Wednesday, August 26, 2015

कैलाली घटनामा आन्दोलनकारी महिला लाई बलत्कार गरि सयौ थारु मारिए

काठमाण्डु, ८ भदौ– थारु सभासदहरुले कैलालीको टीकापुरमा भएको झडपमा सय भन्दा बढी आफ्ना कार्यकर्ता मारिएको दावी गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री कोइरालालाई भेट्न बालुवाटार पुगेको थारु सभासदहरुको टोलीले प्रहरीले आधा घण्टासम्म निरन्तर गोली चलाएर आफ्ना एक सय भन्दा बढी कार्यकर्ता मारेको दावी गरेका हुन् ।



उनीहरुले मारिएका आफूहरुका कार्यकर्ताका शव प्रहरीले नै गायव पारेको आरोपसमेत लगाएका छन् । सभासदहरुले घटनास्थलमा प्रहरीले अखण्ड सुदुरपश्चिम पक्षधरका कार्यकर्तालाई मात्र जान दिएकाले घटना रहस्यमय भएको दावी गरेका छन् । सभासदहरुले घटनास्थलमा मानवअधिकारवादी र सञ्चार माध्यमलाई जान दिएर घटनाको वास्तविकता ल्याउने वातावरण बनाइदिन प्रधानमन्त्री कोइरालासँग आग्रह पनि गरेका थिए । थारु नेताहरुले अखण्ड पक्षधरले एकलौटी प्रचार गरेको भन्दै घटनाको वास्तविकता ल्याउन सरकारसँग माग गरेका छन् ।

0 comments:

Post a Comment