Wednesday, August 5, 2015

गाईको मासु खानाले के फाईदा छ ? यो पढ्नुहोस् !

काठमाण्डु, २० साउन– नेपालमा गाईको मासु खाने कल्पना पनि गरिन्न । गाईको मासु खाने समुदायका मानिसहरुले पनि नेपालमा खाँदैनन् । यसको प्रमुख कारण नेपालमा गाई काट्न कानुनले नै रोकेको छ ।
गाई गोरुको मासु मुसलमानहरुका लागि सामान्य उपभोग्य वस्तु हो । तर नेपालका धेरैजसो मुसलमानहरुले गाईको मासु खाएका हुँदैनन् । तर हिन्दु नेपालीहरु विदेश पुगेपछि चाहीँ गाईको मासु खान्छन् । कामको सिलसिलामा वा स्थायी बसोबासका लागि विदेश पुगेका धेरै नेपालीहरुले गाईको मासु खाएको बताएका छन् । जापान, बेलायत, अस्ट्रेलिया, अमेरिकामा बस्ने नेपालीहरुले गाईको मासु खाएको उल्लेख गरे । केहीले झुक्किएर, केहीले स्वेच्छाले त केहीले बाध्यताले खाएको उल्लेख गरे ।


जापानको राजधानी टोकियोमा नेपाली रेस्टुरेन्ट सञ्चाल गरिरहेकी मञ्जु किरणले भनिन्, ‘ घरमा ल्याएर खाएको छैन ।रेस्टुराँतिर जाँदा पोलेको विफ खाने गरेकी छु ।’
अरु जनावरको मासु भन्दा गाईको मासु स्वादीलो हुने खानेहरुको अनुभव छ । धेरैजसो मुलुकमा अन्य भन्दा गाईको मासु महंगो नै छ । तर पनि खानेहरुले खान्छन् । मञ्जु भन्छिन्, ‘ देशअनुसारको भेष गर्नै पर्यो । धर्म नेपालमा मानेकै छ नी ।

केही वर्षदेखि अस्ट्रेलियामा रहेका मनिष रेग्मीले आफ्ना २५ नेपाली साथी मध्ये ७ जनाले अक्सर गाईको मासु खाने गरेको जानकारी दिए । तर ८० प्रतिशत भन्दा बढीले चाखेका चाहीँ छन् । मनिष भन्छन्,‘ नेपालमा हिन्दू राष्ट्र चाहियो भन्नेहरु यहाँ आएपछि गाईको मासु खान्छन् ।

अमेरिकामा बसोबास गर्दै आएका कृष्ण लामिछाने र मनिष निरौलाले अमेरिकामा बसोबास गर्ने कुनै पनि हिन्दु नेपालीले गाईको मासु खाएको आजसम्म थाह नपाएको उल्लेख गरे ।
विद्यार्थी भिसामा यसै वर्ष अमेरिकाका पुगेका काठमाण्डुका सुशान्त भन्छन्,‘ गाईको मासु सिधै खाइन्न, तर मासुजन्य पदार्थ मिसिएको खानै पर्छ ।’ कतिपय अवस्थामा गाईको मासु छ भन्ने थाह पाएर पनि त्यही खानु पर्ने बाध्यता हुन्छ । सुशान्त भन्छन्,‘ दिनभर काम र कलेजले १० मिनेट पनि फुर्सद हुँदैन । कोठामा खाना बनाएर खाना खाने समय हुँदैन । अनि बाहिर किनेर खाँदा गाईको मासु मिसिएको पनि पर्छ । भोक लागेपछि मान्छेले गाईको हो कि कुकुरको मासु छुट्टयाउँदैन ।

पाँच वर्ष अघि मेलवर्न पुगेका कोविद तिम्सीनाको मतमा नेपालीले विदेशमा गाईको मासु खानु पर्ने विशेष केही कारणहरु छन् । पहिलो त धेरैजसो झुक्किएर खाइहाल्छन् । एक पटक खाएपछि बाटो खुलिगयो । अर्को कारण भनेको त्यहाँका कसाइहरुले एउटै मेसिनबाट भेडा, कुखुरा र गाई काट्छन् । यसकारण पनि लसपस हुन्छ । कोविद भन्छन्,‘ भुटेको आलु खान जाँदा अचार पनि दिन्छन् रेस्टुरेन्टमा । अचारमा गाईको हाडको झोल पनि मिसिएको हुँदो रैछ ।

अस्टे«लियामा दुध वा दुधबाट मात्रै बनेका पसल छन् । मुसलमानहरुका लागि मात्रै हलाल सेन्टर छन् । तर हिन्दूहरुका लागि बेग्लै पसल छैनन् । यसकारण पनि नेपालीहरुले गाईको मासु खान्छन् । कोविद्ले थपे,‘ गाईको मासु खानेहरुले पुजा गर्ने गाइ खाएको हैन भन्छन् र अस्ट्रेलियाको गाई नेपालको जस्तो हैन पनि भन्छन् । झापाबाट डेनमार्क पुगेका प्रकाशका अनुसार डेनमार्कमा प्लस टु सकेर पढ्न आएका भर्खरका केटाहरु सबैजसाले गाईको मासु खान्छन् ।

खाडी मुलुकमा काम गर्ने नेपालीहरुले चाहीँ गाईको मासु बिरलै खाने गरेको सो क्षेत्रमा रहेका नेपालीहरुले जानकारी दिए । कातरमा काम गरिरहेका विराटनगरका उज्वल शाक्य भन्छन्,‘ नौ वर्ष भयो मैले यहाँ काम गर्न थालेको, कुनै पनि नेपालीले गाईको मासु खाएको मलाई थाह छैन । मेरो विचारमा त हामी हिन्दू भएर गाईको मासु खानु घोर पाप हो ।

कृषि र केयर टेकरमा आकर्षक कमाइ हुने इजरायलका नेपालीहरुले पनि गाईको मासु खाने गरेको त्यहाँ कार्यरतहरुले जनाए । इजरायलमा रहेकी काठमाण्डुकी समाले भनिन्,‘ नेपालमा बाहुनले राँगा, सुँगुर घरमा लगेर खाँदैनन् । तर बाहिर त खान्छन् । यहाँको अवस्था पनि त्यस्तै हो ।

0 comments:

Post a Comment