|
तीजकी रानी’ भनेर चिनिने कोमल वली चर्चित संचारकर्मी पनि हुन् । गत बैशाखमा गएको भूकम्पको बेला संचारकर्मीको रुपमा उनको महत्वपूर्ण भुमिका देखियो । हरेक वर्षको तीजमा धेरैले उनलाई सम्झिन्छन् । कारण, उनले गाएका गीतले निकै चर्चा र विवाद दुबै कमाएका छन् । यस वर्षको तीजमा पनि आधुनिक लयमा वलीले तीजको कोसेली तयार पारेकी छिन् । उनै चर्चित गायिका काेमल वलीसँग नेपालीपत्रका लागि रमन
भूकम्पको समाचार पढेर देशभर लोकप्रियता कमाउनुभयो कस्तो लाग्दैछ ?
भुकम्प आइरहेको थियो । नडराउने मान्छे कोही पनि थिएन । रेडियो नेपाल लगायत नेपालका सञ्चार माध्यमहरुको भुमिका पनि त्यसबेला निकै सह्रानीय रह्यो । जोखिमको त्यस घडीमा मैले आफ्नो अधिकांश समय रेडियोमा खर्चें । रातभर रेडियोमै हुनुपथ्र्यो । विहान मात्रै म सानेपास्थित घर आउँथेँ । परिवारका सदस्यहरुसँग भेटेपछि फेरि दिउँसो रिपोर्टिङका लागि फिल्डमा जान्थें ।
रेडियोमा मैले बोलेर नआत्तिनुस भन्दा धेरै स्रोताहरुले त मलाई साहस थपिदिनुभयो । मेरो आवाज सुनेपछि भुकम्पको भयबाट थोरै भए पनि मुक्ति मिल्ने बताउनुहुन्थ्यो । भुकम्पकै क्रममा काठमाडौं बाहिरका जिल्लाहरुमा राहत बितरणमा पनि गए म । नुवाकोट, धादिङ, काभ्रे लगायतका जिल्लाहरुमा गएँ । त्यस क्रममा जे जति गरेँ त्यसले थप जिम्मेवारी बोध गरायो र साहस पनि थपियो ।
तीज आइसक्यो, गीतको तयारी कस्तो छ ?
भूकम्पको पीडाले यति बिक्षिप्त भएकी, नयाँ गीत गाउने विषयमा सोच्न पनि सकिन । पछिसम्म गीत गाउने तयारी नै थिएन । तर, साथीहरुको आग्रहमा एउटा गीतको तयारी गरेको छु । अघिल्ला भन्दा भिन्न खालको छ । तीजको गीतलाई आधुनिक लयमा गाउने प्रयास गरेको छु । पारिवारिक समस्यालाई अलि सिरियस तरिकाले गाएकी छु । पहिले जस्तो छमछम नाच्न मिल्ने चाहीँ छैन ।
तीजकी रानी’ भनेर चिनिने कोमल वलीलाई नयाँ पुस्तामा आएका एकसे एक गायक गायिकाले बिस्थापित गर्ने खतरा कति छ ?
नयाँ पुस्ताका गायक–गायिकाहरुसँग मलाई सधैँ डर लाग्छ । उनीहरुका गीत हेर्छु । नाच्छु । इन्जोए गर्छु । धेरै मिहिनेत गरेर गाएका छन् । राम्रा पनि छन् । राम्रो गीतमा सिनियर–जुनीयर भनेर हुँदैन । तै पनि आम मानिसहरुलाई तीजको बेला कोमल वलीले कस्तो गीत गाएकी छ भनेर चासो व्यक्त भइरन्छ । यो मैले बनाएको आफ्नो पहिचान पनि हो ।
तपाई गीत हिट बनाउन भन्दै अनेक फन्डा मच्चाउनुहुन्छ । जस्तैः ‘पोइल जान पाम्’ त्यसको उदाहरण पनि हो । जो ब्यापक विवादित पनि भयो ।
त्यस्तो होइन । मेरो त्यो गीत त प्रगतिशिल गीत थियो । क्रान्तिकारी गीत थियो त्यो । हरेक महिलाहरु आफैँ आफ्नो खुट्टामा उभिएर
वा सक्षम भएर पोइल जानु राम्रो हो नी ।
गोजीमा गाँठ भाको’ भनेर गाएको गीतलाई वलीले पैसावाल केटा खोजी भनेर हल्ला मच्चाइयो । तर, मैले त्यसो भन्नुको पछाडि युवाहरु आँटिलो हुनुप¥यो । उद्यम गरेर पैसा कमाउनुप¥यो भन्न खोजेको हो । तत्कालिन अर्थमन्त्री डा. बाबुराम भट्टराईले अर्थतन्त्रमा डबल डिजिटको कुरा गरेकै रात मैले त्यो गीत बनाएको थिएँ । मेरो आशय थियो युवाहरु आटिलो र पैसावाल हुनुप¥यो भन्ने थियो । तर, गलत तरिकाले बुझियो ।
त्यस गीतलाई म प्रगतिशिल गीत भन्न चाहन्छु । त्यति मात्रै हो र, मैले गाएको गीतको प्रति उत्तरमा अर्को गीत ‘पोइल जान पाम् भन्नेलाई मैले ल्याउन पाम्’ गाएर अर्का गायक सुमन बुढा अमेरिका गएर उतैको बासिन्दा भए । सुमनको गीतसँगै सिक्वेल गीत गाएर अर्का गायक पनि स्थापित भए । खासमा मेरो गीत त उत्पादनशिल पो भयो । मेरै गीतको कारण युवा गायकहरु स्थापित हुने अवसर भयो । यसबाहेक, महिला दिदी बहिनीहरुलाई सक्षम र साहसिलो बनाउनका लागि मेरो गीत प्रेरणादायी भयो ।
तीजको मुल्य–मान्यता जो थियो, तपाईका गीतहरुले भंग गरिदिए र नकारात्मकता भित्र्याउनुभयो होइन ?
