Thursday, August 6, 2015

मह र दालचिनीको मीश्रण सेवन गर्नाले हुने शारीरिक फाईदाहरु, जानी राखौँ !

मह र दालचिनीको मीश्रण सेवन गर्नाले शरीरलाई फाइदैफाइदा मिल्छ तर आधुनिक औषधी उत्पादन कर्ताहरु यसका बिरुद्ध दलबलका साथ लागेका छन् ।
अनुसन्धानले के देखाएको छ भने मह र दालचिनीको मीश्रणले शरीरका सबैजसो बेथाहरु निको पार्छ । मह संसारका सबै देशहरुमा उत्पादन गर्न सकिन्छ । आजका बैज्ञानिकहरु समेत महले शरीरका सबैजसो रोगबेथा संचो पार्छ भन्ने तथ्यमा विश्वास गर्छन् । मह सेवन गर्नाले शरीरमा कुनै प्रकारको साइड इफेक्ट तथा खरावी पनि हुँदैन । बैज्ञानिकहरुको के पनि भनाई छ भने उपयुक्त मात्रामा मह सेवन गर्ने हो भने यसले चिनी रोगका बिरामीलाई समेत फाइदा मिल्छ ।


मह र दालचिनीको मीश्रणबाट हुने अन्य फाइदाहरु:

- मुटुजन्य समस्याहरुमा

मह र दालचिनीको धुलो सहितको मीश्रण तयार पार्नुस् र यसलाई जेलीको सट्टामा पाउरोटी तथा रोटीसँग आफ्नो खाजामा नियमित रुपमा खानुहोस् । यसले कोलस्ट्रोल तथा हार्टअट्याकलाई परै राख्छ । यदि तपाईले पहिलो हार्टअट्याकको अनुभव गरिसक्नु भएको छ भने यो मह र दालचिनीको  मीश्रण प्रयोग गर्नुभयो भने दोस्रो हार्टअट्याक कहिल्यै तपाई छेउ आउँदैन । नियमित रुपमा मह र दालचिनी सेवन गर्नाले मुटुको धडनलाई बलियो बनाउँछ । अमेरिका र क्यानाडाका धेरैजसो नर्सिङ होमहरुमा मुटुजन्य समस्याबाट पिडीतहरुलाई यो मह र दालचिनीको मीश्रण दिने गर्नाले मुटुको भल्वमा पुर्नताजगी पाइने गरेको तथ्य सफलताका साथ प्रकाशमा आएको छ ।

- जोर्नी संबद्ध समस्याहरु

आर्थराइटिस लगायत शरीर सुनिने तथा जोर्नीजन्य समस्याहरुबाट ग्रस्त बिरामीहरुले एक कप तातो पानीमा दुई चम्चा मह र एक सानो चम्चा दालचिनीको धुलो मिसाएर सेवन गर्नाले फाइदा प्राप्त हुन्छ । कोपनहेगन विश्वविध्यालमा गरिएको एक अनुसन्धानमा २०० आर्थराइटिसका बिरामीहरुमा यो दालचिनी र महको मीश्रण बिधि अपनाईएको थियो । जसमा ७० जना बिरामीहरु एक हप्तामै आंसिक संचो भए भने अन्य बिरामीहरु एक महिनामा पुर्ण आराम भए ।

- आन्द्रामा संक्रमण

आन्द्रा तथा पेटमा संक्रमण वा समस्या छ भने मह र दालचिनी मनतातो पानीमा माथि सल्लाह दिए जस्तै गरि सेवन गर्नुहोस् । यसले पेटमा भएको किटाणु सखाफ पार्नुको साथै संक्रमणबाट  केही दिनमै छुटकारा दिलाउँछ ।

- कोलस्ट्रोल

माथि उल्लेख गरे जस्तै गरि मह र दालचिनी मनतातो पानीमा सेवन गर्नाले रगतमा कोलस्ट्रोलको मात्रा दुई घण्टामै १० प्रतिशतले घटेर जान्छ । अनुसन्धानले के देखाएको छ भने शुद्ध मह नियमित रुपले सेवन गर्नाले कोलस्ट्रोल आपसेआप नियन्त्रणमा आउँछ ।

