Monday, September 7, 2015

खाडीमा उँदाउदो नवप्रतिभा मेनुशा तामाङ

नुवाकोटमा जन्मिएकी मेनुशा तामाङ् युएईमा नेपाली कलाकारिता मध्यको एक श्रेय नाम हो।बिगत तिन बर्ष देखी युएईको अलएेनमा रोजगारीको अलवा फुर्सदमा मोडलिङ् तथा म्युजिक भिडियोमा आफ्नो अभिनय गरि सकेकी तामाङ् झट्ट हेर्दा बलिउड नायिका बिपाशा बासु जस्तै देखिन्छिन्।


मोडलिङ् तथा कलाकारीतालाई आफ्नै भबिष्य सम्झने उनी आफ्नो सपना पुरा गर्न मरूभुमीका सर्घष गर्दै छिन्। फुर्सदमा गित गाउने, बिभिन्न सामाजिक कार्यक्रममा स्टेज शो लगाएत समाजिक काममा ब्यस्त तामाङ्ले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेकी  छिन्। दिपक लिम्बुको स्वरमा सजिएको सानु एल्बमको दोबाटोमा रहेको एकान्तमा साछी राखी , तिमी आयौ मेरो जिन्दगीमा जस्ता सुपरहिट म्युजिक भिडियोले एकाएक बजार तताए पछी उनको कलाकारीतामा बजार भाउ ह्वातै बढेको छ।

उनी भन्छिन् कलाकारीता मेरो सानै देखीको सौख हो। यसैको लागी प्रबासमा सर्घष गर्दै छु। एक दिन अबश्य सफल कलाकारको पंतिमा उभिने छु। गाउँघरमा हुने स्थानिय स्तरका कार्यक्रममा आफ्नो प्रतिभाको सदैब कदर हुदाँ बालापन यादले आज झस्काएको स्मरण गर्छिन।


मिलनसार, मिठो बोली उनको दैनिक स्वभाबमा पर्छ। सजिलै साथीभाइहरू सँग धुलमिल, सामाजिक सत्भाबमा उनको प्रसंसा निकै छ। हालै उनले प्यारालाइशिसबाट ग्रस्त सोम माया तामाङको सहयोगार्थ तिन हजार दिराम सहयोग संकलन गर्न सफल भइन्।मानब जिबनको लागी सेक्स अपरिहार्य रहेको प्रकृतिक नियम हो।सेक्स आबश्यक अनुशार प्रेमी प्रमिका को सहमतिमा रहेने सक्ने उनी निर्धक्क बँताउछिन।

प्रबासमा हुने  सास्कृतिक कार्यक्रममा निकै ब्यस्त उनी आउदो सेक्टेम्बर १८ मा मितेरी समाज यूएईको आयोजनामा हुन लागेको बिशेष तिज धमका २०७२ मा आफ्नो प्रतिभा प्रस्तुत गर्दै छिन्।

0 comments:

Post a Comment