Thursday, August 27, 2015

कोठी तथा तिल (मौल) साखाप पार्न घरेलु उपाय अपनाउनुहोस् !

स्वास्थका हिसाबले शरीरमा उम्रीएको सबै कोठीहरु हानिकारक हुन्छ भन्ने होइन । तर पनि सबैलाई कोठी भने मनपर्दैन ।


मेलानीन भन्ने तत्व शरीरमा जम्मा भएपछि छालामा कालो, खैरो तथा छाला रंगको दाग तथा चिन्ह देखा पर्छ जसलाई कोठीको प्रतिनिधिका रुपमा बिज्ञहरुले मानेका छन् । चिकित्सकीय भाषामा कोठीहरुलाई मेलानिनको तत्व मानिन्छ जसमा पिगमेंटको मात्रा थुप्रिएको हुन्छ र यसकै कारणले छालाको रंग कालो, खैरो हुन पुग्छ ।

२०-३० वर्षको उमेर पुगेका मानिसमा कोठी देखापर्ने गर्छ । यो विभिन्न आकारमा देखापर्न सक्छ जस्तै फ्यात्त परेको, डल्लो, गाँठो, असमान, स्थिर लगायत । अनि यीनिहरुमा रौं हुनपनि सक्छ र नहुनपनि सक्छ । कोठीको मात्रा मानिसको वंशानुगत असर, हरमनमा आइरहने उतारचढाब तथा सूर्यको किरणमा भरपर्छ ।

कतिपय कोठीहरु समय बित्दै जाँदा आपसेआप हराएर जान्छ भने अर्को थरिका कोठीहरु सहजै जानमान्दैन । आज हामी सजिलो घरेलु उपायका बारेमा जानकारी गराउँदै छौं जसको सहायताले कोठी बाट छुटकारा पाउन मद्धत मिल्ने छ । तर यो बिधि अपनाउनु भन्दा पहिले कोठीको जाँच गराउन आवश्यक छ ।

यदि कोठीको रंग तथा आकारमा समय अनुसार परिवर्तन भैरहन्छ भने तुरुन्तै चिकित्सक सँग संपर्क गर्नुहोस् कतै यो क्यान्सरको संकेत त होइन किनकि त्यस्ता कोठीहरुको उपचार तपाईले आफै गर्न सक्नुहुन्न ।

उपचार बिधि


लशुनको प्रयोग :

लशुन सहितको घरेलु उपचार कोठी सखाप पार्न अत्यन्तै भरपर्दो उपायका रुपमा लिइने गरिन्छ किनकि यसमा इन्जाइमको मात्रा लुकेको हुन्छ जसले मिगमेन्ट उत्पादन गर्ने स्रोतहरुलाई नै सखाप पार्ने काम गर्छ ।

लशुनको केस्रालाई सिलौटोमा पिन्नुहोस् र कोठीमाथी लशुनको लेप लगाउनुहोस् । अनि यसलाई सफा कपडा तथा प्लास्टरले ढाक्नुहोस् र करिव २-३ घण्टा सम्म छोडिदिनुहोस् । यो प्रक्रिया केही दिन सम्म अपनाउनुहोस् । कोठी झरेर जानेछ । यो घरेलु बिधि अपनाउनाले पाँचदिन भित्रमै परिणाम देखा पर्न थाल्छ । प्रत्येक दिन, प्रक्रिया अपनाउनु भन्दा पहिले अल्कोहल तथा संक्रमणनाशक वैकल्पिक उपायले कोठी वरिपरी सफागर्न नविर्सिनुहोस् ।

0 comments:

Post a Comment