Wednesday, August 26, 2015

एसएसपीको अन्तिम विदाई : उर्लियो भिड, थामिएन आँशु

काठमाडौँः सोमबार कैलालीको टिकापुरमा थरुहट पक्षधर आन्दोलनकारीबाट मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको प्रहरी सम्मानसहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

न्यौपानेको शव काठमाडौँ ल्याएपछि महानगरीय प्रहरी वृत्त गौशालामा राखेर श्रद्धाञ्जली दिइएको थियो। त्यसपछि उनको शवलाई पशुपति आर्यघाटसम्म शव यात्रा गरेर अन्तिम संस्कार गरिएको हो। न्यौपानेको अन्तिम बिदाईमा हजारौं सर्बसाधरणहरु भेला भएका थिए । यस्तै प्रहरीका उच्च अधिकारी र सेनाका उच्च अधिकारी पनि आर्यघाट पुगेका थिए । आफ्नो सहकर्मीको शव देखेपछि प्रहरी अधिकारीहरुले आशुु थाम्न सकेनन् ।

न्यौपानेको शवमा उपप्रधान मन्त्री तथा गृहमन्त्री बामदेव गौतम, पूर्व गृहमन्त्रीहरु, कायममुकायम प्रधान सेनापति राजेन्द्र क्षत्री, गृहसचिव सूर्यप्रसाद सिलवाल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोशराज वन्त, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरु आर्यघाट गई श्रद्धाञ्जलि अर्पण गरे।

सोमबारको हिंसात्मक झडपमा एसएसपी न्यौपानेसहित सात सुरक्षाकर्मीको मृत्यु भएको थियो । झापा स्थायी घर भएका न्यौपानेकी श्रीमती एक छोरा र एक छोरी छन् ।



कैलालीको टिकापुरमा सोमबार भएको घटनामा मृत्यु भएका सेती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको पार्थिव शरीर पशुपति आर्यघाटतर्फ लगिदै

कैलालीको टिकापुरमा सोमबार भएको घटनामा मृत्यु भएका सेती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको पार्थिव शरीरमा दागवत्ति दिंदै छोरा सन्देश न्यौपाने ।

कैलालीको टिकापुरमा सोमबार भएको घटनामा मृत्यु भएका सेती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको अन्तिम श्रद्धाञ्जलि दिन आर्यघाट पुगेका सर्वसाधारण ।

कैलालीको टिकापुरमा सोमबार भएको घटनामा मृत्यु भएका सेती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको पशुपति आर्यघाटमा अन्तिम संस्कारका क्रममा श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलालगायत ।

कैलालीको टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको पार्थिव शरीरलाई गौशलास्थित महानगरीय प्रहरी वृत्तमा ल्याएपछि नेपाल प्रहरीको झण्डा ओडाउँदै नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याललगायत

कैलालीको टिकापुरमा सोमबार भएको घटनामा मृत्यु भएका सेती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको पशुपति आर्यघाटमा अन्तिम संस्कारका क्रममा श्रद्धाञ्जलिमा सहभागी उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतम र नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला ।


कैलालीको टिकापुरमा सोमबार भएको घटनामा मृत्यु भएका सेती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको पार्थिव शरीर गौशालास्थित प्रहरी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिराख्दा भावविह्वल भइ बसेका मृतकका छोरी र श्रीमती ।

कैलालीको टिकापुरमा सोमबार भएको घटनामा मृत्यु भएका सेती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेप्रति अन्तिम श्रद्धाञ्जलि दिंदै नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलालगायत ।

कैलालीको टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको पार्थिव शरीरलार्इ गौशलास्थित महानगरीय प्रहरी वृत्तमा ल्याएपछि श्रद्वान्जली दिन गौशाला पुगेका नेपाली सेनाका कामु प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत ।

कैलालीको टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको पार्थिव शरीरलाई गौशलास्थित महानगरीय प्रहरी वृत्तमा श्रद्वान्जली दिँदै नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याल लगायत ।


कैलालीको टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको धर्मपत्नी ।

0 comments:

Post a Comment