Monday, August 10, 2015

के हो यार्सागुम्बा ? के का लागि प्रयोग गरिन्छ ?

काठमाडौं, २५ साउन । यार्सागुम्बा नेपाल र तिब्बतको हिमाली भेगमा पाइने बहुमुल्य एक प्रकारको जडिबुटी हो । समुन्द्र सतहबाट ३ हजार मीटर देखी ६ हजार मीटर सम्मको उचाईमा पाइने एकप्रकारबो जडीबुटी नै यार्सागुम्बा हो । एक प्रकारको झुसिल्किराको टाउकोबाट ढुसी उम्रिएर बन्दछ । हिमाली भेगमा हिउँद सकिएपछि चैत बैशाखमा अर्थात बसन्त ऋतुको समयमा विविध प्रकारका हिमाली फूहरु फूल्न थाल्छन् । फूलेका फूलहरुमा पुतलीहरु फूल चुस्न त्यहाँ पुग्छन् र फुल फुल पार्न थाल्छन । सोहि पुतलिको लार्भा अवस्थामा रहेको झुसिल्किरा जमीन मुनि पुग्छ र उक्त झुसिल्किराको टाउकोमा ढुसी उम्रन्छ । यसको जमीन माथिको ढुसी च्याउ खैरो रंगको र जमीन मुनिको भाग पहेंलो रंगको हुन्छ ।


के मा प्रयोग गरिन्छ  ?
यार्सागुम्बालाई यौनशक्तिबर्धक र सर्वगुण सम्पन्न जडिबुटीको रूपमा लिइन्छ । खोकी, दम, क्षयरोग, लगायतका रोगलागेमा पनि यसलाई औषधीको रुपमा प्रयोग गन्छि । बीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न अण्ड र डिम्बाशयको खराबी कमलपित्त जन्डिसमा पनि यसको प्रयोग हुने गरेको छ ।
त्यस्तै स्नायु सम्बन्धी रोग, मांशपेसीको दुखाई, श्वासप्रश्वास सम्बन्धी रोग निको पार्न समेत यसको प्रयोग हुने गर्छ । त्यसैले यो बहुमूल्य जडीबुटी बनेको छ । सन् २००१ सम्म यार्सागुम्बा व्यापारिक प्रयोजनमा नआए पनि अहिले भने यसको मूल्य प्रतिकिलो ३२ लाखसम्ममा किनबेच हुने गरेको छ ।

0 comments:

Post a Comment