Wednesday, August 10, 2016

अमेरिकाको टेक्ससमा १४ महिना अघि लुटेराको आक्रमणमा पत्नी गुमाएका नवराज शिवाकोटीको असामयिक निधन

टेक्सस, अमेरिका -  टेक्ससको नेपाली समुदाय माथि अर्को बज्रपात परेको छ । १४ महिना अघि लुटेराको आक्रमणमा पत्नी गुमाएका दुई नावालक  छोरीका पिता नबराज शिबाकोटी अगष्ट ७, २०१६ मा  असामयिक निधन भएको छ I नवराजको मृत्युको कारण खुलाईएको छैन । उनको स्थानीय अस्पतालमा पोसमार्ट भए पनि मृत्युको जानकारी सार्वजनिक गरिएको छैन।


नेपालका पुख्र्यौली घर दोलखा भएका शिवाकोटी परिवार समिराको हत्यापछि असाध्यै दुखित थियो । ’हाम्रो परिबारका सदस्य एवं भाई नवराजको निधन भएको छ,’ उनका दाजु विष्णुले भने।  ड्यालसको नेपाली समुदायमाथि यो सहनै नसक्ने बज्रपात आइलागेको छ । उनको अन्तेष्टी  अगष्ट १०,  बुधबार बिहान साँढे नौ बजे ’हग्स फनरल हाउस’मा गरिने उनका दाजु शिबाकोटीले नेपाली समाज टेक्ससलाई जानकारी गराएका छन्।


गत वर्षको जुन १० तारिखमा आफनै  स्टोरमाका काम गरिरहेका वेला लुटेराले पैसा लिएपछि उनकी पत्नी समिरालाई गोली हानी हत्या गरेको थियो । टेक्सासको डेन्टन दी कोलोनी स्टोरमा ग्राहक बनेर आएका एक अश्वेत १८ वर्षीय युवाले समिरालाई गोली हानी हत्या गरेका थिए । समिराको हत्यारालाई प्रहरीले १० दिनपछि पक्राउ गरेको थियो।

ती दम्पत्तीका तीन  र दुई बर्षका दुई छोरीहरू छन् । टेक्ससको डेन्टनमा स्टोर सञ्चालन गरेर बस्दै आएका नवराजका दुई छोरी टुहुरा भएका छन् ।  नवराज पत्नीको हत्या पछि असाध्यै दुखित भएका थिए।


समिराको हत्या एक अश्वेत अमेरिकन डियोन किंग्सटनले गरेका थिए । प्रहरी हिरासतमा रहेका किंग्सटनसंग सोमबारमात्र वकिलले बयान लिएका थिए । हत्याको अभियोग प्रमाणित भएको अवस्थामा किंग्सटनलाई जन्मकैद सजांय हुने आधार तयार भैसकेको थियो । अदालतको जुरी केही दिनमै निर्णय सुनाउने तयारीमा थियो।

0 comments:

Post a Comment