नकारात्मक भएको भए किन यस्तो चर्चित हुन्थें र ? किन यति धेरै रुचाइएको गायक हुन्थेँ र म ? एउटा गीत गाउनुअघि म १० चोटी सोच्छु । मेरा गीतमा कुनै पनि चित्र, शब्दहरु अश्लिल छन् भने कसैले मलाई भने हुन्छ
। चर्चित हुनु एउटा कुरा तर, लोकप्रिय हुनु अर्को कुरा हो । त्यसो भए तपाई चर्चित कि लोकप्रितय त ? तपाइका धेरै गीत विवादमा छन ।
त्यस्तो होइन । तीजमा एउटा गीत गाएँ भने मैले वर्षभरी अर्को गीत नै नगाए पनि मेरो चर्चा उत्तिकै भइरहन्छ । विदेशमा त्यहाँका महिला दिदी बहिनीहरु र नेपाली बा–आमाहरुले उत्तिकै मेरा गीत रुचाउनुहुन्छ । बारम्बार निमन्त्रण गर्नुहुन्छ ।
गायन, पत्रकारिता र उद्घोषणमा स्थापित हुनुहुन्छ । फेरी, अभिनयमा पनि लाग्नुभयो । यी विविध आयामबिच तपाईँको पहिचान के हो ? किन यसरी चार तिर भौँतारिनुभएको ?
समाजमा मेरो गायन र आवाजको पहिचान बनिसकेको छ । पसलमा केही सामान किन्न जाँदा पनि मेरो स्वरले नै मानिसहरु ‘तपाई त कोमल ओली होइन र ?’ भन्नुहुन्छ । निकै संघर्ष गरेर गायनमा स्थापित भएँ । सानैदेखि मेरो गायकी राम्रो थियो । गीत गाउनुमा नै आनन्द मिल्थ्यो । पत्रकारितामा पनि धेरै संघर्ष गरेकी छु । म पत्रकारिता पढेर यो पेशामा आएको पनि थिइन । धेरै दुःख गर्नुप¥यो । पत्रकारिता पेसा बनेको छ अहिले । आखिर आफ्नो पहिचान गायनमै देख्छु म । अभिनय त ‘हबी’ मात्रै थियो ।
स्टेज पर्फमेन्समा तपाईँ राम्रो गीत गाउने भन्दा पनि कसरी केटाहरुलाई स्टेजमा उतारेर नचाउने भन्नेमा नै केन्द्रित हुनुहुन्छ, होइन त ?
(ठूलो हाँसो ) मैले कतिपय सन्दर्भमा प्रतिनिधिपात्रको रुपमा युवा दाजुभाइहरुलाई लक्षित गरेर स्टेजमा नचाउँछु । बिचरा उहाँहरु, ‘मलाई कोमल वलीले मन पराई’ भनेर मक्ख पर्नुहुँदोरहेछ । खासमा यसरी स्टेजमा उतारेर नचाउनु पनि एउटा भाग्यको कुरा हो । त्यसो त, युथहरुलाई ‘ग्रीप’मा राखिरहनुप¥यो नी ।
कहिलेकाहीँ स्टेजबाटै च्यालेन्ज दिन्छु : ‘म त छु चिटिक्क परेकी कुमारी, दोहोरीमा मैले जिते तिमी घरज्वाईँ, तिमीले जिते म तिम्रो बाको बुहारी ।’
भुवन केसीले केटी घुमाउँछन, कोमल वलीले केटा घुमाउँछिन’ भन्ने हल्ला छ । के हो खास कुरा ?
मैले कुन केटालाई कसरी घुमाए होला ! मैले केटा घुमाएको कसैले देखेर मैले देखें भन्छ भने म जीन्दगीभर उसको दास भएर बस्न तयार छु । मैले कैले कसलाई गाडीमा राखेर घुमाएँ ? कुन केटालाई लिएर रेष्टुराँ गएँ ? कसैले देखाए हुन्छ । म उसको दास हुन राजी छु ।
म त एउटा संयुक्त परिवारमा हुर्केकी र संयुक्त परिवारमै बसेकी मान्छे । म यो २१ औँ शताब्दिकै सुसंस्कृत छोरी हुँ ।
बिहेको विषयमा तपाइको सधैँ रेडिमेड एन्सर हुन्छः ‘भनेजस्तो केटा जुरेपछि विहे हुन्छ ।’ सानैदेखिका संगीहरुका आँगनमा सुन्दर छोराछोरी खेलेको देख्दा तपाईँलाई ईष्र्या हुँदैन ? जीवनमा केही खड्किए झैँ लाग्दैन ?
