Sunday, August 23, 2015

के तपाई हरुलाई दाँत टलक्क पार्ने ८ सटिक घरेलु उपायहरु थाहा छ ? छैन भने यो पढ्नुहोस् !!!

राम्रा मिलेका र सेता दाँतले व्यक्तित्वलाई नै उजिल्याउँछ । तर आजकल पहेलो दांत हुनु समस्या नै भएको छ । सही तरिकाले दांत को हेरचाह नगर्नु, पराग, सुर्ती सेवनले दाँत पहेलो हुँदा आफ्नो अनुहारको सुन्दरतामा दाग आउने मात्र होइन, धेरैको आत्मविश्वासमा समेत कमी आएको एक अनुसन्धानले देखाएको छ ।


आज हामी तपाइलाई दाँतको पहेलोपन हटाउने सजिला घरेलु तरिकाहरु बताउने छौं ।
१. बहु हितकारी तुलसीको पातमा दांतको पहेलोपन हटाउने अद्भुत शक्ति रहेको छ । यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दातसँग सम्बन्धी अन्य रोगबाट बचाउने काम पनि गर्दछ । तुलसीको पातलाई घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्टसंग मिलाएर ब्रस गर्दा दांतको पहेलोपना हटेर चमक आउन थाल्छ ।
२. हाम्रो गाउघरतिर नुन र तेलले दांत सफा गर्ने चलन अझै पनि छ । नुनमा २–४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्नाले केही दिनमै दाँतको पहेलोपना हटेर जान्छ ।
३. सुन्तलाको बोक्रा र तुलसीको पातलाई घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् । दांत ब्रश गरिसकेपछि उक्त पाउडरले दाँतमा हल्का मसाज गर्नुहोस् । सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियमका कारण दाँत चम्किन केही दिन मात्र लाग्छ ।
४. खाना खाइसकेपछि दिनहुँ गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ । गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग सफा गर्न मद्दत गर्दछ ।
५. नीमको उपयोग धेरै पहिलेदेखी नै दांतको सफाईका निम्ति गरिदै आएको छ । यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने शक्ती रहेको छ ।्र यो प्राकृतिक रुपमा नै एंटी व्यक्टेरियल र एंटी सेप्टिक गुणकारी बनस्पती हो । दिनहुँ निमको दतिवनले दाँत सफा गर्ने हो भने कुनै किरा लाग्दैन र रोग लाग्ने सम्भावन रहँदैन । पहेलो त यसले रहनै दिँदैन ।
६. एक दाना कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानी मिसाउनु होस् । खाना खाइ सकेपछि यसले हल्का मालिस गर्दै दिनहुँ कुल्ला गर्नुहोस् । यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामवाण सिद्ध छ ।
७. स्ट्रबेरी दांत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाय हो । यसमा पाइने मालिक एसिडले दांतलाइ सेतो र चम्किलो बनाउँछ ।
८. केरालार्इ पिसेर यसको पेष्ट बनाउनु होस् । यसको पेष्टले दांतलाइ दिनहुँ एक मिनेट मसाज गर्नुहोस, मसाज पछि ब्रश गर्नुहोस् । यो तरिका दिनहुँ गर्नाले दाँतको पहेलोपन हटेर जान्छ ।

0 comments:

Post a Comment