Tuesday, August 2, 2016

गौरी मल्लको ठगिधन्दा : कलाकार बनायर अमेरिका लैजाने भन्दै ७ जना युवासंग लाखौ ठगि गरेको खुलासा

काठमाण्डाै । अनोज शाक्यले जापानमा बोलाएर यौन दुव्र्यवहार गरेको बताउने गौरी मल्ल यता भने अमेरिका पठाइदिने नाममा विभिन्न व्यक्तिसँग लेनादेनाको झमेलामा परेकी छन् ।



२०६६ सालमा अमेरिका पठाउने भनी सात जना युवासँग दुई–दुई लाख रूपैयाँ बुझेकी थिइन् । त्यसमध्ये एस काठमाडौंको सम्पर्कमा आएका अर्घाखाँची, ठूलापोखराका ठाकुरप्रसाद पन्तले भने, ‘उहाँ कहिले जापान, कहिले अमेरिका भन्दै हिँड्नुहुन्छ, अब सोझो बाटोले हामीले पैसा नपाउने भयौँ ।
ठाकुरजस्ता सातजना युवकसँग १४ लाख रूपैयाँ लिएकी रहिछन् । त्यहीँका कृष्ण भुषाल डिभी परेर अमेरिका गएका थिए । जितेन्द्र प्रधान नेपाल–अमेरिका सम्पर्क समाजका अध्यक्ष थिए । उनैमार्फत हो, गौरीसँग पीडितहरूको भेट भएको ।

सीधै भिसा नपाइने भन्दै कलाकार बनाएर लैजाने आश्वासन थियो । ठाकुरलाई पनि कलाकारका रूपमा प्रमाणित गराउन चारपल्ट जिरे खुर्सानीमा खेलाइन् । नाच्न पनि जान्नुपर्छ भन्दै पुतलीसडकस्थित वसन्त श्रेष्ठको नेशनल डान्स सेन्टरमा डान्स सिक्न लगाइन् ।

शंकर बिसी, सम्झना बुढाथोकी, प्रमोद खरेलजस्ता नाम चलेका कलाकार अमेरिका गए । तर, गौरीले जसरी पनि पठाउँछु भनी पैसा लिएका अर्घाखाँचीका कसैले जान पाएनन् । पैसा दिनुअघि उनीहरूले रिसिप्ट मागेका थिए । गौरीले ‘मलाई पनि विश्वास नगर्ने भए यो पैसा फिर्ता लानु’ भनेपछि अनुहार हेरेरै विश्वास गरेको ठाकुरले बताए । तर, गौरी आफैँ अमेरिका उडेपछि पीडितहरू खिन्न भए । अमेरिकामा दीपेन्द्र प्रधानसँग गौरीले भेडाको उन बेचबिखनको काम गर्थिन् ।

दीपेन्द्रलाई पीडितहरूले पनि चिनेका थिए । त्यो माध्यमबाट दबाब दिँदा उल्टै गौरी ‘मेरो पनि पैसा फसेको छ’ भन्दै पन्छिन थालिन् । अस्ति सोमबार ठाकुरले गौरीलाई फोन गरे । भनिन्, ‘एक महिनाका लागि जापान जाँदैछु । त्यहाँबाट फर्किएपछि भेट्छु ।’ तर, पीडितहरूले आनाकानी गरेपछि गौरीले ‘सक्छौ भने हनुमानढोकामा उजुरी हाल’ भन्दै फोन काटिन् । 

0 comments:

Post a Comment