रवेश मात्र गरेनन्, राजेन्द्र महतो पछिको दोस्रो ठूलो पद अर्थात केन्द्रीय उपाध्यक्ष पनि हात पारे ।

0 comments:

Post a Comment