Tuesday, August 4, 2015

बासी पानी पिउन हुन्छ कि हुन्न ? जानी राखौँ !

तपाईले आफ्नो सुत्ने कोठामा राखेको गिलासको पानी बिहान उठेर खाँँदा यसको स्वादमा परिवर्तन भएको हुन्छ । यसको कारण भनेको बेलुकाबाट विहानसम्ममा हुने रासायनिक परिवर्तन हो भन्ने कुरा पत्ता लागेको छ । तर नआत्तिनुहोस्, किनभने यस प्रकारको रासायनिक परिवर्तन हानिकारक हुँदैन । हालै डिस्कोभरी न्युजमा यस प्रकारको परिवर्तनका साथै किन पानी भएको बोतलमा एक्सपाइरी डेट राखिन्छ भन्ने भिडियो प्रसारण गरिएको थियो ।


डेलीमेलमा प्रकाशित एक सामग्रीका अनुसार पानीमा प्रोटिन वा सुगर हुदैन यसले गर्दा पनि पानीलाई माइक्रोव्स्ले खानालाई टुक्र्याए जसरी टुक्र्याउँदैन । यसले गर्दा अन्य खाना बिग्रिए झैं पानी बिग्रिदैन । तर रासायनिक प्रक्रियाले गर्दा पानीको थोरै भाग मात्रै कार्बोनिक एसिडमा परिवर्तन हुन्छ । डिस्कोभरी न्युज कार्बोनिक एसिडले एउटा वा दुईटा प्रोटोन गुमाउने र कार्बोनेट वा बाइकार्बोनेटमा परिणत हुने’ भनेको छ । यसले गर्दा पानीको स्वादमा केही परिवर्तन हुनेगर्छ ।

0 comments:

Post a Comment