|
जहाजका सिँढीमा पाइला राख्दै वसन्ती गुरुङले सोचिन्,‘के म बूढालाई भेट्छु त मलेसियामा? के म रित्तै फर्किनु त पर्दैन? उनी मनमनै कुरा खेलाउँदै भर्याङ चढिन् र भित्र पसिन्। जहाज भित्र धेरै थरीका मान्छे थिए।
उनी आफ्नो सिटमा बसिन्। मनभरि कुरा खेलिरहेका थिए। उनले छोरा र छोरी सम्झिइन्। तीन महिना अघिदेखि बेपत्ता भएको श्रीमान् सुची कुमारलाई सम्झिइन्। मानिस कति धेरै निष्ठुरी हुन सक्छ?
फेरि छोरा र छोरीले हिड्ने बेलामा जसरी भएपनि बुबा खोजेर ल्याउनु है ममी भनेको सम्झिइन्।
कहिल्यै झगडा नगर्ने, शान्त स्वभावको, कम बोल्ने, एकदमै मायालु वसन्तीको श्रीमान् यूरोप–अमेरिका जान्छु भनेर हराएको हराएकै छ। कसरी यो मान्छे बेपत्ता भएको होला? कसरी त्यो मान्छे निष्ठुरी हुन सकेको होला?
आफूले मन पराएरै वसन्तीले बिहे गरेकी थिइन्। बर्षौको प्रेम सम्बन्ध पछि उनीहरुले बिहे गरेका थिए। आफूलाई त्यति धेरै माया गर्ने मान्छे यति धेरै कठोर हुन कसरी सक्छ!
मनमा कुरा खेलाईरहेकी छन् वसन्तीले। नेपाल एयरलाइन्सको जहाज आफ्नै तालमा उडिरहेको छ।
काठमाडौबाट गत माघ १९ गते राति झण्डै १२ बजे उडेर उनी भोलिपल्ट बिहान मलेसिया पुगिन्। उनी आफ्नो हराएको श्रीमान् खोज्न गएकी थिइन्। नेपाल बाहिर कहिल्यै नगएकी वसन्तीलाई मलेसिया ओर्लनै बित्तिकै अत्यास लाग्यो। यो ठूलो शहरमा कहाँ बस्ने, कस्लाई भन्ने, कोसँग सोधखोज गर्ने?
वसन्ती नेपालीहरु धेरै भेटिने क्वालालाम्पुरमा रहेको कोतरायामा पुगिन्। दिनभरि सडकको पेटीमा बसिन्। रातभरी जहाज चढेकी वसन्तीको आँखामा निन्द्रा परेको थिएन। सडकपेटीमा आफ्नो ब्याग च्यापेकी उनी बेलाबेला झकाउँथिन् अनि फेरि लोग्नेले बोलायोकी भन्दै ब्युत्तिन्थिन्।
त्यही बाटो भएर अनेक मान्छेहरु आउजाउ गर्थे। कोही नेपाली, कोही बंगाली, कोही इण्डोनेसियाली तर उनको श्रीमान् कहीँ, कतै थिएनन्। उनले बाटो हिँड्ने धेरैका अनुहार निहालिन् तर उनको श्रीमान् थिएनन् – त्यो हुलमा।
उनलाई भोक थियो, निन्द्रा थियो, थकाई थियो। तर सबै भन्दा ठूलो कुरो उनको हराएको ‘बूढो’ यहाँ भेटिन्छ कि भेटिँदैन भन्ने महा पिरलो थियो।
दिन ढल्दै गयो।
साँझतिर बसन्तीको फोन आयो। संयोगबस म पनि मलेसिया पुगेको थिएँ। नेपालमा रहेका एक संचारकर्मी मित्रले नै मेरो नम्बर वसन्तीलाई दिएका रहेछन्। वसन्तीले फोनमा भनिन् – ‘सर, म त बूढो खोज्न आएकी! सहयोग गरिदिनु पर्यो।’
मैले पनि मलेसियामा कार्यरत केही अगुवा नेपालीहरुलाई लिएर कोतरायमा रहेको खुकुरी रेष्टुरेष्टमा उनलाई बोलाएँ। उनका कुरा सुनेर धेरैजना हाँसे, ‘के भन्छे यो आइमाई?’
