Tuesday, August 11, 2015

काठमाडौँ महानगरपालिका र साझा यातायातबीच ‘सिटी बस’ सञ्चालनका लागि सम्झौता

काठमाडौँ उपत्यकामा सहरी बस (सिटी बस) सञ्चालनका लागि काठमाडौँ महानगरपालिका र साझा यातायात सहकारीबीच आज सम्झौता भएको छ । यहाँ आज आयोजित कार्यक्रममा महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र साझा यातायातका निर्देशक कनकमणि दीक्षितले सो सम्झौतामा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार महानगरपालिकाले छ महिनाभित्र रु १० करोड लगानी गरी सुविधासम्पन्न बस खरिद गरी साझा यातायातलाई सञ्चालन गर्न स्वामित्व प्रदान गर्नेछ ।


सो अवसरमा कामपा प्रमुख तामाङले महानगरको सवारी यातायातलाई व्यवस्थित तथा रात्रिकालीन बस सेवा सञ्चालन गरी सर्वसाधारणलाई सेवा सुविधा उपलब्ध गराउन साझासँग सहकार्य गरिएको बताउनुभयो ।
निर्देशक दीक्षितले बसमा दुवै पक्षको सहकार्य भएको पहिचान हुने गरी सन्देश प्रवाह गरिने बताउँदै सेवा नियमित सञ्चालन गर्न तथा सेवालाई आर्थिक, पर्यटकीय तथा धार्मिकस्थलमा समेत पु¥याउन आफ्नो संस्थाले सहयोग गर्ने जानकारी दिनुभयो । पूर्वमुख्यसचिव लीलामणि पौड्यालले काठमाडौँ उपत्यकालगायत अन्य स्थानीय निकायले सहरी बस तथा अन्तर सहरी बसमा लगानी गरी सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

0 comments:

Post a Comment