Thursday, August 6, 2015

महिला कामदारको लागि इजरायल खुल्यो,६५ हजारमै जान पाइने

५ वर्षदेखि नेपाली कामदार लैजान रोकेको इजरायल सरकारले महिला कामदार लैजाने भएको छ। श्रम तथा रोजगार मन्त्रालयको लामो पहलपछि इजरायली सरकार नेपाली  महिला कामदार लैजान सहमत भएको हो। महिला कामदार इजरायल लैजाने सम्बन्धमा भोलि शुक्रबार सम्झौता हुँदैछ । श्रम तथा रोजगार मन्त्रालयमा दुई देशका अधिकारीबीच कामदार लैजाने विषयमा हस्ताक्षर हुँदैछ।


'पाइलट प्राजेक्टका रुपमा हामीले  महिला कामदार इजरायल पठाउन लागेका छौं', श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले सेतोपाटीसँग भने 'पहिलो लटमा ६० जना महिला कामदार पठाउँदैछौं। उनले त्यसपछि आएको फिड ब्याक अनुसार कामदार पठाउने कि नपठाउने भन्ने निर्णय लिने बताए।'

कामदारबाट धेरै रकम असुल्न थालेपछि इजरायली सरकारले नेपाली कामदार लैजान रोक लगाएको थियो। 'एउटै कामदारबाट म्यानपावर व्यवसायीहरुले १० लाखसम्म उठाए, त्यसपछि इजरायली सरकारले रोक लगायो', मन्त्री गुरुङले भने 'अव न्युनतम ६० देखि ६५ हजार तितेर  नेपाली महिला त्यता जान सक्छन् ।' महिला कामदारले एक महिनाको १ लाख देखि १ लाख २५ हजार कमाउन सक्ने गरी सम्झौता गर्न लागेको उनले बताए।

इजरायलमा पुरुषभन्दा महिला कामदारको माग बढी रहेको उनले सुनाए।' सम्झौतापछि महिला मात्र होइन पुरुष कामदारपनि इजरायल जान्छन् तर पुरुषका माग एकदम कम आउने भएकाले हाउस गिभरमा महिलालाई त्यता पठाउने विषयमा मन्त्रालयले पहल गरेको हो' उनले भने । एकताका इजरायलमा ८ हजार नेपाली महिला कामदार थिए । अहिले भने २ देखि ३ हजारको बीचमा नेपाली महिला कामदार इजरायलमा छन् ।

1 comment:

  1. 65 hajar bhane pani 8 lakh mageka 6an, tyo ta hattiko dekhaune dat ho 65 hajar

    ReplyDelete