Tuesday, August 4, 2015

डीएसपीलाई नै यौन सम्पर्क गर्न बोलाएर बलात्कारको आरोप लगाइयो

काठमाडौं, १९ साउन । विगतका वर्षहरुमा भन्दा यसवर्ष भक्तपुरमा बलात्कारका घटनामा वृद्धि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले विगत दुईवर्षको दाँजोमा यसवर्ष बलात्कारका घटनामा वृद्धि भएको जानकारी दिएको हो ।


आव २०६९/७० मा १५ वटा बलात्कार र दुईवटा बलात्कारको उद्योगसम्बन्धी घटना भएको भक्तपुरमा आव २०७०/७१ मा बलात्कारका घटना १५ वटा र बलात्कार उद्योग तीनवटा घटना भएको प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
त्यसको दाँजोमा आव २०७१/७२ मा भने बलात्कारका १९ वटा घटना घटेको र नौवटा बलात्कार प्रयासका घटना भएको उहाँले बताउनुभयो । ‘पहिला यौन सम्पर्क राख्न बोलाउने, दुई तीन पटक सम्पर्क राखिसकेपछि बल्याकमेल गर्ने, बलात्कारको आरोप लगाउने प्रचलन बढेकाले बलात्कारको घटना बढ्यो’ उहाँले भन्नुभयो ।

बलात्कारका अधिकांश घटना चिनजानको व्यक्तिबाटै भएको र दुईजना बालिकालाई ललाइफकाई बलात्कार गरेको पाइएको छ । प्रहरीका अनुसार पटकपटक यौन सम्बन्ध भएर दुईजना बीच असमझदारी भएपछि बलात्कार भएको उजुरी आएकाले कतिपयलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । 

0 comments:

Post a Comment