Thursday, August 18, 2016

एउटा खाल्टो जसले प्रत्येक वर्ष २ लाख क्यारेट हिरा प्रदान गर्छ। यसको मूल्य २ करोड पाउण्ड हुन आउँछ।

एजेन्सी, भदौ २। वर्षातको बेला सडकमा खाल्टो परेमा सबै देसको प्रशासनलाई टाउको दुखाइको विषय बन्ने गरेको हुन्छ। तर के तपाईलाई थाहा छ की खाल्डोबाट पनि फाइदा हुन्छ? तर इस्ट साइबेरियामा डायमण्ड सिटी ‘मिर माइन’ यस्तै खाल्डो छ।

यो खाल्डो जति मूल्यवान छ त्यति खतरनाक पनि छ। यसले यस्तो बबंन्डर मच्चाउँछ की यसको माथि उड्ने हेलिकोप्टर समेत खाल्डोमा तानिन्छ। १ हजार ७ सय २२ गहिराई साथै लगभग एक माइल व्यास भएको यो खाल्डोलाई देखेपछि मिर्नी टाउनमा कुनै उल्का पिण्ड आइरहेको जस्तो भान लाग्छ। तर सन २००४ मा यसको अपरेशन रोकिदिएको थियो।

यसपछि यसमा अन्डरग्राउन्ड टनेल लगाइयो जसबाट सन २०१४ मा ६ मिलियन क्यारेट हिरा प्राप्त भयो। यो खाल्डोबाट प्रत्येक वर्ष ओसतमा पनि २ लाख क्यारेट हिरा निक्लिने गर्दछ। जसको मूल्य लगभग २ करोड पाउण्ड हुन आउँछ। यो खाल्डोमा रुसी कम्पनी अलरोसाले आफ्नो स्वामित्व कायम गरेको छ। 

यो कम्पनीले पुरै विश्वमा उत्पादन हुने हिराको एक चौथाइ हिरा निकाल्ने गर्दछन्। सन २०१०मा एक फर्म भनेका थिए की त्यहाँ एक विशाल सानदार गोलाकार शहर बनाउने इच्छा छ ।जसमा सोला इनर्जीको मद्दतबाट करीब एक लाख मानिसलाई विजुली उपलब्ध गराउनेछ।

0 comments:

Post a Comment