Saturday, August 6, 2016

नेपाली चेली कञ्चन अमेरिकी संसदमा युवा तथा बालबालिकाको हितका लागि मनोनित

वाशिंगटन डिसी । ललितपुर पाटन घर भएर हाल अमेरिकामा अध्ययनरत नेपाली चेली कञ्चन अमात्यले अमेरिकी कांग्रेसमा युवा तथा बालबालिकाको हितमा काम गर्ने अवसर प्राप्त गरेकी छिन् । उनलाई नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न छनौट गरिएको हो । अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेसमा उनले यस्तो जिम्मेवारी पाएकी हुन् ।



सानो उमेरदेखि नै सफलताको खुट्किलो चढ्दै गरेकी अमात्य काठमाडौँ सेन्ट मेरिज पढाइपछि नर्बेमा युनाईटेड वर्ल्ड  कलेजमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी हुन् । जसको माध्यमबाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन् ।
मेधावी छात्र भएकै कारण हाल ओक्लाहोमा बिश्व बिद्यालयमा युडब्लुसी डेविस छात्रवृति अन्तर्गत पूर्वस्नातक (अन्डर ग्रजुएट )तहमा अध्ययनरत छिन् ।

उनले यस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ तथा संस्थामा काम गर्ने मौका नगुमाउने बताइन् । आफ़ुलाई एसियाको वृद्धि तथा विकासमा पुनः परिभाषित गर्न निकै अभिरुचि भएको बताइन्।
विश्वब्यापी रुपमा बालबालिकालाई समान तथा गुणात्मक शिक्षा उपलब्ध गराउन अमेरिकी प्रतिनिधि सभा तथा अमेरिकन कांग्रेसको माध्यमबाट नीति निर्माणको लागि सफल प्रयास गराउनु हो । ‘विश्वमा करौडौ युवा तथा बालबालिका पाठशाला जान नसकेको अवस्था छ’, कन्चन अमात्यले भनिन् । यस विश्वका कुनैपनि कुनामा रहेका सबैले समान तथा गुणात्मक शिक्षा पाउन भन्ने आफ्नो चाहना रहेको कञ्चनले बताइन् ।


अमेरिकन कांग्रेसद्वारा शिक्षा सबैको लागि (एजुकेसन फरअल बिल )एचआर ४४८१ तथा शरणार्थी शिक्षा बिल (रिफ्युजी एजुकेसन बिल ) को लागि पारित गराउन पुरा कोसिस गर्नु मूल कर्तब्य रहेको अमात्यको भनाइ छ । यसैगरी उनले गत वर्ष गर्ल्स काउन्ट एक्ट २०१५ युएस कांग्रेसबाट पारित गराउन ठुलो मद्धत गरिन्, जुन अहिले अमेरिकाको कानुन भएको छ।

यो कानुनले नेपाल जस्तो देशलाई यस्ले सुनिश्चित गराउने कन्चनले बताइन् । अमात्य क्लिन्टन फाउन्डेसनको परियोजनाको दीर्घकालिक माछापालन कृषि फारमबी सह संस्थापक हुन् भने सयुक्त राष्ट्र संघमा युवा तथा बालबालिकाको पक्षमा सहभागिता समेत जनाएकी छिन् । उनले गरेको मानव सेवाको लागि उनलाई बिल क्लिन्टन फाउन्डेसनले पुरस्कृत समेत गरेको छ ।

उनले राष्ट्रपति भवनमा व्हाइट हाउसको कार्यालयमा भएको बिज्ञान तथा प्रविधि नीति बिषयक गोष्ठीमा प्रस्तुती समेत गरीसकेकी छिन् । यस्तै राष्ट्रसंघमा नेपालको प्रतिनिधित्व गर्ने सबैभन्दा युवा महिला भै प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन् भने राष्ट्र संघको साधाराण सभामा वक्ता बनेर झन्डै ३५ लाख जनसख्याको प्रतिनिधित्व गर्दै बोल्ने अवसर समेत पाएकी छिन् ।

 अमात्य ग्लोबल च्याम्पियन फर वुमेन’स इकोनोमिक इम्पावर मेन्ट, सयुक्त राष्ट्र संघ महिला सशक्तिकरण, युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपालकी अन्तर राष्ट्रिय निर्देशक, रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो, ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकि (डब्लुपीपीसी) सद्भावना दुत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार, नेपाल, शान्ति एज्नेट, बिशिस्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरी सकेकी छिन् ।

विश्व समुदायको सेवाको लागि उनी संसारभरका बिभिन्न देशका भ्रमणमा व्यस्त भै रहने उनले बताएकी छिन् । पिता जगदिस मान अमात्य तथा माता कृष्ण अमात्यकि कान्छी सुपुत्री कञ्चनले भर्खर किशोरावस्था पार गरेकी छिन् । 

0 comments:

Post a Comment