तीनचार महिनादेखि हराएको लोग्नेलाई किन खोज्नुपर्छ? जसले छोराछोरी सम्झेन, श्रीमति सम्झेन, बृद्ध बाबु आमालाई सम्झेन। कहिल्यै फोन गरेन। चासो लिएन। त्यसलाई खोज्नु पर्छ त? उसले अर्को बिहे गरेर बसेको होला?
‘आफूले नि अर्को बिहे गरेर बसे भइहाल्छ नि।’
वसन्तीका कुरा सुन्नेहरुले जवाफ दिए।
तर बसन्ती जुनसुकै हातलमा आफ्नो लाग्ने खोजेर लैजान आएकी थिइन्। अर्कैसँग बिहे गरेर लोग्ने बसेको भएता पनि छोराछोरीका लागि नै मात्र भएपनि आफ्नो लोग्ने स्वदेश फर्काउनु थियो। छोराले हिड्ने बेलामा भनेको कुरा सम्झिइन्–‘ममी झगडा नगरी जसरी हुन्छ बुबालाई नेपाल ल्याउनु है, सबैले तिम्रो बुबा खोई भनेर सोध्छन् मलाई।’
वसन्तीको आँसु बगिरह्यो। उनले हारगुहार गरिरहिन्। नेपालबाट परराष्ट्र मन्त्रालयको चिठ्ठी र केही फोटो तथा प्रमाणहरु बोकेर आएकी वसन्तीले आफ्नो श्रीमान फर्काउनु नै थियो।
वसन्तीले नेपाली दूतावासमा पहिले पनि सम्पर्क गरिसकेकी थिइन्। दूतावासका सहायक प्रमुख हेमलाल भट्टराईलाई दूताबासमा पुग्ने बित्तिकै भनिन्।
‘सर म बूढो खोज्न आएकी?’
मलेसियामा श्रीमान हराएको, अर्को बिहे गरेको, परिवारको सम्पर्कमा नभएको, पैसा नपठाएको तथा अन्य धेरै समस्यामा परेका कुरा धेरैचोटि धेरैका मुखबाट सुनेका भट्टराई छक्क परे। तर आफ्नै आँखा अगाडि उभिएर नेपालदेखि आइ एक महिलाले भनेको सुनेपछि उनले अनेक उपाय सोचे।
अनि भने – ‘म सक्दो कोशिस गरुँला। नेपाली समुदाय र संघसंस्थामा भनुँला।’
वसन्तीको मनमा केही आशा पलायो। उनले आफ्नो सबै बृतान्त सुनाइन्, फेरि एक पटक श्रीमान पाउने आशामा।
उनले दूतावास र हेमलाल सरलाई छोडिनन्, दिनभर दूतावासमा बसिरहिन्।
दूतावासमा दिनभर बस्दा उनले नेपालीका धेरै समस्यालाई नजिकबाट निहालिन्। दूतावास प्रवेश गर्न नपाउँदै दलालहरुको विगविगी मलेसियामा पनि भेटिन् उनले। बाटोमा नै एमआरपी पासपोर्ट बनाउनका लागि फारम भर्न बसेकाहरुको तानातान हेरिन्। उनलाई पनि एमआरपी बनाउन आएको भन्दै ताने तर होइन भन्दै पन्छिन्। ३० देखि ५० रिंगेटसम्म एमआरपी फारम भरेको र फोटोको लिँदा रहेछन्। सोचिन् एक जना गरिब नेपालीको पैसा लुट्नका लागि नेपालमा मात्र होइन विदेशमा पनि पासो थापेर बसेका रहेछन्, नेपालीहरु नै।
मसँग पासपोर्ट छैन, काम छैन, दुःख मात्र छ भन्नेहरु धेरै भेटिन् वसन्तीले मलेसियामा। दलालले फसाएर विचल्ली बनाएका अनि नेपाल फर्कन पाउँ भन्दै रोइरहेका नेपालीहरुको आँशुले उनलाई पनि विछिप्त बनायो। एक मनले त सोचिन् मेरो त श्रीमान बेखवर त भएको होनि, समस्या त मलेसियामा अरु धेरै रहेछन्। केही राम्रो गरेका नेपाली पनि भेटिन् दूतावासमा तर दलाल र एजेण्टहरुको विगविगीले दूतावास नै गन्हाइरहेको पाइन् वसन्तीले।
***
भोलिपल्ट धेरैजनाको प्रयासपछि भेटिए सूची कुमार। उनी मलेसियाको केलाङमा भन्ज्याङ चौतारी रेस्टुरेन्ट चलाएर बसेका रहेछन्।
