Monday, August 3, 2015

मन्त्री रिजालले यौन प्रश्ताव नराखेको नम्रताको भनाइ

काठमाडौँ, १८ साउन
नायिका नम्रता श्रेष्ठले आफूलाई सूचना तथा सञ्चार मन्त्री डा मिनेन्द्र रिजालले यौन प्रश्ताव नराखेको प्रष्ट पारेकी छिन् । उनले नेप्लिज डट ओआरजिसंग कुरा गर्दै आफूलाई मन्त्री रिजालले यौन प्रश्ताव नराखेको बताइन् ।


मंगलबार राष्ट्रपति भवनमा आयोजना भएको राष्ट्रिय चलचित्र पुरस्कारको बिषयलाई लिएर केही अनलाइनमा आएको समाचारको खण्डन गर्दै उनले मन्त्रीले यौन प्रश्ताव नराखेको बताइन् । केही अनलाइनले मन्त्री रिजालको यौन प्रस्ताब नमान्दा नम्रताको राष्ट्रिय अवार्ड खोसियो शिर्षकमा समाचार प्रकाशन भएको थियो  ।
चलचित्र क्षेत्रमा महत्वको मानिने यो अवार्डलाई हरेक कलाकारको पाउने आशा राखेका हुन्छन् । त्यसो त छनौट समितिकी सदस्य समेत रहेकी करिश्मा मान्धर पनि सो अवार्डबारे असन्तुष्ट छिन् । हुनपनि अवार्ड छनौटका लागि सुरुमा नायिका नम्रता श्रेष्ठको नाम चयन गरिएको, त्यसमा हस्ताक्षर गरिसकेको र अन्त्यमा उनको नाम काटेर मन्त्री रिजालले ऋचा शर्माको नाम राख्न लगाएको खुलासा भइसकेको छ । यसबारे मानन्धरसंग प्रतिक्रिया लिन उनीसंग सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन सकेन भने नायिका श्रेष्ठले समाचारमा सत्यता नभएको बताइन् । उनले भनिन् ‘समाचार आफुले पनि पढेको र समाचारको शीर्षक जस्तो भित्र समाचारमा केही छैन ।

अवार्डको बेला आफू छायाँङ्कन व्यस्त रहेको उनले बताइन् । उनले भनिन् ‘समाचारमा भने जस्तो मन्त्रीजीले मलाई केहि प्रस्ताब गर्नु भएको छैन् । उहाँसग मेरो खासै नजिकको चिनजान पनि छैन् । खै कसरी यस्तो हावा कुराहरु आउँछ मलाई थाहा छैन ।’ उनले दोहो¥याइन,‘आवार्ड हो, कहिले कोले पाउछ कहिले कोले । मलाई अवार्डमा बोलाईएको थियो । म अवार्डमा गए पनि अरु कुरा मलाई थाहा भएन् । ’
उता राष्ट्रिय चलचित्र पुरस्काबाट पुरस्कृत भएकी नायिका ऋचा शर्माले भने ‘आफु यो बिषयमा केही बोल्न नचाहेको’ बताइन् । ‘अवार्ड हो, यो बर्ष मैले पाँए, अर्को वर्ष अरुले पाउन सक्छ । अरुकुरा त मलाई केही थाहा भएन, तर सम्पूर्ण जुरीलाई धन्वाद ।’  संचार मन्त्री रिजालले भने यो विषय आफूले भन्ने विषय नरहेको बताए । ‘यो बिषयमा मैले केही भन्ने कुरा छैन, नम्रताजी सँग सोध्नु ।’ उनले भने, ‘कस कसले झूठ समाचार लेख्छ, कति जनालाई प्रतिकृया दिँदै हिँड्नु ?

0 comments:

Post a Comment