त्यस्तो इष्र्या त कहिल्यै हुँदैन । मेरा साथीका छोराछोरी पनि ठूलै भइसकेका छन् । म उनीहरुलाई देखेर खुसी हुन्छु । तर, साथीहरुले विहे गरेर पछुताएको छु भन्छन् । अनि आफ्नो जीवन हेर्छु । यसमै खुसी लाग्छ । ‘नो बन्धन, नो टेन्सन’ । कलेज पढ्ने बेलामा साथीहरुको विहे भइरहेको थियो । त्यसबेला चाँही एक पटक मेरो पनि विहे भए हुन्थ्यो जस्तो लागेको थियो । केही केटाहरुसँग कुरा पनि चल्यो । तर, कुरै मिलेन । त्यतिबेला बिहे भएको भए मैले अहिलेको यो करिअर नपाउन पनि सक्थेँ । भान्साभित्रै सिमित रहनुपर्थो होला ।
अचेल त विहेको प्रस्ताव पनि आउन छोड्यो होला हगी ?
हाँस्दै...। किन म राम्री छैन र ? झन भुईँचालोमा मेरो प्रस्तुती पछि त झन धेरै प्रस्ताव आएका छन् । झन् धेरै केटाहरु लाईनमा छन् अहिले । कोही ‘म ईन्जिनियर हो’, ‘म डाक्टर हो’, ‘मसँग अमेरिकाको डिभी–पिआर छ’ भनेर केटाहरुको प्रस्ताव आइरहेको छ ।
अति कम उमेरका युवाहरुले पनि विहेको प्रस्ताव गर्छन् । तर, बाहिर देखेजस्तो नजिक भएपछि हुँदैन नि । उनीहरुसँग दुई चार दिनको आनन्द होला । तर, जिन्दगी लामो छ । नजिक भएपछि कमजोरीहरु देखिन थाल्छ । मलाई अहिले पर्दामा देखेजस्तो हुँदैन नि सधैँ ।
त्यतिधेरै प्रस्ताव आउँदा उनीहरुसँग भेटेर उनीहरुलाई बुझ्ने कोसिस गर्नुहुन्न ?
बुझेको छु नि । पछिल्लो केही महिनायता मात्रै दुई–चार जनालाई त भेटेरै बुझेँ । तर, समस्या के भने, म अमेरिका वा अर्को देशमा गएर बस्न नसक्ने । उता बसेर रमाउन नसक्ने । र वेभलेन्थ नै नमिल्ने भएकाले पनि अगाडि बढ्न नसकेको ।
त्यसो त, हत्तपत्त मेरो नजिक केटाहरु आउनै डराउँछन् । केहीलाई लाग्दोरहेछ, कोमल वलीको ‘ब्वाइ फ्रेन्ड’ छ होला । कसैले त यस्तो केटीलाई विहे गरेर कसरी कजाउन सकिएला भन्ने डरले पनि मेरो नजिक केटाहरु आउन डराउँछन् ।
यौनको विषयमा तपाईँको के बुझाई छ ?
यौन एउटा फिलिङ्स हो । यो प्राईभेट कुरा पनि हो । यसलाई सार्वजानिक बहसको विषय बनाउनुपर्छ जस्तो लाग्दैन मलाई । यौन निजी कुरा हो र यसलाई यत्तिमै सिमित राख्नुपर्छ । हरेक ब्यक्तिले आफ्नो जीवनमा ब्यक्तिगत रुपमा बुझ्ने र अनुभव गर्ने कुरा हो ।
पश्चिमाहरु यौनबारे यति धेरै संकिर्ण छैनन् । उनीहरु यसबारे निकै खुल्छन् । तर, हामी यसलाई बन्धनमा राख्ने कोसिस गर्छौँ । यौनप्रतिको संकिण धारणाकै कारण बलात्कारका घटना बढेको विश्लेषण पनि हुने गरेको छ होइन र ?
सेक्सबारे वालवालिकाहरुलाई शिक्षा दिनुपर्छ । उनीहरुलाई चेतना दिनुपर्छ । तर, फ्रि सेक्स होइन । हाम्रा कतिपय यस्तै कुराहरुले त परिवारहरु टिकाइराखेको छ । जो पश्चिमाहरुसँग अनुभव नै छैन । उनीहरुको जीवनमा ‘डीयर, डार्लिङ एन्ड डिभोर्स’ अति सहज कुरा बनिसकेको छ । तर, हाम्रा सामाजिक र पारिवारिक सम्बन्धहरु यसैको कारण पनि बलियो बनेको छ ।

0 comments:
Post a Comment