- रुघाखोकी

माथि उल्लेख गरिए जस्तै मह र दालचिनिलाई मनतातो पानीमा मिसाएर तीन दिन सम्म नियमित रुपमा दिनको दुई पटकका दरले सेवन गरेमा पुरानो तथा नयाँ रुघाखोकी र पिनासबाट सहजै छुटकारा मिल्छ ।

- अपच तथा पेट दर्द

मह र दालचिनीको मीश्रणले अलसर तथा पेटजन्य दर्दबाट छुटकारा दिलाउँछ ।

- पेटमा हावा तथा ग्यास

जापानमा गरिएके अध्ययन अनुसार मह र दालचिनीको मीश्रणले पेटको हावा तथा ग्यासलाई सहजै निको पार्छ ।

- इनफुलुएन्जा

स्पेनका एक वैज्ञानिकले गरेको अध्ययन अनुसार महमा  एक प्रकारका प्राक्रितिक गुण हुन्छ जसले इनफुलुएन्जाको किटाणुलाई मारिदिन्छ र बिरामीलाई फ्लुबाट जोगाउँछ ।

- छाला सफा गर्छ

मह र दालचिनीको मीश्रण तातो पानीमा मिसाएर चियाको सट्टामा दिनको तिन पटक सेवन गर्नाले छालामा ताजगी आउनुका साथै चाउरी परेको छाला मुलायम हुँदै छालामा खटिरा तथा डण्डीफोर पनि आउँदैन ।

- गला भासिएको तथा घांटी दुखेको

गला भासिएको तथा घांटीमा दर्द भएको बेला एक चम्चा मह प्रत्येक तीन घण्टामा चुसेर खानाले दर्द केही दिनमै हराएर जान्छ ।

- डण्डीफोर

तीन चम्चा मह र एक चम्चा दालचिनीको लेप तयार पार्नुहोस् र यसलाई राती सुत्नुपुर्व डण्डीफोरको वरिपरी विस्तारै दल्नुहोस् । अनि विहानपख आफ्नो अनुहार मनतातो पानीले पखाल्नुहोस् । यो बिधि दुई हप्ता सम्म नियमित रुपले अपनाउनाले अनुहारको डण्डीफोरको जरा सहित सफा भएर जान्छ ।

- तौल घटाउन

बिहान खाजा खानु पुर्व खाली पेटमा र राती सत्नु अघि मनतातो पानीमा दुई चम्चा मह र एक चम्चा दालचिनीको धुलो सेवन गर्नाले अत्यधिक तौल भएकाहरुको समेत शरीरको तौल घटदै जान्छ । अनि यो मीश्रण नियमित सेवन गर्नाले जतिनै क्यालोरी बढी भएको खाना खाए पनि बोसो जम्न पाउँदैन ।

- थकान

हालै गरिएको अध्ययन अनुसार महमा भएको गुलियोपनाले शरीरलाई फुर्तिलो पार्छ । डाक्टर मिल्टनले गरेको अध्ययन अनुसार बृद्धले समेत एक चम्चा मह र आधा चम्चा दालचिनी एक कप पानीमा मिसाएर बिहान खाली पेटमा र राती सुत्नु अघि सेवन गर्नाले शरीरमा तागत उत्पादन हुन्छ ।
- सास गन्हाउने

साउथ अमेरिकाका मानिसहरु बिहान उठ्ने बितिक्कै एक चम्चा मह र दालचिनीको धुलो मनतातो पानीमा मिसाएर  कुल्ला गर्छन् जसका कारण उनहिरुको सास दिनै भर गन्हाउँदैन ।

- कान नसुन्ने समस्या

नियमितरुपमा बिहान र बेलुका मह र दालचिनी सेवन गर्नाले कान नसुन्ने समस्यामा विस्तारै सुधार आउन थाल्छ र कानजन्य समस्याहरुबाट पनि छुटकारा पाइन्छ ।

1 comment: