Saturday, August 22, 2015

इजरायलमा संगिता ओलीको विषयमा भएको घटना इजरायलमै टूंगाउने पहल

केही समय अघि इजरायलमा रहेकी संगिता ओलीले काममा लैजाने क्रममा गैरकानूनी रुपमा रहेका केही नेपाली महिलाहरुलाई इजरायली अध्यागमन प्रहरीले पक्राउ गरेको घटनाको विषयमा पक्राउ पर्नेहरु सिता थापा र तारा गिरीले आफूहरुलाई संगिता ओलीले पक्राउ गराएको दावी गर्दै फेसवूक लगायत इन्टरनेट सामाजिक सञ्जालहरुमा समाचारहरु सार्वर्जनिक भएपश्चात यसले ठूलो रुप लिएपछि उक्त विषय नेपाली राजदूतावास, नेपाली प्रहरी प्रशासन हुदै हाल अदालतसम्म पुगेको छ ।


यसै विषयमा इजरायलमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि तथा समाजसेवीहरुको २१ अगस्त शुक्रवार तेलअभिवको लेवन्स्की पार्कमा भएको छलफलमा अधिकांश वक्ताहरुले घटना इजरायलमा घटेको विषय भएकोले यस विषयलाई यहीबाट नै छलफल गरी टूंग्याउनुपर्ने धारणा व्यक्त गरेका छन् । उनीहरुले त्यसकोलागि सम्वन्धित पक्ष छलफलमा उपस्थित हुनकोलागि आग्रह पनि गरेका छन् ।

एनआरएनए इजरायलका नव निर्वाचित अध्यक्ष दिपक ओली, उपाध्यक्ष छिरिङ शेर्पा, दावाछिरिङ शेर्पा, प्रताप मादेन, मनोज खरेल लगायतका समाजसेवीहरुको सहभागितामा भएको उक्त छलफलमा अध्यागमन प्रहरीद्वारा पक्राउ पर्नेहरु सिता थापा र तारा गिरी यो विषयमाथि छलफल गरी यहीबाट अन्त्य गर्ने पक्षमा रहेकाले घटनाको अर्को पक्ष संगिता ओलीलाई यथासिघ्र छलफलमा उपस्थित हुन अनुरोध गर्ने विषयमा कुराकानी भएको छलफलमा सहभागी प्रताप मादेनले बताए । उनले घटना इजरायलमै भएका कारण यस विषयलाई यही बाटै छलफल गरी आपसी मिलेमतोमा टूंगो लगाउनुपर्ने बताउदै संगिता ओलीलाई यथासिघ्र छलफलमा उपस्थित हुन आग्रह गरेका छन् । मादेनल आफूले ओलीलाई उपस्थित हुन आग्रह गर्दा आफू इजरायल वाहिर भएको वताएको हामीसँगको कुराकानीमा बताउनुभयो ।

स्मरण रहोस् अध्यागमन प्रहरीको पक्राउमा परेका दुवै जनाले आफूहरुलाई लामो समयदेखि इजरायलमा एजेन्सीको रुपमा काम गर्दै आइरहेकी संगिता वलीले अध्यागमन प्रहरी लगाएर पक्राउ गराएको बताउदै आइरहेका छन् । हाइफास्थित अध्यागमन कार्यालय नजिकैबाटै पक्राउ परेका उनीहरुलाई आरोपित संगिता वलीले काममा लैजाने भन्दै उक्त स्थानमा पर्खाएर पक्राउ गर्न लगाएको उनीहरुको भनाई छ ।
यता संगिता वलीले भाइरल वनेको समाचारप्रति ध्यानाकर्षण तथा खण्डन गर्दै प्रचार गरिएका सम्पूर्ण खवरहरु कपोकल्पित , निराधार, भ्रमपूर्ण र झुटो भएको बताएकी छिन् भने उनले आफूमाथि लाञ्छना लगाउदै सामाजिक सञ्जालमा आफ्नो मानहानी गरिएको भन्दै नेपाली राजदूतावास तेलअभिवमा उजुरी दिएकी थिइन् भने नेपाल सरकार अपराध अनुसन्धान महासाखा काठमाण्डौमा पनि उजुरी दर्ज गरेकी थिइन् ।

0 comments:

Post a Comment