Saturday, September 12, 2015

इजरायलमा जीटूजी माध्यामबाट घरेलु कामदार पठाउन आवेदन खुला: कस्ताले आवेदन दिन पाउने ? पुरा पढ्नुहोस् !

काठमाडौँ, २६ भदौ । वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर घरेलु कामदार पठाउन दुई साताभित्र रोजगार आवेदन दिन खुला गर्ने तयारी गरेको छ ।


दुबै देशका सरकारमार्फत ९जीटूजी० माध्यामबाट नेपाली कामदार पठाउने ब्यवस्था अनुरुप प्रारम्भिक रोष्टरका लागि आवेदन खुला गर्न लागेको छ ।

विभागका प्रवक्ता बद्रीकुमार कार्कीले नेपाल र इजरायलबीच जीटूजीमार्फत कामदार पठाउने सम्झौताको पाइलट प्रोजेक्ट अनुरुप प्रारम्भिक रोष्टरको आवेदन खुला गर्न लागिएको बताए ।

विगतमा स्वीकृतप्राप्त तालिम प्रदायक संस्थाहरुबाट तीन महिना घरेलु कामदारसम्बन्धी तालिम लिइसकेका ब्यक्तिले आवेदन दिन सक्ने उनले बताए । आवेदन दिएका कामदारको पहिलो चरणमा प्रारम्भिक सूची तयार गरिने कार्कीले जानकारी दिए ।

इजरायल जानका लागि घरेलुु कामसम्बन्धी तालिम र अंग्रेजी भाषामा दक्ष हुनुपर्नेछ ।कामदारको उमेर २५ देखि ४५ वर्ष, तौल ४५ किलो र उचाइ १।४ मिटर हुनुपर्नेछ ।

यसअघि म्यानपावर एजेन्सीले इजरायलमा कामदार पठाउँन ८ लाख रुपैयाँसम्म रकम असुलेको भन्दै दुई पटकसम्म नेपालबाट कामदार लिन बन्द गरेको थियो । 

0 comments:

Post a Comment