Wednesday, August 5, 2015

महेश बस्नेतले वाइसिएलमाथि गाेली हान्न पाे ल्याएका रहेछन चरी

काठमाडौं, २० साउन । नेपाल सरकारका उद्याेगमन्त्री महेश बस्नेत कुनै समय माअाेवादीका विरुद्ध अभियान चलाएर चर्चामा थिए । रामहरी श्रेष्ठ कान्डबाट चर्चामा अाएका बस्नेत छाेटाे समयमै राजनीतिक प्रगति हासिल गरेर उनी मन्त्रीसम्म बनेका छन् । शान्तिप्रक्रियापछि राजधानीमा माअाेवादीकाे युवा संगठन वाइसिएलले हासिल गरेकाे लाेकप्रियता र वाइसिएलबाट तर्सेका मान्छेहरुका गुनासा देखेर उनले अाफूलार्इ माअाेवादी विरुद्ध उतारेका रहेछन् । याे कुरा उनले हालै सार्वजनिक गरेकाे अाफ्नाे पुस्तक 'म महेश'मा उल्लेख गरेका छन् । पुस्तककाे एक अंशमा उनले प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी चरीलार्इ अाफूले वाइसिएललार्इ तह लगाउन ल्याएकाे स्वीकार गरेका छन् ।


साेही पुस्तककाे केही अंश यहाँ राखिएकाे छ ।  त्यो दिन मैले चरीलाई भनें, त्यसरी हत्या गर्ने त संगठनको नीति छैन, हातखुट्टसम्म भाँच्न सकिन्छ । उनीहरुले हाम्रा साथीहरुको हातखुट्ट भाँचेका छन् । टिट फर ट्याट । यसको लागि तिमीले संगठनको सहयोग लिंदा पनि हुन्छ ।’   मेरो उत्तर सुनेपछि चरीले भन्यो,  ‘यत्ति कामका लागि मलाई अहिले नै संगठनको आवश्यकता पर्दैन दाइ, म एक्लै काफी छु ।’ त्यसपछि उ उत्साहित हुँदै गयो ।    चरी निस्किए लगत्तै मेरो मनमा आशंका जन्मियो ‘कतै चरीले नराम्रो काम गरेर संगठनले आजसम्म पाएको इज्जत त सखाप पार्ने त होइन ? मैले तत्कालै ऐनजीलाई फोन गरें ‘त्यो चरीलाई वाच गर्दै जानु है । त्यसले नराम्रो काम गरेर पूरै संगठनको बदनाम गर्ला नि फेरि ।

चरी आफैं पनि माओवादी पीडित रहेछ  । जुन उद्देश्यका लागि युथफोर्सलाई अघि बढाएका थियौं । त्यसका लागि चरीहरु हाम्रा सहयात्री हुनु आवश्यक थियो । एकाध मान्छे चरीका पृष्ठभूमिका  नभएसम्म वाइसियलले पेलिरहने निश्चित थियो । चरीलाई ल्याउनुको कारण नै वाइसियललाई पछाडि धकेल्नु थियो । एमालेको बुटवलमा महाधिवेशन चलिरहेको बेला मोबाइलमा चरीको फोन आयो । उसले भन्यो, ‘दाई हामीले हान्दिउ त्यसलाई । सायद बाँच्दैन होला । अस्पताल भर्ना भएको छ। छातीमै गाली लागेको छ ।   मैले कुनै प्रतिक्रिया जनाउन सकिन । चरीले त्यो हदसम्म गएर कसैलाई गोली हान्ला भनी सोचेको पनि थिइन् । हदैसम्म भए जोग भाइको खुट्टा काट्नेको खुट्ट भाँचिदेला, सुशीलको हात काट्नेको हात भाँचिदेला भन्ने मात्रै ठानेको थिएँ । युथफोर्स  युवा संघका त्यस अघिका कारवाहीहरुमा त्यस्तो हतियारको प्रयोग भएको थिएन । तर, चरीले गर्नु गरेको थियो । त्यसले मलाई ठूलो समस्यामा पार्यो । चरीले पार्टी प्रवेश गर्दिन भनेको थियो । त्यसले हामीलाई समस्यामा पारेको थियो ।

