Thursday, August 6, 2015

सात वर्षीया बालिकालाई दिनमा ४ पटक यौन सम्पर्क राख्ने १९ वर्षीय केशव गिरी पक्राउ

धरान : धरान उपमहानगरपालिका–१४ विजयपुरमा एक सात वर्षीया बालिका पटक पटक बलात्कारको शिकार भएकी छन् । छिमेकी एक १९ वर्षीय युवाले घरमा बोलाएर पटक पटक बलत्कार गरेको उनका अविभावकले चालपाएपछि घटना बाहिर आएको हो ।


 बालिका बलत्कार गरेको अभियोगमा १९ वर्षीय केशव गिरी पक्राउ परेका हुन् । बुधबार राति पक्राउ परेका उनलाई बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । बालिका बलत्कृत भएको थाहा पाएपछि अविभावकले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालय धरानले गिरीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अघि बढाएको डिएसपी सुदमकुमार सिजापतीले बताए ।

बलात्कृत बालिकाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइहेको छ । बालिकाको अवस्था खतरामुक्त रहेपनि मानसिकरुपमा विक्षिप्त भएकी छन् । गिरीविरुद्ध जबरजस्ती करणी अभियोगमा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक कारबाही थालिएको डिएसपी सिजापतीले बताए । गिरीले बालीका बलत्कार गरेको स्विकारेका छन् ।

0 comments:

Post a Comment