Sunday, August 9, 2015

बेलाबेलामा रुने गर्नाले के फाईदा हुन्छ ? यो पढ्नुहोस् !

हाँस्नु र रुनु हरेक मानिसको जीवनमा हुने सामान्य घटना हो । यी दुवैको स्वास्थ्यमा पनि ठूलो महत्त्व छ । दुवैले स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्छन् । तर, हाँसोलाई जस्तो रुवाइलाई मानिसले सकारात्मक रूपमा लिँदैनन् । रुँदा पनि स्वास्थ्यलाई फाइदा पुग्छ । त्यसैले वेला–वेला रुनु लाभदायक छ । विशेष गरी यसले आँखालाई फाइदा पुर्‍याउनुका साथै चम्किलो बनाउँछ । यसबारे मेडिकल युनिभर्सिटी अफ ओहियोले अध्ययन गरेको थियो । रुँदा शरीर हल्का हुने र शारीरिक तथा मानसिक स्वास्थ्यमा फाइदा पुर्‍याउने प्रमाणित अध्ययनले गरेको छ ।


रुँदाका फाइदा यस्ता छन् : 

आँखाको शक्ति बढ्छ : 
आँसु आउँदा आँखाको नानी चिसो हुन्छ । यसले आँखालाई उचित लचकता प्रदान गरिरहन्छ र आँखालाई शक्ति प्रदान गर्छ । यसले आँखाको चमक पनि बढ्छ ।

 किटाणु हटाउँछ : 
आँसुमा लिसोजाइमक नामको तरल पदार्थ हुन्छ । यसले आँखामा हुने ब्याक्टेरियालाई ५ देखि १० मिनेटमा ९५ प्रतिशतसम्म हटाउँछ । विषाक्त पदार्थ बाहिर निकाल्छ : मानिस दु:खमा परेका वेला शरीरमा विषाक्त पदार्थ पैदा हुन्छन् । त्यसवेला मानिस रुन्छ । रुँदा विषाक्त पदार्थ आँसुमार्फत बाहिर निस्कन्छ ।

त्यसैले रोएपछि मानिस हल्का महसुस गर्छ । सोच राम्रो हुन्छ :
शरीरमा म्याग्निज बढी हुँदा थकाइ, रिस, हडबडाहटजस्ता समस्या आउँछन् । रुँदा शरीरमा म्याग्निजको तह कम हुन्छ । जसले गर्दा राम्रो सोच आउँछ । र, मानिसले स्फूर्तिको महसुस गर्छन् ।

तनाव कम हुन्छ :
रुनु तनाव कम गर्ने उपाय पनि हो । तनाव हुँदा शरीरमा एन्डोफिर्न, ल्युकाइन–एन्काफालिन तथा प्रोल्याक्टिनजस्ता तत्त्व बढ्न जान्छ । रुँदा त्यस्ता तत्त्व घट्ने भएकाले तनाव कम गर्न सघाउ पुर्‍याउँछ ।

0 comments:

Post a Comment