Monday, August 15, 2016

पौडेल पक्षको विरोधमा नेविसंघ र प्रहरीबीच झडप

श्रावण ३१, २०७३- नेविसंघको जारी महाधिवेसनमा प्रतिनिधि विवाद कायमै रहेपनि निर्वाचन प्रकृया पूर्ववत तालिकाअनुसार नै अघि बढाइएको छ ।



सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिए पनि त्यसलाई बढाएर १ बजेसम्म पुर्‍याइएको छ । निर्वाचन समितिले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विरोधका बाबजुद निर्वाचन उम्मेदवारी दर्ता सुरु गरेको छ ।

पौडेल पक्षका विद्यार्थी नेताको अगुवाईमा पार्टी कार्यालय बाहिर नाराबाजी भइरहेको छ भने भित्र उम्मेदवारी दर्ताका लागि मनोनयनपत्र वितरण भइरहेको छ । निर्वाचन समितिका सचिव प्रदीप पराजुलीका अनुसार हालसम्म ७ जनाले सदस्यमा र ३ जनाले अन्य पदका लागि आफ्नो मनोनयन दर्ता गराएका छन् ।


‘हामीले तोकिएको तालिका बमोजिम नै निर्वाचन प्रकृया अगाडि बढाएका छौं । सुरुमा ८ देखि ११ बजे भित्र मनोनयन दर्ता गर्ने भनिएक पनि त्यसलाई २ घन्टा थपेर १ बजेसम्म बनाएका छौं,’ सचिव पराजुलीले भने, ‘मनोनयन पत्र धेरैले लगेकाछन् । अझै समय छ ।



स्रोतका अनुसार अहिले पौडेल निवास बोहराटारमा कसरी अगाडि जाने भन्ने छलफल गर्न पौडेल पक्षका नेताहरु भेला भएका छन् । यस्तै शेरबहादुर देउवा पक्ष भने सभापतिमा साझा उम्मेदवार खडा गर्नका लागि कसरतमा लागेको छ ।


0 comments:

Post a Comment