Friday, August 21, 2015

दक्षिण कोरियासँग युद्धका लागि तयार हुन आदेश : किम जोङ्ग

एजेन्सी : दक्षिण कोरिया र उत्तर कोरियाको सीमामा केही दिनयता तनाव बढ्दै गएको छ । तनाव बढेपछि उत्तर कोरियाका राष्ट्रपति किन जोङ्ग उनले आफ्ना सेनालार्इ दक्षिण कोरियासँग लडाइँका लागि तयार हुन आदेश दिएका छन् ।


दुबै देशबीचमा पछिल्ला केही दिनदेखि सीमामा निरन्तर फायरिङ चलिरहेको छ । यसैबीच केही दिनयता सार्वजनिक भएका स्याटलाइट म्यासेजका अनुसार उत्तर कोरियाले ठूला भवन अगाडिको सडकलार्इ युद्धक जहाज बस्ने धावन मार्गकारुपमा विकास गरेको भेटिएको छ ।

यी धावनमार्गमा लडाइँ या अन्य आपतकालिन अवस्थामा जेट प्लेन सजिलै अवतरण गर्न सक्नेछन् ।

उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसिएनएका अनुसार बिहीबार किम जोङ्ग उनले सेनाका माथिल्ला अधिकृतको एक गोप्य र विशेष बैठक बोलाएका थिए ।
यो मिटिङमा दक्षिण कोरियाको सीमामा तैनाथ सैन्य टुकडीलार्इ स्थानीय समय अनुसार शुक्रबार बिहान पाँच बजेबाट युद्धको सामना गर्न तयार रहन आदेश दिइएको हो ।

दुबै देशबीचको सम्बन्ध पछिल्लो शनिबारबाट नराम्ररी बिग्रेको छ । उत्तर कोरियाको तर्फबाट  हटलाइनमा दक्षिण कोरियालार्इ अल्टिमेटम दिँदै सीमामा लगाइएको लाउड स्पिकर्स ४८ घन्टाभित्र हटाउन भनिएको छ ।

तर दक्षिण कोरियाले उत्तरको त्यो अल्टिमेटमलार्इ इन्कार गर्दै लाउड स्पिकर्स नहटाउने जनाइसकेको छ । यसैकारण दुबै देशका सेनाबीच सीमामा गोलाबारी शुरु भएको हो ।

किम जोङ्ग उनका बाबु किम जोङ्गलार्इ प्लेनमा उडान गर्न डर लाग्थ्यो । तर,  किम जोङ्ग उन भने जेटमा उड्न धेरै रहर गर्छन् ।

उत्तर कोरियाको राजधानी राजधानी प्योङ्गयाङ्गमा बनाइएको किम जोङ्ग उनको घर अगाडि जहाजको धावनमार्ग बनाइएको छ । यो धावनमार्गमा जेट प्लेन बस्न सक्ने क्षमता छ ।

स्याटलाइट तस्बिरमा देखिएअनुसार उत्तर कोरियामा रहेका सबैजसो ठूला भवन अगाडि विमानको धावनमार्ग बनाइएको छ । प्योङ्गयाङ्गको दरबारमा धावनमार्ग बनाउने काम सन् २०१४ मा शुरु भएको हो । केही महिनाअघि केसिएनएले किमको केही फोटो पनि सार्वजनिक गरेको थियो । त्यो बेला धावनमार्ग बन्दै गरेको देखिएको थियो ।

0 comments:

Post a Comment