मैंले किन त्यस्तो गरेको भन्दा उ नाजवाफ भयो । त्यसपछि अब चुपचाप बस्नु कतै बाहिर ननिस्कनु भनें । त्यो घटनापछि गम्भीर छलफल भयो । चरीले आफूले गल्ती गरेको सहजै स्वीकार्यो । उसको काम क्षम्य थिएन । तर, माओवादी विरुद्ध गरेको आक्रमण  भए पनि त्यो मेरो पनि एउटा गल्ती थियो । तर, त्यसले वाइसियललाई अलि साइजमा ल्याइदियो । त्यो घटनापछि युथफोर्सलाई थ्रेट आउन छा्ड्यो ।   त्यसपछि पनि चरीलाई बारम्वार सम्झाए । राजनीतिक बाटो हिंडे सामाजिक व्यक्तित्व बन्न सकिन्छ । नत्र अपराधको बाटो समाते आफैंसँग पनि भागिरहनुपर्छ ।   पटकपटको भेटमा मैले हेर भाई पहिलो बाटो हाम्रो सहकार्य हुन्छ । दोस्रो बाटो हिडिस् भने सहकार्य आजकै मितिबाट टुंगिन्छ । खासमा म डर देखाएर पनि उसलाई सही बाटोमा ल्याउन चाहन्थे । मैले यसो भन्दासम्म युथफोर्स विघटन भइसकेको थियो ।   तर, उसका दुष्कर्महरु बारम्बार दोहोरिएका थिए । सम्झाउँदा पनि उसका अपराधिक कार्य घटेको थिएन ।

गधालाई धोएर गाई बनाउन नसकिने भएपछि म टाढिंदै गएँ । त्यति हुँदा पनि उसलाई अप्ठ्यारो परेको बेलामा मलाई फोन गर्न छाडेको थिएन । बुधबार साप्ताहिकले उद्योगमन्त्री महेश बस्नेतको पुस्तकबाट सभार गरी यो समाग्री प्रकाशन गरेको छ ।    एकपटक दशैंताका प्रहरीले उसलाई गिरफ्तार गरेछ । सहयोगका लागि अनुनय विनय गरेपछि दशैको बेला भनेर मैले प्रहरीलाई हुनेसम्म सहुलियत दिन भनेपछि उसले सुध्रिन्छु भन्यो र प्रहरीले छोडिदियो ।   पछि एसपी रमेश खरेलसँग सल्लाह गरेरै उसलाई चार पाँच महिना थुनामा राखियो सुध्रिन्छ कि भनेर । हिरासतमै राखेर विभिन्न मुद्दा चलाउने सल्लाह खरेलसँग भएको थियो । उ चार महिना जेल बसेर निस्कियो । तर, लागेको बानी के छुट्थ्यो । हाम्रा सारा योजना र काम तुहिंदै गए ।   मेरो मन मर्यो । अबचाँहि साँच्चै उसलाई बेवास्ता गर्न छाडे । लामो समयसम्म उसँग मेरो सम्पर्क थिएन ।   चरी २०७१ साउन २१ गते प्रहरी इन्काउन्टरमा मारियो । त्यसभन्दा केही अगाडि प्रहरीले उसलाई पक्राउ गर्न खोजिरहेको छ भन्ने मलाई थाहा थियो । उसलाई पक्राउ गरियोस् र केही समय थुनामा राखियोस् भन्ने मेरो चाहना थियो । त्यो गर्दा उसमा सुधार आउँछ की भन्ने सोचेको थिँए । तर, इन्काउन्टरमा पर्यो ।

0 comments:

Post a Comment