चारै दिशा खोजियो। हेमलाल सरले सूचीलाई खोज्न मान्छे लगाए। वसन्तीले धेरैलाई मनैबाट अनुरोध पनि गरेकी थिइन्।
नुवाकोटकी मीरा कुमारी तामाङ र उनी दुबै मिलेर रेष्टुरेन्ट चलाउन थालेका यस्तै २–३ महिना भएछ। सुरूमा मीरा र सूची साथी भए पनि पछि–पछि लोग्ने स्वास्नीकै रुपमा भएछन् उनीहरू।
‘तिमी युरोप–अमेरिका जाने भए यता आऊ। दुईजना मिलेर व्यापार गरौँ। अनि त्यसैंको आधारमा अमेरिका जाउँला।’
मीराले आशा देखाएकी रहिछन् सुचीलाई।
सुची मलेसियामा पहिला काम गरेर फेरि साउदी अरव गएको थियो। साउदीमा हुँदा मिरालाई उसले फेसबुकमा भेटेको रहेछ। फेसबुक, भाइबर हुँदै फोनमा घण्टौ कुरा गर्दा रहेछन् उनीहरू।
उनीहरु बीच भित्रभित्र गहिरो प्रेम टुसाएछ। त्यही टुसोमा तानिएर सुची सुटुक्क पसेछन् मलेसिया।
केही नेपालीसहित सूची र मिरा नेपाली दूतावासमा वसन्तीलाई भेट्न आए। सूची मुस्कुराउँदै आफ्नी पत्नी नजिक पुगे र भने –‘नमस्ते।'
वसन्तीले आफ्नो श्रीमानलाई झट्न चिनिन्। कस्ले मलाई नमस्ते गर्छ, उनी अवाक भइन।
तीन महिना अघि हराएको लोग्ने आफ्नो सामुन्ने देख्दा वसन्तीलाई सार्है नराम्रो लाग्यो। उनले श्रीमान दुब्लाएको, कमजोर भएको र रोगाएर पातलो भएको देखिन्। त्यो रात उनीहरु सँगै बसे।
भेटिएपछि पनि भाग्ला भन्ने डर। नफर्केला भन्ने डर।
बेपत्ता भएको लोग्नेसँग वसन्तीलाई गुनासो थियो, रिस थियो। उनले कुनै रिस पोखिनन्। मिराले नै आफ्नो सोझो लोग्नेलाई फसाएको उनले बुझिन्।
तर उनी चुपचाप भोलिपल्टै लोग्नेसहित नेपाल फर्किइन। बाटोमा उनले भनिन् – ‘तिमी गएदेखि म कति दुब्लाएँ। थाहा छ, १० किलो मेरो तौल घटेछ।’
सुचीले पनि भने – ‘म पनि त नरोएको रात हुँदैनथ्यो नि।’
सुची आफ्नो छोराछोरी, श्रीमती सम्झेर हरेक रातमा रुन्थे रे। आफ्नो ६–७ लाख रुपैँया मीरासँग रेस्टुरेन्टमा लगानी भएको उनी बताउँछन्। लगानीसँगै उनी मीराको लोग्ने भएर जोडिएछन्।
***
सिँचाई सचिवकी पिए थिइन् वसन्ती।
श्रीमान् युरोप जान्छु भनेर वेपत्ता भएपछि विस्तारै सम्पर्क कम भयो। उनले फोन गर्न छोडे। फेसबुकबाट हराए। अनि वसन्तीलाई सार्है पीर पर्यो। वरपर सोध्थे – लोग्ने खोई? नातागोताले पनि सोधिरहन्थे सुचीको बारेमा।
अनि वसन्तीलाई सार्है पीर पर्यो।
घरमा राम्रो पढ्ने छोरो छ – सुजन। जसले राम्रो प्रतिशत ल्याएर एसएलसी उत्तीर्ण गरेर अहिले प्लस टु पढ्दै छ। उता छोरी सुजाता पनि १२ बर्षकी भइसकिन्।
छोराछोरी दुबैले पढाइमा राम्रो गरे पनि उनीहरुलाई बाऊ नभएकोमा ठूलो पीर छ। अँध्यारो अनुहार लगाएर स्कुल जान्छन्, स्कुलबाट फर्किदा पनि बाउकै खोजी गर्छन्।
सबैका अभिभावक स्कुलमा आउँछन्। हरेक कार्यक्रममा अरुका बुबाको उपस्थिति हुन्छ। यही कुराले सुजातालाई ठूलो पीर परेको छ।
हरेक दिन बिहान स्कुल जाँदा र आउँदा उनी आमाको मोबाइल हेर्थिन र भन्थिन् – ‘आमा, बुबाको फोन आएन?’
