|
व्यक्तिको अनुहार, नाक, आँखा, केशजस्ता कुरा होस् वा उचाइ, हात–खुट्टामा आधारभूत समानता भए पनि भिन्नता पनि हुन्छ नै । तपाईंले पक्कै पनि यौनसँग सम्बन्ध राख्ने अङ्गका बारेमा सोध्नुभएको होला भन्ने अनुमानका आधारमा जवाफ दिने प्रयास गरेको छु ।
भगक्षेत्र : पुरुषको तुलनामा महिलाको यौनअङ्ग बाहिरबाट हेर्दा त्यति स्पष्ट देखिँदैन । झट्ट हेर्दा छालाको दुई पत्र एक–अर्कामा टाँसिएको जस्तो मात्र देखिन्छ । यसैलाई हामी समग्रमा भग भन्छौं । यही भगको माथिपट्टि बोसोयुक्त तन्तुले बनेको केही उठेको भागलाई mons pubis भनिन्छ । भग क्षेत्रमा भएका छालाको पत्रलाई फर्कायौं भने भित्रतिर ठूलो र सानो भगोष्ठ, भगाङ्कुर तथा योनिद्वार जस्ता विभिन्न अङ्ग देख्न सकिन्छ ।
भगोष्ठ : यो भगक्षेत्रको सबैभन्दा बाहिरी भाग हो । यसको दायाँ र बायाँतर्फ बोसोयुक्त तन्तुले बनेका दुई पत्र हुन्छन् । हामीले यी ठूला भगोष्ठलाई बाहिर फर्कायौं भने दुवैतिर एक–एक साना भगोष्ठ देख्न सक्छौं । यही साना भगोष्ठले भित्री भगक्षेत्रलाई छोपेर राखेको हुन्छ । यी ठूला तथा साना भगोष्ठको छेउ माथि र तलतिर एक–अर्कासँग जोडिएको हुन्छ । यी भगोष्ठको आकृति र नाप व्यक्तिअनुसार फरक हुन्छ ।
भंगाकुर : यो महिला शरीरमा भएको महत्वपूर्ण यौनअङ्ग हो । यो भगक्षेत्रको माथिल्लो भागतिर हुन्छ जहाँ भगोष्ठ दुवैतिरबाट एक–आपसमा जोडिन्छन् । यसको काम भनेकै महिलालाई यौन सुख दिनु हो । भगाङ्कुरको टुप्पोलाई अंग्रेजीमा नबिलक भनिन्छ । व्यक्तिअनुसार यसको आकार फरक भए पनि सामान्यत: यो केराउको दानाजत्रो हुन्छ । यसको कजबात शरीरसँग जोडिएको हुन्छ । भगाङ्कुर लामो–छोटो हुनुमा कजबात को विशेष भूमिका हुन्छ । निकै सानो भए पनि यो पुरुषको लिङ्गजस्तै उत्तेजित हुन्छ ।
योनि : भगक्षेत्रमा दुईवटा द्वार हुन्छन् । त्यसमध्ये पिसाब आउने द्वारलाई मूत्रद्वार भनिन्छ भने त्यसको ठीक तल रहेको अर्को द्वारलाई योनिद्वार भनिन्छ । योनिद्वार भगक्षेत्रको बीचतिर हुन्छ । यो मांसपेशीले बनेको एकदमै लचिलो यस्तै ३–४ इन्च लामो मार्ग हो । सामान्य अवस्थामा यसका भित्ताहरू एक–अर्कासँग टाँसिएको अवस्थामा हुन्छ, तैपनि योनिको लम्बाइ र चौडाइ व्यक्तिपिच्छे फरक–फरक हुन्छ । योनिद्वारको गोलाइ पनि फरक–फरक हुन्छ । योनिद्वार नजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ जसलाई योनिच्छद भनिन्छ ।
योनिको आकृतिको विविधतालाई अनुसन्धानकर्ताहरूले समानान्तर, सोली, पान, चिप्लेकिरा तथा फर्सीको बियाँजस्ता विभिन्न आकारको हुने कुरा बताएका छन् । यौन उत्तेजनाका बेला योनिको भित्तावाट विशेष रस निस्कन्छ, जसले योनिलाई चिप्लो बनाई यौनसम्पर्क गर्दा लिङ्गलाई भित्र–बाहिर गर्न सजिलो बनाउँछ । लचिलो हुने भएकाले यसको आकृति यौनसम्पर्कका बेला आवश्यकताअनुसार ठूलो वा सानो हुन्छ ।
योनिच्छद : योनिद्वारको ठीक भित्रपट्टि हुने गुजमुज्ज परेको पातलो छालाको पत्र वा झिल्लीलाई योनिच्छद भनिन्छ । यौनसम्पर्कका बेला झिल्लीको आफ्नै कुनै निश्चित भूमिका हुँदैन, तर यसले महिनावारी हुँदा निस्कने रगतका लागि बाटो बनाइदिन्छ । धेरैजसो महिलामा यो झिल्ली योनिद्वारको भित्तावाट अलिकति मात्र बाहिर निस्किएको हुन्छ, अर्थात् यसले योनिद्वारलाई पूरै ढाकेको हुँदैन ।
यस्तै १० हजार महिलामध्ये एक जना यो झिल्ली नभएकै अवस्थामा जन्मन्छन् । योनिच्छदको आकार, बनावट तथा मोटाई व्यक्तिअनुसार फरक–फरक हुन्छ । योनिद्वारको वरिपरी घेरा हालेजस्तो भए त्यसलाई annular योनिच्छद भनिन्छ भने झिल्लीको विचमा पट्टीजस्तो भए त्यसलाई septate योनिच्छद भनिन्छ । कुनै योनिच्छद चाल्नीजस्तै प्वालैप्वाल परेका पनि हुन्छन् जसलाई cribriform योनिच्छद भनिन्छ । शिशु जन्माइसकेका महिलाहरूमा भने यसको केही अंशमा घेरा भएको पाइन्छ, जसलाई उबचयगक योनिच्छद भनिन्छ । विरलै स्थितिमा योनिच्छदमा प्वाल नै नहुन सक्छ, यस्तो स्थितिमा सजिलै उपचार गर्न सकिन्छ ।
स्तन : व्यक्तिअनुसार स्तनको आकार तथा नापमा धेरै भिन्नता पाइन्छ । कुनै साना हुन्छन् भने कुनै ठूला, त्यसैगरी स्तनको आकृति पनि कुनै गोलाकार, कुनै अलि चुच्चो परेको हुन्छ भने कुनै झोल्लिएको सम्म हुन्छ । गर्भावस्था र स्तनपान गराइरहेको अवस्थामा स्तन केही ठूलो हुन्छ । स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ । स्तनको आकृति तथा नाप अनुसार थुनचोली बन्ने गरेका छन् ।

0 comments:
Post a Comment