Friday, April 24, 2015

अमेरिकाको लागि प्रक्रिया पुरा गरे सहज भिसा पाउन सकिन्छ : एटर्नी बासु

नेपाल, काठमाडौं, वैशाख ११ - अमेरिकाको न्युयोर्कमा कार्यारत कानुनी परामर्श दिंदै आएका एटर्नी बासु फुलाराले कानुनी प्रक्रिया पुरा गरे अमेरिकाले भिसा दिने बताए । एक साता अघि मात्र काठमाडौं आएका फुलाराले राजधानीमा आयोजित एक कार्याक्रममा बोल्दै अमेरिकामा इमिग्रेन्ट र सेटलमेन्ट लगायतका लागि भिसा प्रक्रिया सुरु गर्दा बुझेर मात्र गर्नुपर्ने बताएका छन् । ‘जुन प्रयोजनका लागि अमेरिका जान लागेको हो ‘त्यसमा मात्रै केन्द्रित रहेर कागजात तयार गर्नुपर्छ,’ उनले भने, ‘गैरकानूनी रुपमा पचासौं लाख खर्च गरेर जोखिम मोलेर अमेरिका पुगे पनि सेटलमेन्ट नहुन सक्छ ।


आफु जान चाहने प्रयोजनको भिषा बुझेर मात्र आवेदन गर्नुपर्ने फुलाराको सुझाव छ । उनका अनुसार ब्यापार प्रर्वद्धनका लागि ‘बी वन’ घुम्नका लागि ‘बी टु’ पढ्नका लागि ‘एफ वन’ पत्रकारिताको लागि ‘आई भिसा’ तालिम र रिसर्चका लागि ‘जी वन’ भिषाको छुट्टछुट्टै किसिम हुने भएकाले आवेदन गर्ने व्यक्तिले सबै बुझेर मात्र गर्नुपर्छ । तर यी कुनै पनि स्थायी बसोबास गर्ने भिषा नभएकोले निश्चित समयपछि फर्किनुपर्ने उनले बताए ।

डिभी चिठ्ठा परेका पनि सबैले अमेरिका जान पाउँछन् भन्ने ग्यारेन्टी नभएको उनको भनाइ छ । त्यसकालागि भिषा पाउने अमेरिकी पक्रियाको रियाको बारेमा जानकार हुनुपर्नेछ । रोजगारमा जाने र ग्रीनकार्ड लिन चाहनेले ‘ईमी वन’ भिषाको लागि आवेदन गर्नुपर्ने बताउँदै उनले बरिष्ठ पत्रकार, कलाकार, शिक्षाविद्, संगितकार, बैज्ञानिक र अनुसन्धानकर्ताले भने नेपालमै बसेर गि्रनकार्डको लागि आवेदन गर्न सक्ने जानकारी दिए ।

0 comments:

Post a Comment