छोरी सुजाताको यही पिरलोले वसन्तीलाई लोग्ने खोज्न बाध्य बनायो। उनले कताकति सुनेकी थिइन् – ‘सुची कुमार मलेसियामा छन्।’
यही झिनो आशामा उनी श्रीमान खोज्न मलेसिया गएकी थिइन्। हुन त उनले मन्त्री, सचिव, संघसंस्था र अनेक मानिसहरुलाई श्रीमान् खोज्नलाई फोन गरिन्। धेरैतिर धाइन्। धेरैतिर कुदिन्। कतैबाट सफल नभएपछि उनी आफै मलेसिया पुगेकी थिइन्।
***
उता मीरा कुमारीको संसार छ आफ्नै खालको। नुवाकोटमा उनका २ बच्चाहरु छन् श्रीमान्सँग। श्रीमानसँग सम्बन्ध बिच्छेद गरेको बताउने मिरा अलि भिन्न स्वभावकी छिन्।
मीराले घर छोडेर मलेसिया बस्न थालेको धेरै भयो। यसै क्रममा सुचीसँग भेट भयो। सामान्य भेटघाट भयो फेसबुकमा। तर उनीहरु सँगै जिउने, सँगै मर्ने हालतमा पुगे।
मलेसियाबाट नेपाल आउने बेलामा मीराले वसन्तीलाई धम्की दिँदै भनिन् – ‘मेरो बुढो खोसेर लगिस्। उसलाई अब नेपाल लगेर मार्छेस् तैँले।’
मीराले भनेकी थिइन् सुचीलाई – ‘म तिमी सम्झेरै अबको बाँकि जीवन बिताउँछु।’
मुसुक्क हाँस्दै छातीभरि पीर बोकेका सुचीकुमार केही बोल्दैनन्। उनीसँग धेरै घटना र परिस्थिति भोगेको श्रृखंला छ छातीमा। जति बोल्छन्, आँखा बोल्छन्। अरु कुरा उनका मुखबाट आउँदै–आउँदैन।
***
अहिले वसन्ती र सुची काठमाडौंमा मिलेर बसेका छन्। त्रिशूलीका यी गुरूङ दम्पत्तिले तीन महिना त तनाबमा बस्नुपर्यो। सुजन र सुजाताले बुबा पाए। वसन्तीले हराएको लोग्ने भेटिन्।
बर्षौ अघि मलेसियाबाट फर्केपछि फोन सिरानीमुनि राख्ने, पर–पर गएर फोन गर्ने, उदास हुने सुचीको व्यवहारमा खासै ध्यान दिएकी थिइनन् वसन्तीले। तर तीन महिनादेखि साँच्चिकै बेपत्ता हुँदा भने उनलाई पहाडै खसेजस्तो भयो।
‘लोग्ने त फर्काएँ, अब त्यो फँसेको पैसा र लाग्नेको मन पनि ल्याइ छाड्छु।’
वसन्ती हिजोआज बताउँछिन्।
जेहोस्, फुटेको परिवार जुट्यो। हराएका बाबु घर फर्किए। अर्कैको अंगालोमा गएको श्रीमान् आफ्नै अंगालोमा ल्याउन सफल भइन् वसन्ती।
वसन्तीको जीवनमा साँच्चैको वसन्त ऋतु आएको छ।

0 comments:
Post a Comment