Friday, August 7, 2015

इजरायल रोजगारीमा जान खु्ला, शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

इजरायल सरकारले अन्तत नेपाली कामदारहरुलाई केयरगिभर कामदारकोलागि भिसा उपलव्ध गराउने भएको छ । करिव ६ बर्षको लामो अवरुद्दकाविचको निकै ठूलो दौडधुप पश्चात इजरायल सरकारले नेपाली कामदारहरुलाई भिसा उपलव्ध गराउन  शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ  ।


श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको उपस्थितिमा नेपालकालागि इजरायली राजदूत यारोन मेयर र रोजगार विभाग महानिर्देशक भरतराज सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । “पछिल्लो सहमति बमोजिम जीटूजी प्रक्रियाबाट नेपाली कामदार इजरायल आउने बताउदै पहिलो चरणमा ५० दोस्रो चरणणमा १०० र अन्तिम चरणममा १५० गरी सरकारले पाइलट प्रोजेक्ट अन्तर्गत पहिलो चरणमा जीटूजी प्रक्रियाबाट परिक्षण स्वरुप ३०० कामदारकोलागि भिसा उपलव्ध गराउने नेपाली राजदूतावास स्रोतले बतायो ।

इजरायल सरकारले यस अघि एजेन्सी मार्फत कामदारहरु ल्याउने गरेको छ र त्यसरी ल्याइएका विदेशी कामदारहरुलाई इजरायलस्थित एजेन्सीहरुको निगरानीमा राखिने गरिन्छ । जीटूजी प्रक्रियावाट कामदार इजरायल आएपछी इजरायल सरकारले नन प्रफोटि मेकिङ अर्गनाइजेसनको सहयोगमा कामदारहरु व्यवस्थापन गर्ने मेकानिजन तय गरिसकेको र सोही अनुसार इजरायलमा कामदारहरुको व्यवस्थापन हुने बताइएको छ ।

metaइजरायलको केयरगिभर कामदारको रोजगारीमा जान श्रम तथा रोजगार मन्त्रालयले तोकेका तालिम केन्द्रहरुबाट ३ महिनाको नर्सिङ तालिम लिन अनिवार्य गरिएको छ भने इजरायल आउन इच्छुक उमेदवार १० कक्षा पास गरेको २५ बर्ष माथिका  न्यूनतम वजन ४५ किलो, उचाई ५ फिट, स्वास्थ्य परिक्षणबाट निरोगी प्रमाणित भएको  अँग्रेजी भाषा बोल्न जानेको हुनुपर्ने छ । कामदारहरूको अन्तिम छनौट इजरायल सरकारले तोकेको इजरायली कम्पनीले नेपाली अधिकारीलाई समेत राखेर गर्नेछ । छनौटमा इजरायल सरकार र नेपाल सरकारविच चरण चरणमा भएका सम्झौता अनुरुप उनीहरुको उमेर, शिक्षा, स्वास्थ्य लगातका विषयहरुलाई प्रार्थमिकताकासाथ हेरिने छ ।

पूर्ण रुपमा निशुल्क भिसामा न्यूनतम ८० हजार रुपैया हाराहारीको लागतमा कामदारहरु इजरायल आउन पाउने बताउदै कामदारहरु छनौट के कसरी प्रक्रिया अगाडि वढाउने, कहाँ सम्पर्क गर्ने लगायत सम्पूर्ण प्रक्रियाहरुको बारेमा आवश्यक जानकारीहरु वैदेशिक रोजगार विभाग नेपाली राजदूतावास इजरायल लगायत सरकारी निकायहरुबाट सार्वजनिक सुचना मार्फत सुचित गर्ने व्यहोरा जानकारी गराउदछौं । त्यस्तै इच्छुकहरुले कसैले आश्वासन दिएको भरमा कसैको कुरामा पछि लागेर प्रक्रिया अगाडि नवढाउन पनि अनुरोध गरिएको छ ।

यसैबिच नेपाली राजदूतावास तेलअभिवका काउन्सिलर तथा उपनियोग प्रमुख खड्ग प्रसाद दाहालले आफू इजरायलको यस नियोगमा आउनु अघि नै श्रम तथा रोजगार मन्त्रालयका तथा मन्त्रालयका अग्रजहरूले थालनी गरेको काम, महामहिम राजदूत र राजदूताबासका सम्पूर्ण अधिकृत कर्मचारीको २ बर्षको अथक प्रयास पछि आज सफल भएको जनाउदै यसले नेपालीहरूका लागि-खास गरि २५ बर्ष माथिका द दिदी- बहिनी दाजुभाईहरूका लागि  निम्नतम शुल्क( जम्मा नेरू.८०,००० लगभग) मा अधिकतम ( प्रतिमहिना नेरू १,२०,००० भन्दा बढी) आम्दानी गर्ने रोजगारीको उत्तम गन्तब्य स्थल मात्र खुल्दै छैन ..यस्तै कामका लागि इजरायल आउने भारत, श्रीलंका, फिलिपिन्स लगायतअन्य देशका कामदारहरुलाई समेत निम्नतम शुल्कमा इजरायलमा रोजगारी प्राप्त गर्न मार्ग-प्रशस्त गर्ने बताउनुहुदै यो दिन बैदेशिक रोजगारीमा जाने नेपालीहरुको लागि सुनौलो दिन वनोस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ ।

इजरायलले इजरायली अदालतको निर्णय अनुसार नै अन्य मुलुकहरुबाट पनि जीटूजी प्रक्रियावाट नै विदेशी कामदारहरुलाई इजरायल ल्याउने तयारी गरिरहेको वुझिएको छ । यससँगै नेपाली कामदारहरुलाई नियमित रुपमा इजरायल ल्याउन यस प्रक्रियाले बाटो खोल्ने आशा आम नेपालीहरुमा छाएको छ ।

मासिक सरदर १ लाख २० हजार रुपैयाँको हाराहारीमा कमाइ हुने मानिएको मध्यपूर्वको इजरायलको रोजगारी विशेष गरी महिला कामदारहरुको निम्ती सुरक्षित र आकर्कष गन्तव्यस्थलको रुपमा रहिआएको छ ।   इजरायल सरकारले करिव ६ बर्ष अघिदेखि म्यानपावर एजेन्सीहरुले कामदारबाट अत्याधिक रकम लिदै इजरायल प्रवेश गराएको, तालिम विना नै अत्याधिक मात्रामा असक्षम कामदारहरुलाई इजरायल प्रवेश गराउदा कामदारहरु समस्यामा पर्ने गरेको लगायत विभिन्न कारणहरु देखाउँदै नेपाली कामदारहरुलाई केयरगिभरको भिषा दिन रोक लगाएको थियो । त्यसलगत्तै इजरायलमा नेपाली कामदारहरुको संख्या घट्ने क्रममा रहँदै आएको छ ।

0 comments:

Post a Comment